अमेरिकी नागरिकको डाटा सुरक्षित भएपछि टिकटक सञ्चालन गर्न दिइएको ट्रम्पको प्रष्टोक्ति « Khabarhub

अमेरिकी नागरिकको डाटा सुरक्षित भएपछि टिकटक सञ्चालन गर्न दिइएको ट्रम्पको प्रष्टोक्ति


४ आश्विन २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- अमेरिकाले चिनियाँ स्वामित्वको एप्लिकेशन टिकटकलाई सञ्चालनको निरन्तरता दिएको छ ।

अमेरिकी नागरिकको डाटा सुरक्षित भएपछि टिकटक सञ्चालनमा निरन्तरता दिएको राष्ट्रपति डोनाल्ड ट्रम्पले बताएका छन् ।

अमेरिकामा टिकटकको सञ्चालन अधिकारका सम्बन्धमा चिनियाँ कम्पनी बाइटडान्ससँग अमेरिकी कम्पनीहरु ओरेकल र वालमार्टले  सम्झौता गरेका थिए । उक्त सम्झौताले नागरिकको डाटा सुरक्षित भएको ठानेर आफूले सहमति प्रदान गरेको ट्रम्पले बताएका छन्।

ट्रम्पले राष्ट्रिय सुरक्षामा खतरा पैदा भएको भन्दै टिकटकमाथि प्रतिबन्ध लगाएका थिए। टिकटकले प्रयोगकर्ताको सूचना चीन सरकारलाई दिएको ट्रम्प प्रशासनको आरोप थियो । तर, टिकटकले सो आरोप अस्वीकार गर्दै आएको छ।

शनिबार बाइटडान्स र ओरेकल तथा वालमार्टबीच भएको सम्झौताले झण्डै १०० मिलियन अमेरिकी प्रयोगकर्ताको जानकारी सुरक्षित रहने निश्चित भएको ट्रम्पले बताएको बीबीसीले जनाएको छ।

एक दिनअघि अमेरिकाले टिकटक तथा वीच्याटको डाउनलोडमा प्रतिबन्ध गरिएको थियो ।

 

प्रकाशित मिति : ४ आश्विन २०७७, आइतबार  ९ : १६ बजे

बढ्दो प्रतिस्पर्धाबीच भारतबाट बाहिरियो सेभेन–इलेभेन

नयाँदिल्ली– भारतमा सञ्चालनमा रहेका सेभेन–इलेभेनका सबै कन्भिनियन्स स्टोर बन्द भएका

बाँकेमा एक वर्षमा ४१७ जनाले लिए सुरक्षित गर्भपतन सेवा

नेपालगञ्ज– बाँके जिल्लामा सुरक्षित गर्भपतन सेवा लिनेको सङ्ख्या अघिल्लो आर्थिक

कांग्रेस सभापतिमा गगन थापाको उम्मेदवारी दर्ता

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा सभापति पदका लागि गगनकुमार थापाले

दसैँमा देशभर लिङ्गे पिङ निर्माण गर्दै पर्यटन बोर्ड

काठमाडौं– नेपालीहरूको महान् पर्व बडादसैँको अवसरमा मौलिक संस्कृति, परम्परा र

रजनीकान्त फेरि ‘टाइगर’ अवतारमा, ‘जेलर-२’ को ट्रेलर सार्वजनिक

काठमाडौं- दक्षिण भारतीय सुपरस्टार रजनीकान्त फेरि एकपटक आफ्नो चर्चित पात्र