अमेरिकी सर्वोच्च अदालतमा रिक्त न्यायाधीश पदमा महिलालाई नै नियुक्त गर्ने ट्रम्पको प्रतिबद्धता « Khabarhub

अमेरिकी सर्वोच्च अदालतमा रिक्त न्यायाधीश पदमा महिलालाई नै नियुक्त गर्ने ट्रम्पको प्रतिबद्धता


४ आश्विन २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले सर्वोच्च अदालतमा रिक्त न्यायाधीश पदमा महिलालाई नै नियुक्त गर्ने प्रतबिद्धता जनाएका छन् ।

सर्वोच्च अदालतकी न्यायाधीश रुथ बेडर गिन्सबर्गको ८७ वर्षको उमेरमा शुक्रवार निधन भएपछि उक्त रिक्त स्थानमा आउँदो साता महिलालाई नै नियुक्त गर्ने ट्रम्पले जनाएका हुन् ।

ट्रम्पका डेमोक्र्याट प्रतिद्वन्द्वी जो बाइडनले गिन्सबर्गको ठाउँमा अर्को न्यायाधीश ल्याउनका लागि नोभेम्बरमा हुने राष्ट्रपतीय चुनावसम्म पर्खिनुपर्ने बताएका छन् ।

अमेरिकी कानुनका महत्त्वपूर्ण मुद्दामा निर्णय सुनाउनका लागि नौ सदस्यीय अदालतको सैद्धान्तिक सन्तुलन निकै महत्त्वपूर्ण मानिने गरिएको छ ।

सत्ताइस वर्ष सेवा गरेकी गिन्सबर्ग अदालतकी चार उदारवादी न्यायाधीशमध्येको एक भएको बीबीसीले जनाएको छ ।

उनको निधनसँगै नियुक्त हुने नयाँ न्यायाधीशले अदालतको शक्ति सन्तुलनलाई कन्जरभेटिभतर्फ निर्णायक रूपमा परिवर्तन गर्न सक्ने विश्लेषण हुन थालेका छन् ।

प्रकाशित मिति : ४ आश्विन २०७७, आइतबार  १० : ०७ बजे

चैत ३० देखि वैशाख ७ गतेसम्म ‘शून्य बाँकी फाइल अभियान’ मनाइँदै

काठमाडौँ– सरकारले ‘शून्य बाँकी फाइल अभियान’ यही चैत ३० गतेदेखि

हलेसी तुवाचुङले पायो ‘म्युनिसिपल एक्सिलेन्ट अवार्ड’

खोटाङ– खोटाङको हलेसी तुवाचुङ नगरपालिका ‘म्युनिसिपल एक्सिलेन्ट अवार्ड’बाट सम्मानित भएको

खनिजजन्य उद्योगबाट उठ्यो दुई अर्ब १४ करोड राजस्व

काठमाडौँ– खनिजजन्य उद्योगबाट दुई अर्ब १४ करोड राजस्व असुली भएको

सवारी नियम उल्लंघन गर्ने १७ सय बढी चालक कारबाहीमा

काठमाडौँ– बितेका चौबिस घण्टामा सवारी नियम पालना नगर्ने एक हजार

वैदेशिक रोजगारीको प्रलोभनमा करिब ९२ लाख रुपैयाँ ठगी गर्ने पक्राउ

काठमाडौँ– वैदेशिक रोजगारीमा आकर्षक तलब सुविधा दिलाइदिने प्रलोभनमा पारेर ९१