संक्रमण दर अझै बढ्ने प्रक्षेपण « Khabarhub

संक्रमण दर अझै बढ्ने प्रक्षेपण


४ आश्विन २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना संक्रमणको दर अझै बढ्न सक्ने अनुमान गरेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव लक्ष्मण अर्यालले संक्रमण दर अझै बढ्न सक्ने अनुमान गरी अस्पतालको क्षमता विस्तार लगायतको तयारी गरिरहेको पनि बताए ।

उनका अनुसार असोज १५ गतेसम्मका लागि कोरोना संक्रमितको उपचार खर्च थप १ अर्ब ५१ करोड रुपैयाँ लाग्ने आंकलन गरिएको छ ।

‘कोभिडको संक्रमण दर हेर्दा अझै बृद्धि हुने देखिन्छ । यही प्रक्षेपण अनुसार यसका लागतहरु, यसका प्रणालीहरु थप व्यवस्था गरेर जानका लागि बजेटहरुको व्यवस्था गरेर अगाडि बढेका छौं’ सचिव अर्यालले भने ।

उनका अनुसार प्रदेश अस्पतालहरुमा कोरोना संक्रमितको उपचार गर्न बेडको संख्या दुई सय पुर्‍याउन बजेटको व्यवस्था भइसकेको छ । ६४९ वटा स्थानीय तहमा न्युनतम ५ बेडको अस्पताल स्थापना गर्न र त्यसका लागि आवश्यक जनशक्ति पठाइसकिएको छ । संघीय अस्पतालहरुमा ५ सय बेड पुर्याउन लागिएको छ ।

यस्तै, आईसीयू बेडको संख्या पनि बढाउन लागि लागिएको छ । सबै अस्पतालमा गरी ५ हजारदेखि ६ हजार आईसीयू बेड थप्नको लागि बजेटको जोहो गरिसकेको सचिव अर्यालले जानकारी दिए ।

‘सुरुमा आईसीयू बेड १६ सय थियो । अहिले २६ सय स्ट्याण्डबाई छ, निजी क्षेत्रको बाहेक’ सचिव अर्याल भन्छन्, ‘टिचिङ अस्पताल, प्रहरीको अस्पताल, धुलिखेलको अस्पताल, अञ्चल अस्पतालहरु, संघ र जिल्ला अस्पतालहरुमा समेत गरी करिब ५ सय आईसीयू बेड थप्नको लागि बजेटको व्यवस्था गरिसकेका छौं । यसरी आईसीयू बेडको संख्या पनि ३१ सय पु¥याउन लागिएको छ ।’

संक्रमणको दर हेर्दा अझै आईसीयू बेड थप्नुपर्ने देखिएको उनले बताए ।

प्रकाशित मिति : ४ आश्विन २०७७, आइतबार  ९ : ३० बजे

केपी ओलीलाई पत्थरी, दीपक खड्कालाई पखाला

काठमाडौं- हालै पक्राउ परेका दुई भीभीआईपी नेपाल प्रहरीको हिरासतमा नभई

आगामी बजेट सन्तुलित आउँछ : प्रधानमन्त्री शाह

काठमाडौं – प्रधानमन्त्री बालेन्द्र शाहले आगामी आर्थिक वर्षको बजेट सन्तुलित

शिक्षा मन्त्रालयले फेरि जारी गर्‍यो ब्रिज कोर्स बन्द गर्ने सूचना

काठमाडौं – शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले प्रवेश परीक्षा तयारी

वरिष्ठ अधिवक्ता भट्टराई भन्छन् : ‘पपुलिजम’को उत्कर्षमा न्यायलयको धेरै भरोसा नगर्नू

काठमाडौं – वरिष्ठ अधिवक्ता टीकाराम भट्टराईले पपुलिजमको उत्कर्षको अवस्थामा न्यायालयमाथि

श्रीलङ्कामा विद्युतको मूल्य करिब ४० प्रतिशतले वृद्धि

कोलम्बो – श्रीलङ्काले मध्यपूर्वमा युद्धको कारण ऊर्जा अभावको सामना गरिरहेका