प्रिमियर लिगमा वल्भ्ससँग लिड्स पराजित | Khabarhub Khabarhub

प्रिमियर लिगमा वल्भ्ससँग लिड्स पराजित


४ कार्तिक २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी – इंग्लिस प्रिमियर लिगमा वल्भ्ससँग लिड्स पराजित भएको छ ।

वल्भ्सले लिड्समाथि उसकै मैदानमा १–० को जित निकालेको हो ।

इलान रोड लिड्स वेस्ट योर्‍कसायरमा सोमबार राति भएको खेलमा वल्भ्सलाई जिताउन फरवार्ड राहुल जिमिनेजले दोस्रो हाफमा गरेको गोल नै निर्णायक बन्यो ।

५३औं मिनेटमा ड्यानियल पोडेन्सको पासमा रोमेन सइसले फ्लिकमार्फत गोल गरे पनि भिएआरबाट मान्यता नपाउदा वल्भ्स अग्रता लिनबाट चुक्यो ।

७०औं मिनेटमा म्याक्स किलमनको पासमा राहुल जिमिनजले गोल गर्दै वल्भ्सलाई १–० को अग्रता दिलाए । त्यसपछि थप गोल निस्कन नसक्दा वल्भ्स विजयी हुन सफल भयो ।

जितसँगै वल्भ्स ५ खेलबाट ९ अंक जोडेर छैठौँ स्थानमा उक्लिएको छ । लिड्स ६ अंकसहित १०औं स्थानमा छ ।

प्रकाशित मिति : ४ कार्तिक २०७७, मंगलबार  ६ : ४८ बजे

सोमबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – आज २०८१ साल वैशाख २४ गते सोमबार सन्

सोमबार भगवान शिवको विशेष दिन

काठमाडौं – आज २०८१ साल वैशाख २४ गते सोमबार तदनुसार

आज २०८१ साल वैशाख २४ गते सोमबारको राशिफल

काठमाडौं – आज २०८१ साल वैशाख २४ गते सोमबार तदनुसार

जापानका विदेशमन्त्री योको स्वदेश फिर्ता

काठमाडौं – नेपालको एकदिने औपचारिक भ्रमण सम्पन्न गरेर जापानका विदेशमन्त्री

लोमान्थाङमा ऐतिहासिक ‘तिजी’ पर्वको रौनक

म्याग्दी । चीनको स्वशासित क्षेत्र तिब्बत्को सिमानामा रहेको मुस्ताङको लोमान्थाङमा