आईपीएलमा आज दिल्ली र पञ्जाबबीच प्रतिस्पर्धा हुँदै « Khabarhub

आईपीएलमा आज दिल्ली र पञ्जाबबीच प्रतिस्पर्धा हुँदै


४ कार्तिक २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- यूएईमा जारी १३औं संस्करणको आईपीएल टी-ट्वान्टी क्रिकेटमा आज (मंगलबार) दिल्ली क्यापिटल्स र किङ्स इलाभेन पन्जाबबीच प्रतिस्पर्धा हुँदैछ ।

नेपाली लेग स्पिनर सन्दीप लामिछाने आबद्द दिल्ली र पन्जाबबीचको खेल नेपाली समय अनुसार बेलुकी ७:४५ बजे सुरु हुनेछ ।

दुबई अन्तराष्ट्रिय क्रिकेट मैदानमा दिल्ली आठौं जितको खोजीमा हुनेछ । अघिल्ला ९ खेलमा ७ जितसहित १४ अंक जोडेर दिल्ली शीर्ष स्थानमा रहेको छ ।

पञ्जाब भने दिल्लीलाई हराएर चौंथो जित हात पार्ने दाउमा छ । पन्जाब ९ खेलमा ६ अंक जोडेर पुछारबाट दोस्रो स्थानमा रहेको छ ।

प्ले अफको सम्भावना जीवितै राख्न पन्जाबलाई जित्नै पर्ने दबाब छ । यस्तै पन्जाब दिल्लीविरुद्ध सिजनको पहिलो भेटमा व्यहोरेको हारको बदला समेत लिन चाहन्छ । पहिलो भेटमा दिल्लीले पन्जाबलाई सुपर ओभरमा हराएको थियो ।

प्रकाशित मिति : ४ कार्तिक २०७७, मंगलबार  १ : १४ बजे

समानुपातिक बन्दसूचीबारे आइरहेका प्रतिक्रियाप्रति रास्वपाको ध्यानाकर्षण

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीले समानुपातिक बन्दसूचीबारे सरोकारवाला पक्षबाट प्राप्त प्रतिक्रिया

काठमाडौं महानगरले ‘हेरचाह’ सेवालाई नमूना कार्यक्रमका रूपमा सुरु गर्ने

काठमाडौं– काठमाडौँ महानगरपालिकाले ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति, गर्भवती महिला

गाजामा सहायता समूहलाई रोक्नु ‘अपमानजनक’ कार्य

एजेन्सी– गाजामा दर्जनौं सहायता समूहहरूलाई जनवरीदेखि सञ्चालन गर्नबाट रोक्ने इजरायलको

मनाङबाहेक गण्डकी प्रदेशका सबै जिल्लामा प्रसूति शल्यक्रिया सेवा

गण्डकी– मनाङबाहेक गण्डकी प्रदेशका सबै जिल्लामा प्रसूति शल्यक्रिया सेवा विस्तार