खसीबोकामा महामारीको अवस्था हेर्न परीक्षण थालियो « Khabarhub

खसीबोकामा महामारीको अवस्था हेर्न परीक्षण थालियो


४ कार्तिक २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– दशैँमा बिक्री गर्न ल्याइएका खसी, बोका, भेडा, च्याङ्ग्रामा महामारी रोग छ कि छैन थाहा पाउन महानगरले आजबाट रगतको नमूना संकलन र परीक्षण थालेको छ ।

टुकुचामा खोटाङ्, नेपालगञ्ज, सिन्धुपाल्चोक, काठमाडौँलगायत बिभिन्न जिल्लाबाट ल्याइएका खसी बोका र मनाङ्बाट ल्याइएको च्याङ्ग्राको रगत लिँएर परीक्षण थालिएको महानगरको पशु सेवा महाशाखाका प्रमुख डा. अवधेश झाले बताए।

‘स्वच्छ मासु र पशुजन्य खाद्यबस्तुका लागि हामीले पशु, पशुजन्य पदार्थ र उत्पादन सामाग्रीको नमूना संकलन र परीक्षण थालेका हौं,’ नमूना लिँदै डा झाले भने, ‘अहिले लिइएको रगतको नमूना खोरेत प्रयोगशाला र त्रिपुरेश्वरस्थित केन्द्रीय प्रयोगशालामा पठाएर एफएमडि (खोरेत), पिपिआरलगायत रोग परीक्षण गर्छौं । यसबाट कुन-कुन जिल्लाका पशुमा कस्ता-कस्ता खालका समस्या छन् । थाहा पाउन सकिन्छ ।’

यो कार्यक्रम एक पटक मात्र हो कि, नियमित चल्छ? भन्ने प्रश्नको जवाफमा डा. झा भन्छन्, ‘नमूना संकलन र परीक्षण हाम्रो स्वीकृत कार्यक्रम हो । यो नियमित हुन्छ । अहिले रगतको नमूना लिएका छौं । हामी मासु, अण्डा, दानालगायत पशु, पशुजन्य पदार्थ र उत्पादन सामाग्रीको संकलन र परीक्षण गर्छौं ।’

नमूना संकलनका लागि महानगरले संघ सरकारअन्तर्गतको पशुसेवा बिभाग, प्रदेश सरकारअन्तर्गतको भेटेनरी अस्पताल तथा पशु सेवा बिज्ञ केन्द्रसँग समन्वय गरेको छ ।

यससँगै चौपायाको स्वास्थ्य परीक्षण गरेर निरोगीको सिङ्मा हरियो र रोगीको सिङ्मा रातो रङ्ग लगाउँदै आएको छ ।

डा. झाका अनुसार आज नमूना लिइएको नमूनाको नतिजा आउन ४ दिन समय लाग्छ ।

प्रकाशित मिति : ४ कार्तिक २०७७, मंगलबार  १ : ४१ बजे

सोह्रश्राद्धमा सुनसान कागबेनी (तस्बिरहरू)

कागबेनी– सोह्रश्राद्धका बेला पितृतर्पणका लागि दैनिक हजारौँ तीर्थालु आउने मुस्ताङको

सडक दुर्घटना न्यूनीकरण चालकदेखि नागरिकसम्मको साझा जिम्मेवारी : प्रहरी प्रमुख

काठमाडौं– काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रमुख सुशीलसिंह राठौरले सडक दुर्घटना

सम्पदा संरक्षणका लागि आवश्यक कानुन निर्माणमा पहल गर्छु : सभामुख अर्याल

ललितपुर- प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्यालले नेवार समुदायको भाषा, कला, संस्कृति तथा

कांग्रेसलाई क्रान्तिभूमिको खबरदारी– शहीदको सन्देश नभुल्नू

ओखलढुङ्गा श्री चम्पादेवी र जलजलेश्वर महादेवको धार्मिक आस्थाले रक्षित पवित्र

जी-७ राष्ट्रद्वारा १० करोड ब्यारेल तेल बजारमा ल्याउने सहमति

एजेन्सी– विश्वव्यापी ऊर्जा आपूर्ति संकट र बढ्दो इन्धन मूल्यलाई नियन्त्रण