आज नेप्से दोहोरो अंकले बढ्यो | Khabarhub Khabarhub

आज नेप्से दोहोरो अंकले बढ्यो


४ कार्तिक २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं-साताको तेस्रो दिन मंगलबार सेयर बजार परिसूचक (नेप्से) दोहोरो अंकले बृद्धि भएको छ ।

१२.४७ अंकले बढेको नेप्से १५८२.८४ अंकमा पुगेर रोकिएको हो। सेन्सेटिभ इन्डेक्स २.४ अंकले बढेर ३१३.२९ विन्दुमा पुगेको छ ।

आज १९३ कम्पनीको ४९ लाख १३ हजार सेयर खरिदबिक्री हुँदा १ अर्ब २४ करोड १२ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । आज सबै समूहको उपसूचक उकालो लागेको छ। बैंकिङ समूहको उपसूचक ७.३५, व्यापार ५.०७, होटल १५.८५, विकास बैंक १९.८२, जलविद्युत् २६.७९ अंकले बढेको छ ।

त्यस्तै फाइनान्स ३.८२, निर्जिवन बिमा ५३.३५, उत्पादन २४.२६, अन्य ११.०५, माइक्रोफाइनान्स १५.४१, बिमा ७३.२५ र म्युचुअल फण्ड ०.११ अंकले बढेको छ । आज जनरल इन्स्योरेन्स कम्पनी नेपाल लिमिटेडका लगानीकर्ताले सर्वाधिक कमाएका छन् भने नेपाल फाइनान्स लिमिटेडका लगानीकर्ताले बढी गुमाएका छन ।

प्रकाशित मिति : ४ कार्तिक २०७७, मंगलबार  ४ : १८ बजे

राष्ट्रिय सभा बैठकमा कांग्रेसको अवरोध, राष्ट्रपतिलाई धन्यवाद दिने प्रस्ताव पेश भएन

काठमाडौं- नेपाली कांग्रेसले राष्ट्रिय सभाको बैठक अवरुद्ध गरेको छ ।

प्रतिनिधि सभा बैठक सुरु, कांग्रेसको अवरोध कायमै (लाइभ)

काठमाडौं – संघीय सांसदअन्तर्गत प्रतिनिधि सभाको बैठक सुरु भएको छ

सहकारी ठगलाई कारबाही माग गर्दै महिला संघको प्रदर्शन (तस्बिरसहित)

काठमाडौं– सहकारीको रकम दुरुपयोग गर्नेलाई कारबाही गर्नुपर्ने माग गर्दै कांग्रेस

निजामती सेवा कानुन यथाशीघ्र कार्यान्वयनमा ल्याउने

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको आगामी आर्थिक वर्षको नीति तथा

कांग्रेसको टिप्पणी- नीति तथा कार्यक्रम परम्परागत, नयाँ कुरा छैन

काठमाडौं– नेपाली कांग्रेसले सरकारले ल्याएको नीति तथा कार्यक्रम परम्परागत रहेको