धुलिखेल अस्पतालले कोरोना संक्रमिसँग माग्यो २ लाखसम्म धरौटी « Khabarhub

धुलिखेल अस्पतालले कोरोना संक्रमिसँग माग्यो २ लाखसम्म धरौटी

पैसा डिपोजिट गर्नेले उपचार पाउँछ, अन्यथा विकल्प खोज्नुस् : प्रवक्ता ताम्राकार


४ कार्तिक २०७७, मंगलबार  

पढ्न लाग्ने समय : 3 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- काभ्रेको धुलिखेल अस्पतालले कोरोना भाइरस संक्रमितले  ५० हजार देखि २ लाख रुपैयाँसम्म धरौटी रकम बुझाएपछि मात्र उपचार गर्ने जनाएको छ ।

अस्पतालले सोमबार सूचना जारी गर्दै कोरोना संक्रमितले भर्ना हुनुअघि नै ५० हजारदेखि २ लाख रुपैयाँसम्म धरौटी बुझाउनुपर्ने जनाएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कात्तिक २ गते कोरोना संक्रमितले आफैले उपचार खर्च बेर्होनुपर्ने जनाएपछि अस्पतालले सोही दिनदेखि नै रकम तिरेर मात्र भर्ना हुन पाइने जनाएको छ ।

अस्पतालले कोभिड १९ को संक्रमणको उपचार वापत लाग्ने शुल्क भनेर सरकारको लागत दर अनुसार दैनिक रकम दर अस्पतालले प्रदान गर्ने खानासहित सामान्य लक्षण भएका संक्रमितले रु ५० हजार, मध्य जटिल बिरामीले एक लाख र जटिल बिरामीले २ लाख रुपैयाँ अस्पतालको नगद खातामा धरौटी  जम्मा गर्नुपर्ने जनाएको छ ।

अस्पतालले सामान्य लक्षण भएकाको दैनिक ३ हजार ५ सय, मध्य जटिल लक्षण भएका बिरामीको दैनिक ७ हजार ५ सय र जटिल बिरामीका लागि दैनिक १५ हजार रुपैयाँ तोकेको छ । तर धरौटी रकम बापत तिर्नुपर्ने ५० हजारदेखि २ लाखसम्म कतिदिनका लागि खर्च हो भन्ने खुलाइएको छैन ।

यस्तै यो शुल्क बाहेक औषधि तथा रोग निदानमा प्रयोग हुने जाँचहरु तथा एक्सरे चाहिएमा थप शुल्क लाग्ने समेत अस्पतालद्वारा जारी सूचनामा उल्लेख गरिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले मंगलबार स्वास्थ्य मन्त्रालयको नियमित लाइभ अपडेटमार्फत
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले तोकेका कोभिड–१९ का अस्पतालहरूमा उपचारका लागि जाने बिरामीहरूका लागि उपचारको कुनै विभेद नहुने गरी व्यवस्था मिलाइएको बताएका थिए ।

मन्त्री ढकालले विपन्न नागरिक, अशक्तता भएका, असहाय, एकल महिला, अपांग, ७० बर्ष पुगेका जेष्ठ नागरिक, अग्रपंक्तिमा खटिने स्वास्थ्यकर्मीहरु, सरसफाई कर्मचारीहरु, सुरक्षाकर्मीहरु लगायत जोखिम क्षेत्रमा कार्यरत कर्मचारीहरुको निशुल्क कोरोना परीक्षण तथा उपचारको व्यवस्था मिलाइएको जानकारी दिएका थिए ।

यस्तै यो वर्गमा नपरेका तर अस्पतालमा आर्थिक अवस्था कमजोर भएमा अस्पतालबाट सिफारिश गरेमा वा बिरामी वा निजको परिवारले उपचार गर्न नसक्ने घोषणा गरेमा ती व्यक्तिहरूको परीक्षण र उपचारको सम्पूर्ण खर्च नेपाल सरकारले बेहोर्ने गरी व्यवस्था मिलाइएको पनि बताएका थिए ।

यस्तै यो व्यवस्था कार्यान्वयन गर्दा कुनै पनि निकाय वा व्यक्तिको सिफारिश आवश्यक नपर्ने गरी सहज विधि र प्रणालीको व्यवस्था गरिएको मन्त्री ढकालको दाबी थियो ।

धुलिखेल अस्पताल पनि सरकारले तोकेको कोभिड अस्पताल हो । तर अस्पतालका प्रवक्ता डाक्टर सुमन राम्राकारले भने  धुलिखेल अस्पतालमा कोरोनाको उपचार गर्न चाहने संक्रमितले पहिला रकम डिपोजिट गरेपछि मात्रै उपचार हुने बताए ।

‘भर्ना हुनुुअघि पहिला डिपोजिट गर्नुपर्ने हो, मान्नुस् न तपाई भर्ना हुनुुभयो, बीचमा पैसा छैन भन्नुभयो भने के गर्ने अब ?,’ डा ताम्राकारले भने, ‘तपाईलाई रोकेर राख्ने कुरा आउँदैन त्यसैले शुरुमै डिपोजिट गर्न लगायो भने पुरा रकम खर्च भएन भने पछि फिर्ता गर्न मिल्छ ।’

उनले कोरोना संक्रमणको कारण अस्पतालको आम्दानीको स्रोत निकै कम भएका अवस्थामा सरकारले नै शुल्क लिन पाइने व्यवस्था गरेपछि शुल्क तोकिएको उनले बताए ।

‘सरकारले नै भनिसक्यो नि सबैले शुल्क तिर्नुपर्छ भनेर, त्यसैले अस्पताल प्रशासनले दैनिक खर्चको हिसाबले शुरुमै धरौटी राख्नुपर्ने निर्णय गरेका हो,’ डा ताम्राकारले खबरहबसँग टेलिफोन सम्पर्कमा भने, ‘अस्पताललाई निकै गाह्रो छ अहिले, विगत ७ महिनादेखि रिफन्ड पनि भएको छैन, आफ्नो साधन स्रोत प्रयोग गरेर अहिलेसम्म चलिरहेको छ, एकदमै गाह्रो भइरहेको बेला नेपाल सरकारले नै निर्णय गरेपछि शूल्क लिन लागिएको हो ।’

डा ताम्राकारले शुल्क तिर्न सक्नेले मात्रै यो अस्पतालमा उपचार पाउने जवाफ दिए । शुल्क तिर्न नसक्ने बिरामी सरकारी अस्पताल जानुपर्ने उनको आसय थियो ।

‘यो भन्दा अगाडी धुलिखेल अस्पतालले कहिले पनि पहिला डिपोजिट राख्नु भनेर उपचार गरेको छैन, यो सात महिनामा एकदमै घाटामा गएको छ, अहिले अस्पताललाई निकै गाह्रो छ, यदी पैसा तिर्न सनक्ने बिरामी आयो भने कुरा क्लियरकट छ पैसा डिपोजिट गर्नेले उपचार पाउँछ, होइन भने बिरामीले अरु विकल्प खोज्नुपर्छ, सरकारी अस्पतालहरु छन् नि धुलिखेल अस्पतालमा मात्र कोरोनाको उपचार हुने होइन ।’

सरकारले गरिब बिरामीलाई निशूल्क उपचार गराउने भनेको छ नि भन्ने प्रश्नमा डा ताम्राकारले भने, ‘सरकारले छुट्याएको कोटा अनुसार त भैहाल्छ नि, तर त्यसका लागि सिफारिस लिएर आउनुपर्‍यो । कोही आएर म गरीब छु भन्दैमा हुँदैन ।  धुलिखेल अस्पतालले मात्रै सबैकुरा गर्नुपर्छ भन्ने छैन ।’

उनले धुलिखेल अस्पतालमा हाल ५१ जना कोरोना संक्रमित उपचारत रहेको बताए ।

यस्तो छ अस्पतालद्वारा जारी सूचना

प्रकाशित मिति : ४ कार्तिक २०७७, मंगलबार  १० : ३१ बजे

जनकपुरको पहिलो जित, दुवै ओपनरको अर्धशतकले रोकिएन चितवनको हार

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) सिजन २ अन्तर्गत सावित

बाजुराको मार्तडीमा आगलागी, करोडौँको क्षति

बाजुरा– जिल्ला सदरमुकाम मार्तडीमा आज आगलागी भएको छ । आगलागीबाट

कांग्रेस सभापतिमा उठ्दैछु, जित्ने नै मैले हो : शेखर कोइराला (अन्तर्वार्ता)

काठमाडौं- नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पुस २६ गतेदेखि

चितवनविरुद्ध जनकपुरका अनिल शाहको अर्धशतक

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) सिजन २ अन्तर्गत मंगलबारको

देश विकासका लागि श्रमदान अपरिहार्य : हर्क साम्पाङ 

धरान – देशको दिगो विकासका लागि श्रमदान अपरिहार्य भएको श्रम