भारतमा कोभ्याकको अन्तिम परीक्षण आज, हरियाणाका स्वास्थ्यमन्त्रीले पहिलो डोज लगाउने « Khabarhub

भारतमा कोभ्याकको अन्तिम परीक्षण आज, हरियाणाका स्वास्थ्यमन्त्रीले पहिलो डोज लगाउने


५ मंसिर २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- भारतमा बनेको कोरोना भाइरसविरुद्धको खोप,’कोभ्याक’को आज अन्तिम चरणको परीक्षण हुँदैछ।

अन्तिम चरणको परीक्षणको सुरूवात हरियाणाका स्वास्थ्यमन्त्री अनिल विजले पहिलो डोज लगाउँदै प्रारम्भ गरिँदैछ ।

भारतीय जनता पार्टीका नेतासमेत रहेका ६७ वर्षीय विजले शुक्रबार अम्बालास्थित सिभिल अस्पतालमा ११ बजे परीक्षण खोप लगाउन लागेको ट्वीटरमार्फत जानकारी दिएका छन् ।

भारतको बायोटेक कम्पनीले इन्डियन काउन्सिल अफ मेडिकल रिसर्च (आईसीएमआर)को सहयोगमा कोरोनाविरुद्ध कोभ्याक्सिन बनाइरहेको छ ।

अघिल्लो साता खोपको पहिलो र दोस्रो चरण परीक्षण सफल भएको जनाएको बायोटेकले तेस्रो चरणको परीक्षणमा २६ हजार सहभागी हुने जनाएको छ ।

अन्तिम परीक्षण सफल भएमा सन् २०२१ को मार्चसम्म कोभ्याक बजारमा बजारमा आउने जनाइएको छ ।

प्रकाशित मिति : ५ मंसिर २०७७, शुक्रबार  १० : २० बजे

पोलियो अन्त्यको सन्देश बोकेर सम्पदा स्थलमा साइकल यात्री

काठमाडौँ– विश्व पोलियो दिवसको अवसरमा शनिबार काठमाडौँ उपत्यकाका सातवटा विश्व

मानमानेश्वरी भवानीको खड्ग जात्रा सम्पन्न

ललितपुर– पाटनमा मानमानेश्वरी भवानीको ‘पायो’ अर्थात् खड्ग जात्रा सम्पन्न भएको

आइतबार सूर्यदेवको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल कात्तिक ८ गते आइतबार सन् २०२६

आज २०८३ साल कात्तिक ८ गते आइतबारको राशिफल

काठमाडौँ– २०८३ साल कात्तिक ८ गते आइतबार सन् २०२६ अक्टोबर

विभिन्न जिल्लामा सवारी दुर्घटना : ६ जनाको मृत्यु

काठमाडौं – देशका विभिन्न जिल्लामा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा ६