यी हुन् जाडो मौसममा लाग्न सक्ने रोग, यसरी बच्नुहोस् | Khabarhub Khabarhub

यी हुन् जाडो मौसममा लाग्न सक्ने रोग, यसरी बच्नुहोस्


५ मंसिर २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : 3 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अहिले जाडोको मौसम चलिरहेको छ । सामान्तया जाडो मौसममा मानिसको स्वास्थ्यमा विभिन्न समस्याहरु देखिने गर्छन् । अघिल्लो बर्षहरु भन्दा यो वर्ष कोरोना भाइरस महामारीका कारण थप जोखिम छ ।

कोरोना भाइरस ‘कोभिड – १९’ को संक्रमणबाट पनि जोगिएर जाडो कटाउनुपर्ने अवस्था छ । यसैपनि जाडो मौसममा केही रोगले निकै सताउँछन् । रुघाखोकी, ज्वरो, टन्सिल, दम, मुटुमा समस्या, पिनास , उच्च रक्तचाप, जोर्नीको दुखाइ, महिनावारी हुँदा अझ बढी पेट दुख्नु, हातखुट्टाका औँला सुन्निनु, पाक्नु, निलडाम देखिनु, टाउको दुख्नु, आलस्य हुनु जस्ता समस्या र रोगहरु जाडोयाममा अधिकांशमा देखिने र दोहोरीरहन्छन्।

खासगरी रोग प्रतिरोधात्मक क्षमता कमजोर भएकाहरु, बालबालिका, वृद्धवृद्धा, गर्भवती, दीर्घरोगी, आत्मबल कजोर भएका व्यक्तिलाई चिसोबाट बचाउनुपर्छ ।

निमोनिया

जाडो मौसममा सबैभन्दा सताउने रोग हो, निमोनियाका बिरामी धेरै देखिन्छन् । यो मौसममा खासगरी बच्चा र वृद्धवृद्धा निमोनियाको उच्च जोखिममा हुन्छन् । निमोनिया हुँदा धेरै ज्वरो आउने, थकान महसुस हुने, श्वास फेर्न गाह्रो हुनेजस्ता समस्या देखिन्छ । फोक्सोमा संक्रमण भएपछि छाती दुख्ने र श्वासप्रश्वासमा समस्या देखिने हुन्छ । त्यसैले निमोनिया भइसकेका व्यक्ति अझ बढी सचेत रहनुपर्छ । अरुले हुन नदिन सावधानी अपनाउनुपर्छ ।

ज्वरो, रुघाखोकी

जाडोमा रुघाखोकीले पनि धेरैलाई सताउँछ । धेरैलाई १५-२० दिनकोअन्तरमा फेरि दोहोरीरहने पनि हुन्छ । जाडोयाम सुरु हुनासाथ मौसममा आउने परिवर्तनका कारण रुघाखोकीको समस्या देखिन थाल्छ । तर रुघाखोकीले सतायो भन्दैमा कोरोना भयो भन्ने भ्रम पालेर आत्मबल कमजोर बनाउनुहुँदैन ।

राईनो भाइरस कुनै संक्रमित व्यक्तिले खोक्दा, हाछ्युँ गर्दा, बोल्दा, उसले प्रयोग गरेका सामान राम्ररी सफा नगरी प्रयोग गर्दा, मुखबाट निस्किने पानीका कणहरू थोपाहरु मार्फत् हावाका माध्ययमबाट अर्को व्यक्तिमा सर्ने गर्छ । एउटै रक्तसमुहमा यो सर्ने संभावना अझ बढीहुन्छ । अझ जाडोयाममा यसका भाइरस बढी सक्रिय हुन्छन् । खासगरी रुघाखोकीले बच्चा, बुढाबुढी, रोग प्रतिरोधात्मक क्षमता कमजोर भएका, औषधी सेवन गरिरहेकालाई आक्रमण गर्छ ।

ज्वरो आउने, रुघा लाग्ने समस्या बेलैमा निराकरण नहुँदा निमोनियाको खतरा हुन्छ । त्यसैले ‘रुघाखोकी त हाच्छ्यु गरेर बिसेक भइहाल्न नि १’ भनेर सामान्य ठान्नुहुँदैन । मनतातो पानी पिउने, बेलाबेलामा बाफ लिने, चिसोबाट जोगिने, चिसोमा धेरैबेर ननुहाउने, बाईक वा स्कुटर वा साईकलमा हिँडडुल गर्दा बाक्लो न्यानो र हावा छेक्ने कपडा प्रयोग गर्ने गर्नुपर्छ ।

टन्सिल

टन्सिल हुने मानिसको पीडा निकै कष्टकर हुन्छ । थुक समेत निल्न समस्या हुँदा श्वास प्रश्वासका लागि मुख आँ गर्नुपर्ने सम्म हुन्छ । जाडोमा निम्तिने अनेकन समस्यामध्ये यो पनि एक हो ।

चिसोका कारण हुने टन्सिलबाट बच्न पहिलो कुरा त चिसोबाट जोगिने तातोपानी पिउने, झोल पदार्थ सेवन गर्ने, न्यानो कपडा लगाउने गर्नुपर्छ । भण्टा, राम्ररी नपाकेको केरा, चिल्लो, अमिलो पिरो, धेरै तातो वा अत्याधिक चिसो खानेकुरा बार्ने गर्नुपर्छ । साँझमा मनतातो पानीले कुल्ला गर्नुपर्छ ।

एलर्जी

जाडो मौसममा धेरैको छाला सुक्खा हुने, चिलाउने, फोका आउने, डाबर देखापर्ने, छाला फुस्रो हुने जस्ता समस्या हुन्छ । गर्मियाममा जस्तो पानी प्रशस्त नपिउने आदतका कारण छाला सुक्खा हुन्छ ।

छालाको एलर्जी, छाला चिलाउने, ओठ फुट्ने, अनुहार फुङ्ग उठेजस्तो देखिने जस्ता समस्या समस्या चिसो मौसममा देखिने मुख्य समस्या हुन् । छालाको एलर्जीले जटिल समस्यानिम्त्याउन सक्छ । त्यसैले चिसोबाट बचेर मनतातो पानी शरीरलाइ्र्र आवशयकता पर्नेजति पिउनुपर्छ ।

बाथ, जोर्नी दुख्ने

जाडो मौसममा अर्को भयानक समस्या हुन्छ – जोर्नी दुख्ने समस्या र बाथ रोग । हाम्रो शरीरभित्रको तापक्रम र बाहिरको तापक्रम नमिल्दा जोर्नीसम्बन्धी समस्या देखा पर्छन् ।

केहिलाई हड्डी खिएका कारण र चिसोले समात्दा झनै समस्या आउँछ । यो रोग हुने मानिस चिसोबाट जोगिनुपर्छ । न्यानो लुगा लगाउने, झोलिलो खानेकुरा खाने, क्याल्सियम खाने, सुपहरु खाने, सागपात, पोषणयुक्त खानेकुरा प्रशस्त मात्रामा खाने गर्नुपर्छ ।

पिनास

पिनासले पनि चिसो मौसममा धेरैलाई दुःख दिन्छ । चिकित्सकका अनुसार नाकको छेउमा हावाले भरिएको खाली ठाउँ हुन्छ । नाकभित्रको पानी चिसोका कारण बाहिर निस्कन नसकेपछि खाली ठाउँमा बस्छ । यसरी पानी भरिएपछि पिनास हुन्छ । त्यसैले एक्लै बस्दा मास्कको प्रयोग नगर्ने, चिकित्सकको सल्लाहबमोजिम विभिन्न खानपान बार्नुपर्ने हुन्छ ।

दम, मुटुरोग

जाडो मौसममा श्वासप्रश्वासका नलीहरू खुम्चिन्छन् । एक त चिसो मौसमको बेला श्वासनली साँघुरो भई सास फेर्न गाह्रो हुन्छ । अर्कोतर्फ जाडो मौसममा दमका बिरामी धेरै देखिन्छन् ।

जसलाई दम छ उसलाई यसैपनि चिसो मौसम हानिकारक नै हुन्छ । चिसोले खासगरी बुढाबुढीलाई सताउँछ । त्यसमा पनि दम खासगरी बुढाबुढीलाई हुन्छ । हामीले सुतिरहेकै अवस्थामा पनि मानिस मरेको देखेका छौँ ।

आकस्मिक निधनका घटना पनि चिसो मौसममै बढी देखा पर्छ । त्यसैले बिरामी मानिसको छेउछाउमा वा नजिकै कोही सदस्य सुत्नुपर्छ र बेलाबेलामा उसको बारेमा जानकारी लिनुपर्छ ।

प्रकाशित मिति : ५ मंसिर २०७७, शुक्रबार  ५ : २३ बजे

संसदमा सशक्त भूमिका खेल्न आफ्ना सांसदलाई प्रचण्डको निर्देशन 

काठमाडौं– नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले

‘एमसीसी’ बन्द गर्ने ‘डज’को घोषणा, नेपालले पाउने ५० करोड डलर के होला ?

काठमाडौं– अमेरिकी सरकार अन्तर्गत एलन मस्कको नेतृत्वमा रहेको सरकार दक्षता

‘अनलाइन’बाटै नागरिकता सिफारिस 

बैतडी– बैतडीका स्थानीय तहहरूले ‘अनलाइन’ प्रणालीबाट नागरिकता प्रमाणपत्रको सिफारिस दिन

यातायात कार्यालय बाराद्वारा सात करोड ३६ लाख बढी राजस्व सङ्कलन

वीरगञ्ज– बारास्थित यातायात व्यवस्था कार्यालय कलैयाले चालु आर्थिक वर्षको वैशाख

टहरा भत्काएर सडक विस्तार

म्याग्दी– म्याग्दीको मालिका गाउँपालिका– ६ दरवाङका बासिन्दाले आफैँ घरका पेटी