धोबीखोला कोरिडोरको काम एक वर्षभित्र सम्पन्न गर्न मन्त्री श्रेष्ठको निर्देशन « Khabarhub

धोबीखोला कोरिडोरको काम एक वर्षभित्र सम्पन्न गर्न मन्त्री श्रेष्ठको निर्देशन


५ मंसिर २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सहरी विकासमन्त्री कृष्णगोपाल श्रेष्ठले धोबीखोला कोरिडोरको काम एक वर्षभित्र सम्पन्न गरिसक्न निर्देशन दिएका छन् ।

कोरिडोरको निर्माण प्रगतिका विषयमा स्थलगत अनुगमन गरेपछि मन्त्री श्रेष्ठले एक वर्षभित्र सम्पूर्ण निर्माणको काम सम्पन्न गर्न निर्देशन दिएका हुन् ।

बिजुली बजार पुल निर्माणका क्रममा कमजोरी भएको उल्लेख गर्दै उनले एक वर्षभित्र जसरी पनि त्यसको व्यवस्थापन गर्न उपत्यका विकास प्राधिकरणलाई निर्देशन दिए । पुलमुनिबाट गाडी गुड्ने गरी निर्माण गर्नुपर्ने उनको भनाइ छ ।

कोरिडोरको फुटपाथको व्यवस्थापन पनि हुन नसकेकोले त्यतातर्फ पनि ध्यान दिनुपर्ने उनले बताए । कोरिडोर कालोपत्र गर्ने कामका लागि ठेक्का सम्झौता भइसकेकाले छिटो काम तोकिएकै समयमा सक्न पनि उनले निर्देशन दिए ।

उपत्यका विकास प्राधिकरणका प्रमुख भाईकाजी तिवारीले ठेक्का भएअनुसारको काम यो आर्थिक वर्षभित्र सम्पन्न गर्ने राखिएको बताए । आयोजनाको भौतिक प्रगति ९९ प्रतिशत भएको उल्लेख गर्दै उनले १६ किलोमिटर सडक कालोपत्रे भइसकेको पनि बताए ।

मुआब्जा वितरण समेत गरेर ३ अर्ब ६० करोडमा कोरिडोर निर्माणको काम सम्पन्न गर्ने लक्ष्य प्राधिकरणले लिएको छ । शुक्रबार कोरिडोर निर्माणको प्रगतिका विषयमा मन्त्री समेत टोलीले स्थलगत अनुगमन गरेको थियो । लामो समय अलपत्र परेको कोरिडोर निर्माणको कामले अब गति लिने विश्वास प्राधिकरणले गरेको छ ।

विगतमा फरक फरक निर्माण कम्पनीहरुले ढल विच्छ्याउने र सडक कालोपत्र गर्ने ठेक्का पाउँदा समन्वय हुन सकेको थिएन् । फलस्वरुप निर्माणको कामले गति लिन सकेन् । अहिले एउटै निर्माण व्यवसायीले ढल बिच्छ्याउने र सडक कालोपत्र गर्ने काम पाएपछि निर्माणमा सहजता आउने विश्वास प्राधिरकणको छ ।

प्रकाशित मिति : ५ मंसिर २०७७, शुक्रबार  ४ : ५९ बजे

मुस्ताङमा ८० प्रतिशत निर्वाचन प्रहरी जिल्ला बाहिरका

मुस्ताङ– आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित

नयाँ नेता नमिले नयाँ मान्छे प्रधानमन्त्री बन्दैन : महावीर पुन

काठमाडौं – निवर्तमान शिक्षामन्त्री एवम् म्याग्दीका प्रतिनिधि सभा सदस्य महावीर

‘मानवअधिकार संरक्षणमा नेपाल प्रतिबद्ध’

काठमाडौं– परराष्ट्रसचिव अमृतबहादुर राईले मानवअधिकार संरक्षणका निम्ति नेपाल पूर्ण प्रतिबद्ध

मकवानपुरको सिमखोलामा सवारी दुर्घटना, एक जनाको मृत्यु

मकवानपुर– कुलेखानी–काठमाडौं सडकखण्डअन्तर्गत मकवानपुरको इन्द्रसरोवर गाउँपालिका– २ सिमखोला पुल नजिक

प्रेस काउन्सिलमा छ महिनामा १६३ उजुरी

काठमाडौं – चालु आर्थिक वर्षको छ महिनामा प्रेस काउन्सिल नेपालमा