बाल अधिकारको संरक्षणमा जोड दिन आयोगको आग्रह « Khabarhub

बाल अधिकारको संरक्षणमा जोड दिन आयोगको आग्रह


५ मंसिर २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- राष्ट्रिय मानव अधिकार आयोगले बाल अधिकारको सम्मान, संरक्षण र संवद्र्धनमा जोड आग्रह गरेको छ ।

संयुक्त राष्ट्र संघद्वारा बाल अधिकार सम्बन्धी महासन्धि, १९८९ जारी भएको आज ३१ वर्ष पूरा भएको अवसरमा आयोगले एक विज्ञप्ति जारी गर्दै सम्पूर्ण बालबालिकाहरुप्रति शुभकामना व्यक्त गरेको छ।

पछिल्लो समय कोभिड–१९ को महामारीको अवस्थामा गरिब, विपन्न तथा दुर्गम क्षेत्रका बालबालिकाको वैकल्पिक शिक्षामा पहुँच पुग्न नसक्दा शिक्षाको समान पहुँचबाट समेत बालबालिका वञ्चित हुन पुगेको उल्लेख गर्दै त्यसलाई निराकरण गर्न ध्यानाकर्षणसमेत गराएको छ ।

‘नेपालले बाल अधिकार सम्बन्धी महासन्धि अनुमोदन गर्नुका साथै सो महासन्धिमा भएका व्यवस्था तथा अन्तर्राष्ट्रिय मञ्चहरुमा गरेका प्रतिबद्धताहरुको प्रभावकारी कार्यान्वयनका लागि देशको संविधान, ऐन, नियम र कानुनहरुको व्यवस्था गरी कार्य गरिरहेको छ ।

तर अन्तर्राष्ट्रिय मञ्चमा व्यक्त गरेका प्रतिबद्धता, कानूनी व्यवस्था, अदालतका फैसला तथा राष्ट्रिय मानव अधिकार आयोगका सिफारिसहरुको कार्यान्वयन पक्ष कमजोर हुँदा बालबालिकाहरु अझै पनि पोषण, शिक्षा, स्वास्थ्य जस्ता आधारभूत अधिकारबाट बञ्चित हुनुका साथै बालविवाह, बालश्रम र हिंसाबाट पीडित हुन पुगेको आयोगको अनुगमनबाट पाइएको छ । सामाजिक वहिष्करण, डर, त्रासलगायतका कारण बलात्कार तथा यौन हिंसाबाट पीडित बालिकाहरु न्याय प्राप्तिको अधिकारबाट वञ्चित हुनुपरेको आयोगको अध्ययनको क्रममा देखिएको छ ।’ विज्ञप्तिमा भनिएको छ ।

‘बाल अधिकार सम्बन्धी महासन्धि, संवैधानिक तथा कानूनी व्यवस्था, अदालतका फैसला र आयोगका सिफारिसहरुहरुको प्रभावकारी कार्यान्वयन गर्न तथा बाल विवाह, बालश्रम, बाल यौन दुव्र्यवहार जस्ता बाल हित विपरीतका घटनाहरु निराकरणका लागि विशेष कार्य गर्न आयोग नेपाल सरकार तथा सम्बद्ध सबै पक्षलाई आग्रह गर्दछ ।’ विज्ञप्तिमा उल्लेख छ ।

प्रकाशित मिति : ५ मंसिर २०७७, शुक्रबार  ५ : ३० बजे

बूढीगण्डकी बाढीका कारण अवरुद्ध सडक पाँच दिनपछि खुल्यो

गोरखा – बूढीगण्डकी बाढीका कारण अवरुद्ध रहेको बाटो आंशिक रूपमा

मुगुमा अन्तरजातीय विवाह गर्ने दुई जोडीलाई दुई लाख प्रोत्साहन

मुगु – छाँयानाथ रारा नगरपालिकाले जातीय विभेद् अन्त्य गर्दै सामाजिक

दाङमा दुई वटा मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु

दाङ – आज साँझ यहाँ दुई वटा मोटरसाइकल एकापसमा ठोक्किँदा

नारायणीमा बेपत्ता आमा छोराको खोजी जारी

चितवन – चितवनको भरतपुर महानगरपालिका–१ स्थित पशुपति मन्दिर पछाडि नारायणी

मुलुकको विकासका लागि सबै राजनीतिक शक्ति एक हुनुपर्छ : प्रचण्ड

काठमाडौं – नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक अध्यक्ष पुष्पकमल