अत्यावश्यक बाहेक पोखरा महानगरको सेवा एक साता स्थगन | Khabarhub Khabarhub

अत्यावश्यक बाहेक पोखरा महानगरको सेवा एक साता स्थगन


५ मंसिर २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कास्की– पोखरा महानगरपालिका कार्यालयले प्रदान गर्र्ने अत्यावश्यक बाहेकका सेवा एक साता स्थगन गरिएको छ ।

महानगरपालिकाले आज सूचना जारी गरी महानगरमा कार्यरत कर्मचारीमा कोरोना सङ्क्रमण देखिएकाले अत्यावश्यक बाहेकका सेवा आगामी मङ्सिर १२ गतेसम्म स्थगन गरिएको जनाएको छ ।

महानगरका एक तिहाई कर्मचारीबाट सेवा प्रवाह गर्नु पर्ने भएकाले जरुरी र अत्यावश्यक काम नपरी महानगर तथा वडा कार्यालयमा नआउन सेवाग्राहीलाई आग्रह गरिएको छ ।

महानगरका प्रवक्ता धनबहादुर नेपालीले उपप्रमुख मञ्जुदेवी गुरुङसहित प्रमुखको सचिवालय, प्रशासन, लेखालगायत शाखा कार्यालयका गरी २७/२८ जना कर्मचारी कोभिड–१९ सङ्क्रमित भएकाले सेवा प्रभावित भएको र एक साता सेवा बन्द गरिएको बताए ।

उनले भने, “उपप्रमुख आफैँ सङ्क्रमित हुनुहुन्छ, प्रमुखको सचिवालयलगायत अन्य महत्वपूर्ण शाखाका कर्मचारीमा कोरोना पुष्टि भएकाले मङ्सिर १२ सम्मलाई जरुरी काम नपरी सेवाग्राहीलाई कार्यालय नआउनुहोस् भनेर सूचना जारी गरेका छौँ ।”

महानगरको बिहीबार बसेको कार्यपालिका बैठकले शुक्रबार सार्वजनिक बिदा दिने र एक साता जरुरी बाहेकका सेवा बन्द गर्ने निर्णय गरेको उनले जानकारी दिए ।

यसैगरी महानगरपालिकाको पशु सेवा शाखाको सम्पूर्ण सेवा अनिश्चितकालका लागि बन्द गरिएको छ । कर्मचारीमा कोरोना सङ्क्रमण र अन्य कन्ट्याक ट्रेसिङका परेका कारण सेवा बन्द गरिएको शाखा प्रमुख नवराज अधिकारीले जानकारी दिए ।

प्रकाशित मिति : ५ मंसिर २०७७, शुक्रबार  ६ : ५१ बजे

सर्लाहीका आठ लाख बढीलाई हात्तीपाईलेविरुद्धको औषधि खुवाइने

बरहथवा– राष्ट्रिय अभियान अन्तरगत सर्लाहीमा पनि हात्तीपाइले रोगविरुद्धको आम औषधि

९८ प्रतिशत जनसंख्या विद्युतको पहुँचमा छ : प्रधानमन्त्री

काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले ९८ प्रतिशत जनसंख्या विद्युतको पहुँच

इलाम २ मा सुरुबाटै मुढाभन्दा पछि पर्‍यो घण्टी

इलाम–इलाम क्षेत्र नम्बर २ को उपनिर्वाचनलाई प्रतिष्ठाको विषय बनाएको राष्ट्रिय

हमासको नियन्त्रणमा रहेका दुई बन्धकको भिडिओ सार्वजनिक

गाजा– गाजा युद्ध रोक्न विभिन्न कोणबाट मध्यस्थता भइरहेका समय हमासले

काभ्रेको आठ सय अठार हेक्टर वनमा आगलागी

काभ्रेपलाञ्चोक– काभ्रेपलाञ्चोकको ४२ वटा सामुदायिक तथा राष्ट्रिय वनमा आगलागी हुँदा