अफगानिस्तानमा पाकिस्तानी प्रधानमन्त्रीको विरोध « Khabarhub

अफगानिस्तानमा पाकिस्तानी प्रधानमन्त्रीको विरोध


५ मंसिर २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- अफगानिस्तानमा पाकिस्तानका प्रधानमन्त्री इमरान खानको विरुद्धमा यहाँका केही स्थानहरुमा नागरिकहरुले विरोध प्रदर्शन गरेका बताइएको छ ।

पाकिस्तानका प्रधानमन्त्री इमरान खान हाल अफगानिस्तानको भ्रमणमा गएको बेलामा उनका विरुद्धमा अफगानिस्तानका केही ठाउँमा विरोध भएको हो ।

पाकिस्तानले आतंकवादीहरुलाई बस्न दिएको र सहयोग गरेको भन्ने आरोपमा उनका विरुद्धमा यो प्रदर्शन गरिएको बताइएको छ । हालैमात्र एक अन्तर्राष्ट्रिय प्रतिवेदनमा पाकिस्तानमा आतंकवादीहरुको बसोबास रहेको भन्दै एक समाचार सार्वजनिक भएको थियो ।

यसै विषयलाई लिएर अफगानिस्तानका केही स्थानमा पाकिस्तानले आतंकवादीलाई बस्न दिन नहुने भन्दै प्रधानमन्त्री इमरान खानका विरुद्धमा यो प्रदर्शन गरिएको हो । प्रधानमन्त्री इमरान खान अफगानिस्तानका राष्ट्रपति असरफ घानीको आमन्त्रणमा अफगानिस्तान भ्रमणका लागि बिहीबार काबुल पुगेका छन् ।

खान प्रधानमन्त्री भएपछिको यो उनको पहिलो पटक अफगानिस्तान भ्रमण भएको बताइएको छ । उनले अफगानिस्तानमा रहँदा हाल अफगानिस्तान सरकार र त्यहाँका तालिबानहरुले थालेको शान्ति वार्ताको विषयमा कुराकानी गर्नुहुने बताइएको छ ।

हाल अफगानिस्तानको सरकार र यहाँ सशस्त्र हिंसा गरिरहेका तालिबानहरुका बीचमा शान्ति वार्ता शुरु भएको छ । गएको दुई महिना अघिदेखि नै कतारको दोहामा शुरु भएको भनिएको सो वार्तामा भएको प्रगतिको बारेमा भने केही बताइएको छैन ।

प्रकाशित मिति : ५ मंसिर २०७७, शुक्रबार  ८ : ४९ बजे

आज २०८३ साल असोज ३ गते शनिबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज ३ गते  शनिबार सन् २०२६

एन्फाका कोषाध्यक्ष र लेखापाल पक्राउ

काठमाडौँ । अखिल नेपाल फुटबल संघ (एन्फा) का कोषाध्यक्ष र

भोटेकोशी बाढीको नामाकरण गर्दैछ सरकार

काठमाडौं । सरकारले रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीको नामकरण

क्रियाशील सदस्यता विवादपछि कांग्रेस सर्लाहीका दुई नेताले दिए राजीनामा

काठमाडौं – नेपाली कांग्रेस सर्लाहीमा क्रियाशील सदस्यता वितरण तथा नवीकरणको

पार्टीको वडा अधिवेशनमा सहभागी हुन कांग्रेसको आग्रह

काठमाडौं – नेपाली कांग्रेस केन्द्रीय निर्वाचन समितिले यही असोज ३