उद्योग वाणिज्य महासंघ चुनाव : ढकाल समूहलाई निर्यात व्यवसायीको साथ « Khabarhub

उद्योग वाणिज्य महासंघ चुनाव : ढकाल समूहलाई निर्यात व्यवसायीको साथ


५ मंसिर २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- निर्यात व्यवसायी महासंघ नेपाल (फिन)ले नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचनमा वरिष्ठ उपाध्यक्षका उम्मेदवार चन्द्रप्रसाद ढकालको टिमलाई सहयोग गर्ने भएको छ।

फिनले आज काठमाडौंमा ढकाल टिमलाई स्वागत गर्दै आफ्नो मातहतका ११ वटा वस्तुगत संघका अध्यक्षहरूले खुला रूपमा सो टिमलाई मतदान गर्ने उद्घोष गरेको हो।

कार्यक्रममा फिनका अध्यक्ष तथा प्रदेश सांसद रामबहादुर गुरूङले वस्तुगत सदस्यहरूको हितका लागि ढकाल र उनको टिमलाई जिताउनुपर्ने बताए।

उनले सरकारले व्यवसायीको समस्या समाधानमा लागि बेवास्ता गरेको भन्दै सरकारसँग छलफल र सहकार्य गरेर आफ्ना समस्या समाधान गराउन ढकालको टिमलाई जिताउनुको विकल्प नरहेको बताए।

फिनमा निर्यात क्षेत्रका कार्यरत ११ वटा वस्तुगत संस्थाहरू छन्। जसमा नेपाल गलैँचा निर्यात संघ, गार्मेण्ट एसोसिएसन, नेपाल पश्मिना उद्योग संघ, नेपाल हाते कागज संघ र नेपाल हब्र्स एण्ड हर्बल उत्पादक संघ छन्।

यस्तै, स्वतन्त्र ऊर्जा उत्पादक संघ, अलैँची उत्पादक संघ, अदुवा प्रशोधन तथा व्यापार संघ, नेपाल बोटल वाटर उद्योग संघ र सिल्क एसोसिएसनसमेत फिनमा आबद्ध छन्।

कार्यक्रममा ती सबै संघका अध्यक्ष तथा प्रतिनिधिको उपस्थिति रहेको थियो।

प्रकाशित मिति : ५ मंसिर २०७७, शुक्रबार  १० : ०१ बजे

सार्वजनिक नीति तथा प्रत्यायोजित विधान समितिको बैठक बस्दै

काठमाडौं– संघीय संसदको राष्ट्रियसभा अन्तर्गत रहेको सार्वजनिक नीति तथा प्रत्यायोजित

रास्वपाको चुनावी अभियान : इलाममा बालेन क्रेज

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता एवम्

ओली-बालेन भिडन्त : जेन-जी समर्थक र विरोधीको जनमत संग्रह

एमाले अध्यक्ष केपी शर्मा ओली नेपालका केही गणनायोग्य अपराजेय नेताहरु

म्याग्दीको लामाखेतमा नदी नियन्त्रणको काम हुँदै

म्याग्दी– म्याग्दीको लामाखेतमा नदी नियन्त्रणको काम सुरु भएको छ ।

काँकरभिट्टाबाट छ महिनामा नौ अर्ब ७७ करोडको पेट्रोलियम पदार्थ आयात

झापा – चालु आर्थिक वर्ष २०८२-८३ को पुस मसान्तसम्म पूर्वी