क्यानले बोलायो २२ खेलाडीलाई बन्द प्रशिक्षणमा « Khabarhub

क्यानले बोलायो २२ खेलाडीलाई बन्द प्रशिक्षणमा


५ मंसिर २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाल क्रिकेट संघ (क्यान) ले आगमी अन्तर्राष्ट्रिय प्रतियोगितालाई मध्यनजर गर्दै २२ जना राष्ट्रिय खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाएको छ ।

मंसिर दोस्रो सातादेखि शुरु गर्ने भनिएको बन्द प्रशिक्षणका लागि क्यानले २२ खेलाडीको नाम सार्वजनिक गरेको हो ।

क्यानले राष्ट्रिय टिमका व्यवस्थापक विक्रम न्यौपानेलाई पत्र लेख्दै २२ खेलाडी र प्रशिक्षकको नाम सार्वजनिक गरेको हो ।

प्रशिक्षकको जिम्मेवारी जगत टमाटालाई दिइएको छ । क्यानको सेन्ट्रल कन्ट्रयाक्टमा रहेका २० र थप दुई गरी २२ खेलाडीलाई बन्द प्रशिक्षणमा समावेश गरिने भएको हो । सेन्ट्रल कन्ट्रयाक्टमा नभएकामध्ये किशोर महतो र भुवन कार्कीलाई पनि सूचीमा राखिएको छ ।

आगामी अन्तर्राष्ट्रिय प्रतियोगिताहरुलाई मध्यनजर गर्दै तथा हालको अवस्थामा नेपाल सरकारको नीति निर्देशन अनुसारको सावधानीका उपाय एवं सुरक्षा नीतिको अबलम्बन गर्दै मंसिर १० गतेदिख काठमाडौंमा बन्द प्रशिक्षण शिविर सञ्चालन गर्न लागिएको क्यानले जनाएको छ ।

प्रशिक्षणका लागि मंसिर ८ गते पिसिआर परिक्षण गरिने भएकोले छनोट भएका २२ खेलाडीलाई र प्रशिक्षकलाई उक्त मितिभित्र क्यानमा सम्पर्कमा आउन पनि सूचित गरिएको छ ।

पीसीआर रिपोर्ट नेगेटिभ आउने खेलाडीहरुलाई मात्र बन्द प्रशिक्षण शिविरमा समावेश गरिने पनि क्यानले जनाएको छ ।

बन्द प्रशिक्षणका लागि छानिएका खेलाडी

ज्ञानेन्द्र मल्ल (कप्तान), सन्दीप लामिछाने, वसन्त रेग्मी, सुसन भारी, पवन सरार्फ, रोहितकुमार पौडेल, कमलसिंह ऐरी, भुवन कार्की, दीपेन्द्रसिंह ऐरी (उपकप्तान), शरद भेषावकर, विनोद भण्डारी, ललितनारायण राजवंशी, अभिनाश बोहरा, कुशल मल्ल, सन्दीप जोरा, पारस खड्का, करण केसी, सोमपाल कामी, मोहम्मद आरिफ शेख, सुवास खकुरेल, राशिद खान र किशोर महतो ।

प्रशिक्षक : जगत टमाटा

यस्तो छ पत्र

प्रकाशित मिति : ५ मंसिर २०७७, शुक्रबार  ९ : १८ बजे

कात्तिक १५ गतेदेखि नागढुङ्गा सुरुङमार्गमा सवारी शुल्क लाग्ने

काठमाडौँ– नागढुङ्गा सुरुङमार्ग निर्माण आयोजनाले यही कात्तिक १५ गतेदेखि सुरुङमार्ग

फूलको अग्रिम माग हुन थालेपछि व्यवसायी उत्साहित

कञ्चनपुर– तिहार नजिकिँदै गर्दा फूलको अग्रिम माग आउन थालेपछि कञ्चनपुरका

बुढीगण्डकी बाढीबाट माछाखोलामा करोडौँको क्षति (तस्बिर)

गोरखा– असोज २५ गते आएको बाढीले गोरखाको धार्चे गाउँपालिका–५ स्थित

विपदबाट क्षतिग्रस्त भौतिक संरचना पुनर्निर्माणका लागि श्रमदान

म्याग्दी– म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ पाउद्वारका बासिन्दा श्रमदान अभियानबाट क्षतिग्रस्त भौतिक

मनास्लुको स्याउ गोदाममै थन्कियो

गोरखा– बूढीगण्डकी बाढीले पुल र बाटो बगाएपछि उत्तरी गोरखाको मनास्लु