काठमाडौं-कुवेत हवाई उडान सुचारू गर्न राजदूत भण्डारीको आग्रह | Khabarhub Khabarhub

काठमाडौं-कुवेत हवाई उडान सुचारू गर्न राजदूत भण्डारीको आग्रह


५ मंसिर २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दोहा- कुवेतका लागि नेपाली राजदूत दुर्गाप्रसाद भण्डारीले कोरोना महामारीका कारण बन्द भएको नेपाल-कुवेत हवाई उडान सुचारू गर्न आग्रह गरेका छन् ।

कुवेत सरकार, पब्लिक अथोरिटी अफ मेनपावरका डेप्युटी डाइरेक्टर जनरल डा. मुबारक अल आजमीसँग भएको भेटमा राजदूत भण्डारीले नेपाल-कुवेत हवाइ उडान शुचारु गर्न आग्रह गरेका हुन् ।

डा. अल आजमीको कार्यकक्षमा भएको भेटमा उनले हवाइ उडान सुचारु गर्ने विषयका साथै कुवेतमा रहेका नेपाली कामदारहरूको अवस्था, उनीहरुको प्रवेशाज्ञा नवीकरण, आवास तथा तलब सुविधाको सहज व्यवस्था लगायतका विषयमा समेत छलफल गरेको दूतावसले जनाएको छ ।

भेटमा नेपाली दूतावासका श्रम सहचारी बिपना ज्ञवाली, सहचारी यसोदा अधिकारी लगायत दूतावासका अन्य कर्मचारीको पनि उपस्थिति थियो ।

यस्तै कुवेत सरकारको तर्फबाट अन्तर्राष्ट्रिय सम्बन्ध प्रमुख जाबेर अल-अली,घरेलु श्रम भर्ती नियमन विभागका निर्देशक नासेर अल-मौसावी तथा अन्य पदाधिकारीहरूको उपस्थिति रहेको थियो ।

प्रकाशित मिति : ५ मंसिर २०७७, शुक्रबार  ९ : ४८ बजे

आज २०८१ साल वैशाख २३ गते आइतबारको राशिफल

काठमाडौं – आज २०८१ साल वैशाख २३ गते आइतबार तदनुसार

सुत्केरी र गर्भवतीको हेलिकप्टरमार्फत उद्दार

बाजुरा – बाजुराको बुढीनन्दा नगरपालिकामा रहेको कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रबाट

अमेरिकी डिभीको नतिजा सार्वजनिक, यसरी हेर्न सकिन्छ

काठमाडौं– अमेरिकी डाइभर्सिटी भिसा  (डिभी) २०२५ को नतिजा सार्वजनिक भएको

राप्ती नदीमा डुबेर युवतीको मृत्यु

तुलसीपुर । दाङको देउखुरीस्थित राप्ती नदीमा डुबेर एक युवतीको मृत्युभएको

‘बौद्ध शिक्षाबाट विश्वव्यापी समस्याको समाधान खोज्न सकिन्छ’

लुम्बिनी – बुद्ध जन्मस्थल लुम्बिनी आएका विभिन्न देशका बौद्ध भिक्षु