काठमाडौं-कुवेत हवाई उडान सुचारू गर्न राजदूत भण्डारीको आग्रह « Khabarhub

काठमाडौं-कुवेत हवाई उडान सुचारू गर्न राजदूत भण्डारीको आग्रह


५ मंसिर २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दोहा- कुवेतका लागि नेपाली राजदूत दुर्गाप्रसाद भण्डारीले कोरोना महामारीका कारण बन्द भएको नेपाल-कुवेत हवाई उडान सुचारू गर्न आग्रह गरेका छन् ।

कुवेत सरकार, पब्लिक अथोरिटी अफ मेनपावरका डेप्युटी डाइरेक्टर जनरल डा. मुबारक अल आजमीसँग भएको भेटमा राजदूत भण्डारीले नेपाल-कुवेत हवाइ उडान शुचारु गर्न आग्रह गरेका हुन् ।

डा. अल आजमीको कार्यकक्षमा भएको भेटमा उनले हवाइ उडान सुचारु गर्ने विषयका साथै कुवेतमा रहेका नेपाली कामदारहरूको अवस्था, उनीहरुको प्रवेशाज्ञा नवीकरण, आवास तथा तलब सुविधाको सहज व्यवस्था लगायतका विषयमा समेत छलफल गरेको दूतावसले जनाएको छ ।

भेटमा नेपाली दूतावासका श्रम सहचारी बिपना ज्ञवाली, सहचारी यसोदा अधिकारी लगायत दूतावासका अन्य कर्मचारीको पनि उपस्थिति थियो ।

यस्तै कुवेत सरकारको तर्फबाट अन्तर्राष्ट्रिय सम्बन्ध प्रमुख जाबेर अल-अली,घरेलु श्रम भर्ती नियमन विभागका निर्देशक नासेर अल-मौसावी तथा अन्य पदाधिकारीहरूको उपस्थिति रहेको थियो ।

प्रकाशित मिति : ५ मंसिर २०७७, शुक्रबार  ९ : ४८ बजे

कुनै गडगडाहट छैन बूढीगण्डकीको (तस्बिरहरु) 

धादिङ– बूढीगण्डकी नदीमा आएको बाढी शान्त देखिए पनि तटीय क्षेत्रमा

बूढीगण्डकी बाढी : पुल, जलविद्युत् आयोजना र दर्जनौँ घरमा ठूलो क्षति

गोरखा– आइतबार बूढीगण्डकी नदीमा आएको बाढीका कारण नदी तटीय क्षेत्रमा

बेनी–जोमसोम सडक खुल्यो

मुस्ताङ– बेनी-जोमसोम सडक सञ्चालन भएसँगै यहाँबाट १७३ वटा कन्टेनर गन्तव्यतर्फ

 ट्याक्टर दुर्घटनामा सहचालकको मृत्यु

अर्घाखाँची– छत्रदेव गाउँपालिका–३ मथुरा चापटारीमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको

टेलिकमको दसैँ अफर, के-के छन् सुविधा ?

काठमाडौं– नेपाल टेलिकमले नेपालीहरूको महान् चाड दसैँ, तिहार तथा छठ