संसद विघटनको सबैतिरबाट प्रतिबाद गर्न डा.भट्टराईको आह्वान « Khabarhub

संसद विघटनको सबैतिरबाट प्रतिबाद गर्न डा.भट्टराईको आह्वान


५ पुस २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- संसद विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको प्रस्तावको सबैतिरबाट प्रतिवाद गर्न पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले आह्वान गरेका छन् ।

जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले संसद विघटन गर्ने ओलीको कदमले नेपालको शासकीय प्रणालीमा सुधार गर्नु पर्ने अवस्था आएको पनि बताए ।

प्रधानमन्त्री केपी ओलीले आइतबारको मन्त्रिपरिषद बैठकबाट संसद विघटनको सिफारिस गरेका थिए।

भट्टराईले उनको कदमले नेपालको शासकीय प्रणालीमा सुधार गर्नुपर्ने देखाएको र त्यसका लागि प्रत्यक्ष निर्वाचित राष्ट्रपति प्रणाली र पूर्णसमानुपातिक संसद व्यवस्था हुनुपर्ने बताए।

‘यसमा मेरो निजी विचार रहँदै आएको छ। अहिलेको प्रधानमन्त्रीको कदमले नेपालको शासकीय प्रणालीमा रहेको त्रुटी र त्यसलाई सच्याउनुपर्ने कुरा फेरि पुष्टि गर्छ,’ भट्टराईले ट्वीटरमा भिडिओमार्फत् भनेका छन्।

उनले प्रधानमन्त्रीको कदम असंवैधानिक भएकाले यसमा सबै राजनीतिक दल र नागरिकलाई सुधार गर्न आवाज उठाउन अपिल गरेका छन्।

उनले संसद विघटनको प्रस्ताव अत्यन्त दुखद् एवं लोकतन्त्रको मर्म र संविधानको प्रावधानविपरीत भएको पनि बताए।

प्रकाशित मिति : ५ पुस २०७७, आइतबार  ११ : २५ बजे

नेपालको पहिचान र अस्तित्व संकटमा : देव गुरुङ

काठमाडौँ- नेपाली कम्युनिस्ट पार्टीका नेता देव गुरुङले नेपालको मौलिक पहिचान

समस्याग्रस्त १२ सहकारीका थप २३५ जनाले पाए रकम

काठमाडौँ : समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले  १२ समस्याग्रस्त सहकारीको २३५ जनाको

खगेन्द्र सुनार प्रकरण : प्रहरीले थाल्यो आन्तरिक अनुसन्धान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारले

शिक्षक सरुवामा नयाँ नियम: एक वर्ष पुगेपछि नै सरुवा मिल्ने, पारस्परिकको हकमा के ?

२७ असोज, काठमाडौँ । शिक्षा नियमावलीमा गरिएको नयाँ संशोधनमार्फत सामुदायिक

सुदूरपश्चिम प्रदेशको बजेट पारित

सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेशमा बजेट शून्यताको अवस्था हटेको छ ।