ट्याक्टरमा च्यापिएर चालकको मृत्यु | Khabarhub Khabarhub

ट्याक्टरमा च्यापिएर चालकको मृत्यु


५ पुस २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

महोत्तरी- महोत्तरीको जलेश्वर नगरपालिका–७ मा आफैले चलाएको ट्याक्टरमा च्यापिएर आज एक चालकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा महोत्तरी गाउँपालिका–४ बस्ने २३ वर्षीय चालक पप्पु पासवान रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक टीकाबहादुर केसीले बताए ।

चालक पासवान ज १त ३५७९ नं को ट्याक्टरमा स्थानीय रातो खोलाबाट माटो लोड गरी बेला गाउँतर्फ जाँदै गर्दा मोड्ने क्रममा ट्याक्टरको दाँयापट्टीको बीचको र पछाडिको चक्का धसेर अचानक अगाडिको इञ्जिनसहितको भाग माथि उठेर पछाडिपट्टी झर्दा चालक बसेको सिटसमेत च्यापिएर चालकको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : ५ पुस २०७७, आइतबार  ३ : १८ बजे

क्लब विश्वकप : रियल म्याड्रिडको पोस्टमा चार गोल गर्दै पिएसजी फाइनलमा

काठमाडौं – रियल म्याड्रिडमाथि ४–० को शानदार जितसहित पेरिस सेन्ट

बिहीबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले बिहीबारका लागि विदेशी मुद्राको विनिमय

आज गुरु पूर्णिमा र व्यास जयन्ती मनाइँदै

काठमाडौं – आषाढ शुक्ल पूर्णिमाका दिन आज गायत्री, दीक्षा, वेद

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौं – आज २०८२ साल असार २६ गते बिहीबार। असार

आज २०८२ साल असार २६ गते बिहीबारको राशिफल

काठमाडौं – आज २०८२ साल असार २६ गते बिहीबार। असार