काठमाडौं- स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपालमा हालसम्म कोरोना संक्रमितको संख्या २ लाख ५३ हजार ७७२ पुगेको जनाएको छ । जसमध्ये पछिल्लो २४ घण्टामा ५८८ जना संक्रमित थपिएका हुन ।
नयाँ थपिएका संक्रमितमध्ये प्रदेश १ को इलाममा ७, उदयपुरमा १, ओखलढुंगामा १, झापामा ६, तेह्रथुममा १, मोरङमा २२, संखुवासभामा २, सोलुखुम्बुमा २ र सुनसरीमा ३ जना रहेका छन् ।
त्यसैगरी प्रदेश २ को सिरहामा ८ जनामा कोरोना थपिएको मन्त्रालयले जनाएको छ।
बागमती प्रदेशको काठमाडौं १७९, काभ्रेमा ५, चितवनमा १०, दोलखामा ३, धादिङमा ६, नुवाकोटमा ५, भक्तपुरमा २६, मकवानपुरमा १, रामेछापमा १, ललितपुरमा ३३, सिन्धुलीमा १ र सिन्धुपाल्चोकमा १ जनामा कोरोना पुष्टि भएको मन्त्रालयले जनाएको छ ।
यसैगरी गण्डकी प्रदेशको कास्कीमा २६, गोरखामा १, तनहुँमा ४, नवलपरासी पूर्वमा ३, पर्वतमा ३, म्याग्दीमा ६, लमजुङमा ५, बागुलङमा २ र स्याङजामा ८ जना कोरोना संक्रमित थपिएको मन्त्रालयले जनाएको छ ।
त्यस्तै लुम्बिनी प्रदेशको अर्घाखाँचीमा ६, कपिलवस्तुमा २, गुल्मीमा १, दाङमा २५, नवलपरासीमा ४, पाल्पामा २, प्यूठानमा १, बर्दियामा ८, बाँकेमा १६, रोल्पामा ३ र रुपन्देहीमा २३ जनामा कोरोना पाइएको छ।
यस्तै, सुदूरपश्चिम प्रदेशको अछाममा १२, कञ्चनपुरमा २०, कैलालीमा ८१ र बैतडीमा २ जनामा कोरोना पुष्टि भएको छ ।
प्रतिक्रिया