हानिकारक क्याल्सियम कार्वाइड रसायनको प्रयोग गरिएका फलफूल कसरी चिन्ने ? | Khabarhub Khabarhub

हानिकारक क्याल्सियम कार्वाइड रसायनको प्रयोग गरिएका फलफूल कसरी चिन्ने ?


७ माघ २०७६, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

क्याल्सियम कार्वाइड रसायनबाट उत्पन्न हुने एसिटिलिन ग्याँस स्टील धातु वेल्डिङ गर्न प्रयोग गरिन्छ । यो ग्याँसले मानिसमा क्यान्सर उत्पन्न गराउन सक्छ । कतिपय व्यापारीहरुले फलफूललाई छिटो पकाउन क्याल्सियम कार्वाइड रसायनको प्रयोग गर्ने गर्छन् ।

यदि यो रसायन राखेर पकाइएका फलफूल खानुभयो भने ती फलफूलले स्वास्थ्यलाई असर पुर्‍याउन सक्छ । हुन त फलफूल स्वास्थ्यका लागि लाभदायीक खानेकुरा हो । तर क्याल्सियम कार्वाइड रसायन राखेर पकाइने फलफूलले स्वास्थ्यलाई असर पुर्‍याउँछ ।

विशेषगरी केरा, आँप, मेवा आदिलाई छिटो पकाउन व्यापारीहरुले यो रसायन प्रयोग गर्न सक्छन् । यदि यो रसायन राखेर फलफूल पकाइएको रहेछ भने स्वास्थ्यमा दीर्घकालीन र तत्कालीन असरहरु देखिन सक्छ ।

क्याल्सियम कार्वाइड रसायन प्रयोग भएको फलको असर यस्तो छ

–मुखमा अल्सर हुन सक्ने,

– आमाशय पोल्ने,

–चिडचिडापन हुने,

–पेट दुख्ने,

– झाडा पखाला लाग्ने,

–टाउँको दुख्ने,

– रिङ्गटा लाग्ने,

–निद्रा लागिरहने,

–मानसिक समस्या हुनक्ने ।

कसरी रहने सचेत ?

–उपभोग भन्दा अगावै फललाई राम्ररी धोइपखाली गर्ने, सकेसम्म बगिरहेको पानीले केही समय सम्म पखाल्ने । यस्तो गर्दा फलफुलमा हुने हानिकारक रसायनहरु भएमा पखालिएर जान्छ ।

–आफ्नो प्राकृतिक समय भन्दा फरक समयमा पाकेका देखिने बजारमा विक्रीका लागि राखिएका फलहरु भरसक उपभोग नगर्ने । समय अगावै बजारमा पाकेका फलफूल आएमा त्यसमा क्याल्सियम कार्वाइडको प्रयोग गरिएको हुनसक्छ । त्यसैले मौसमी फलफूल मात्र खाने ।

–आँप, मेवा जस्ता फलहरु सिधै सिङ्गै खानु हुँदैन । त्यसलाई ताछेर, काटेर टुक्रा पारेर खानु उपयुक्त हुन्छ ।

–बाहिर आकर्षक देखिनेगरी सबैतिर राम्रोसँग पाकेको फलफूलमा क्याल्सियम कार्वाइड राखिएको हुनसक्ने भएकाले त्यस्तो फलफूल नखाने ।

–फलको बाहिरी भाग बोक्रा तथा भेट्नामा काला दागहरु तथा धब्बाहरु छन् भने त्यसमा क्याल्सियम कार्वाइड प्रयोग गरिएको हुनसक्छ । त्यसैले कालो दाग तथा धब्बा देखिएको फलफूल नखाने ।

– फलको बोक्रा वा भेट्नामा सेतो, खैरो, धुलो देखिएमा यसमा पनि कृतिम रसायन राखेको हुनसक्छ । त्यसैले फलफूल किन्दा यस्तो कुरामा बिचार गर्नुपर्छ ।

–पाकेका फलफूलको प्राकृतिक बास्ना बाहेक अन्य बाहिरी अस्वभाविक गन्ध वा स्वाद आएमा त्यसमा क्याल्सियम कार्वाइड प्रयोग गरिएको हुनसक्छ । त्यस्तो फलफूल पनि खानु हुँदैन ।

प्रकाशित मिति : ७ माघ २०७६, मंगलबार  ६ : ०६ बजे

पर्साको बालसुधार गृहमा मनाइयो होली

वीरगञ्ज– बालसुधार गृहमा रहेका १२६ बालबालिकासँग खानपान तथा सांस्कृतिक कार्यक्रम

काठमाडौंबाट २४ जनासहित १४३ सवारीसाधन नियन्त्रण

काठमाडौं– काठमाडौं प्रहरीले होली मनाउने क्रममा उच्छृङ्खल गतिविधि गरेको आरोपमा

सिद्धनाथ बहुमुखी क्याम्पसमा स्ववियु निर्वाचन स्थगित

महेन्द्रनगर– कञ्चनपुरको महेन्द्रनगरस्थित सिद्धनाथ बहुमुखी क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)

युगाण्डाले नेपाललाई दियो ९२ रनको लक्ष्य

 काठमाडौं–  युगाण्डाले नेपाललाई ९२ रनको लक्ष्य दिएको छ ।  जारी