राष्ट्रियसभा चुनावः मौन अवधि शुरु, के के गर्न पाइँदैन ? | Khabarhub Khabarhub

राष्ट्रियसभा चुनावः मौन अवधि शुरु, के के गर्न पाइँदैन ?


७ माघ २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रियसभा सदस्यको यही माघ ९ गते बिहीबार हुने निर्वाचनको सोमबार राति १२ बजेदेखि मौन अवधि शुरु भएको छ ।

निर्वाचन आचारसंहिता बमोजिम ४८ घण्टा अगाडी अर्थात माघ ६ गते सोमबार राति १२ बजेदेखि मौन अवधि शुरु भएको आयोगले जनाएको छ ।

निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष एवं विश्वसनीय रूपमा सम्पन्न गर्न गराउन मौन अवधि र निर्वाचन आचारसंहिताको पूर्ण पालना गर्न गराउन नेपाल सरकार, प्रदेश सरकार, स्थानीय तहलगायत सरोकारवालाको ध्यानाकर्षण गराइएको छ ।

मुलुकका सातवटा प्रदेशका उच्च अदालत रहेका जिल्ला मोरङ, धनुषा, ललितपुर, कास्की, दाङ, सुर्खेत र डोटीमा निर्वाचन केन्द्र कायम गरिएको छ ।

मौन अवधिमा कुनै पनि सञ्चार माध्यमबाट निर्वाचन प्रचारप्रसार कार्य गर्न गराउन पाइने छैन । आयोगका सहसचिव राजकुमार श्रेष्ठद्वारा जारी विज्ञप्तिमा भनिएकोछ, “मौन अवधिमा आफ्ना वेबसाइट, ट्वीटर, फेसबुक, भाइबर वा एसएमएस जस्ता सामाजिक सञ्जाल वा विद्युतीय माध्यमको प्रयोग गरी मत माग्न र निर्वाचन प्रचारप्रसार गर्न निषेध गरिएको छ ।”

मौन अवधिमा निर्वाचन, मतदाता र मतदान कार्यलाई प्रभाव पार्ने गरी वा त्यस्तो उद्देश्य लिई छलफल, गोष्ठी, सेमीनार, अन्तरक्रिया, मतदाता शिक्षा, पत्रकार भेटघाट वा यस्तै प्रकृतिका कुनै पनि कार्य गर्न गराउन पाइने छैन ।

निर्वाचनलाई स्वच्छ, स्वतन्त्र र निष्पक्षरूपमा सम्पन्न गर्ने गराउने कार्यमा सहयोग पुर्‍याउन सबै मतदाता, उम्मेदवार, राजनीतिकर्मी, निर्वाचनमा संलग्न कर्मचारी, समाजसेवी, पत्रकार, विभिन्न पेशा तथा व्यवसायमा संलग्न व्यक्तिलगायत आम नागरिकलाई आयोगले आग्रह गरेको छ ।

यसैबीच निर्वाचन आयोगले मतदाता परिचयपत्र हराएमा वा नष्ट भएमा नागरिकताको प्रमाणपत्र, राष्ट्रिय परिचयपत्र, राहदानी, सवारीचालक अनुमतिपत्र वा सरकारी निकायबाट फोटोसहित जारी भएको अन्य परिचयपत्रको आधारमा निर्वाचक मण्डलको अन्तिम मतदाता नामावली विवरणसँग भिडाइ यकिन गरी मतदान गर्न पाउने व्यवस्था गरेको छ ।

प्रकाशित मिति : ७ माघ २०७६, मंगलबार  ६ : २१ बजे

चन्द्रागिरी केबलकार पुनः सञ्चालन (तस्बिरहरू)

काठमाडौं– जेनजी आन्दोलनका क्रममा भदौ २४ गते भएको तोडफोडपछि दुई

उत्तर कोरियाको चेतावनी : थप ‘आक्रामक कारबाही’ गर्ने घोषणा

सियोल– पछिल्लो ब्यालेस्टिक क्षेप्यास्त्र प्रक्षेपणपछि अमेरिकालगायत दक्षिण कोरियाले आलोचना गरेपछि

नेपालको जलवायु प्रतिबद्धता, साझा सहकार्य र तत्कालीन कार्यको आह्वान

काठमाडौं– नेपालले जलवायु परिवर्तनका सम्बन्धमा विश्वसामु साझा सहकार्य, जलवायु न्याय

कुर्सी र सत्ताको सिँढी नबनोस् जेन–जी आन्दोलन  

नेपाल अहिले राजनीतिक रूपमा संवेदनशील मोडमा छ । विगत केही

तनहुँमा दैनिक ४० वटा राहदानी वितरण

तनहुँ– जिल्ला प्रशासन कार्यालय तनहुँले शुक्रबारदेखि दैनिक ४० वटा राहदानीको