श्रीलंकाका राष्ट्रपतिले भने-युद्धमा बेपत्ता भएका २० हजार मानिसको मृत्यु | Khabarhub Khabarhub

श्रीलंकाका राष्ट्रपतिले भने-युद्धमा बेपत्ता भएका २० हजार मानिसको मृत्यु


७ माघ २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- श्रीलंकाका राष्ट्रपति गोटाबया राजापाक्षले पहिलोपकट देशमा चलेको गृहयुद्धको क्रममा बेपत्ता भएकाहरुका बारेमा औपचारिक रुपमा बोलेका छन् ।

गृहयुद्धमा बेपत्ता भएका २० हजार भन्दा बढी मानिसहरुको मृत्यु भएको राष्ट्रपति गोटाबया राजापाक्षले पहिलो पटक स्वीकार गरेका हुन् ।

राजधानी कोलम्बोमा संयुक्त राष्ट्रसंघका दूतहरुसँगको बैठकको क्रममा राष्ट्रपति राजापाक्षले बेपत्ताहरुको मृत्यु भएको बताएका हुन् ।

राष्ट्रपति कार्यालयबाट जारी गरिएको वक्तव्यमा हाल बेपत्ताको सूचिमा रहेकाहरुलाई मृत घोषित गरी उनीहरुको मृत्यु प्रमाणपत्र जारी गर्ने प्रक्रिया शुरु हुने जनाइएको छ ।

बेपत्ता मानिसका सयौँ परिवारहरुले आफ्ना प्रियजनको अवस्था र उनीहरु कहाँ छन् भन्ने थाहा पाउनु पर्ने माग गर्दै श्रीलंकामा र्‍याली गर्ने गरेका छन् ।

अधिकांशले आफ्ना प्रियजन अझै पनि जीवित नै छन् भन्ने आश गुमाएका छन्, तर उनीहरुको अवस्था औपचारिक रुपमा थाहा पाउनु पर्ने उनीहरुको माग छ ।

बेपत्ता अधिकांश सुरक्षाबलको नियन्त्रणमा रहेको र मृत्यु भएको भए पनि सुरक्षाबलकै कारण भएको बेपत्ता व्यक्तिका परिवारको आरोप छ । तर श्रीलंका सरकारले भने सो कुरा अस्वीकार गर्दै आएको छ ।

श्रीलंकामा २६ वर्षसम्म चलेको हिंसात्मक गृहयुद्ध सन् २००९ को मे मा सकिएको थियो । श्रीलंकन आर्मीले तत्कालीन बिद्रोही तमिल टाइगरलाई पराजित गरेको थियो । गृहयुद्धले श्रीलंकालाई जातिय विभाजनको अवस्थामा लगेको थियो ।

बुद्धिष्ट सिंघालीको बाहुल्यता र वर्चश्व रहेको सरकार तमिलको विपक्षमा थियो । तमिलहरु आफ्नो छुट्टै राज्य चाहन्थे । २६ वर्षसम्म चलेको युद्धको क्रममा एक लाख मानिसको मृत्यु भएको अनुमान छ । अझै २० हजार बेपत्ता छन् र अधिकांश तमिल हुन् ।

तमिल टाइगरलाई सेनाले पराजित गरेका बेला सन् २००९ मा रक्षा मन्त्री थिए अहिले राष्ट्रपति रहेका राजापाक्ष । उनले औपचारिक रुपमा बेपत्ता सबैको मृत्यु भएको बताउनुको अर्थ युद्धको क्रममा उनीहरु सुरक्षा फौजबाट मारिएका थिए भन्ने हो ।

प्रकाशित मिति : ७ माघ २०७६, मंगलबार  ९ : ४९ बजे

दोदा नदीमा डुबेर दुई जनाको मृत्यु

कञ्चनपुर– कञ्चनपुरको दोदा नदीमा नुहाउने क्रममा डुबेर दुईजनाको मृत्यु भएको

गण्डकीका मुख्यमन्त्रीले आज विश्वासको मत लिँदै

कास्की– गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले आज विश्वासको मत लिने

चार खेल अगावै ला लिगाको उपाधि रियल मड्रिडलाई

काठमाडौं– स्पेनिस ला लिगा फुटबलको उपाधि रियल म्याड्रिडले जितेको छ

पर्यटन प्रवर्द्धनका लागि तीन धार्मिकस्थललाई जोडिने

खोटाङ– कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले हलेसी–बराहक्षेत्र र पाथीभरालाई जोडेर

जनकपुर–जयनगर रेल सेवा तीन दिनका लागि बन्द

काठमाडौं– जनकपुर–जयनगर रेल सेव आजदेखि तीन दिनका लागि बन्द भएको