श्रीलंकाका राष्ट्रपतिले भने-युद्धमा बेपत्ता भएका २० हजार मानिसको मृत्यु « Khabarhub

श्रीलंकाका राष्ट्रपतिले भने-युद्धमा बेपत्ता भएका २० हजार मानिसको मृत्यु


७ माघ २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- श्रीलंकाका राष्ट्रपति गोटाबया राजापाक्षले पहिलोपकट देशमा चलेको गृहयुद्धको क्रममा बेपत्ता भएकाहरुका बारेमा औपचारिक रुपमा बोलेका छन् ।

गृहयुद्धमा बेपत्ता भएका २० हजार भन्दा बढी मानिसहरुको मृत्यु भएको राष्ट्रपति गोटाबया राजापाक्षले पहिलो पटक स्वीकार गरेका हुन् ।

राजधानी कोलम्बोमा संयुक्त राष्ट्रसंघका दूतहरुसँगको बैठकको क्रममा राष्ट्रपति राजापाक्षले बेपत्ताहरुको मृत्यु भएको बताएका हुन् ।

राष्ट्रपति कार्यालयबाट जारी गरिएको वक्तव्यमा हाल बेपत्ताको सूचिमा रहेकाहरुलाई मृत घोषित गरी उनीहरुको मृत्यु प्रमाणपत्र जारी गर्ने प्रक्रिया शुरु हुने जनाइएको छ ।

बेपत्ता मानिसका सयौँ परिवारहरुले आफ्ना प्रियजनको अवस्था र उनीहरु कहाँ छन् भन्ने थाहा पाउनु पर्ने माग गर्दै श्रीलंकामा र्‍याली गर्ने गरेका छन् ।

अधिकांशले आफ्ना प्रियजन अझै पनि जीवित नै छन् भन्ने आश गुमाएका छन्, तर उनीहरुको अवस्था औपचारिक रुपमा थाहा पाउनु पर्ने उनीहरुको माग छ ।

बेपत्ता अधिकांश सुरक्षाबलको नियन्त्रणमा रहेको र मृत्यु भएको भए पनि सुरक्षाबलकै कारण भएको बेपत्ता व्यक्तिका परिवारको आरोप छ । तर श्रीलंका सरकारले भने सो कुरा अस्वीकार गर्दै आएको छ ।

श्रीलंकामा २६ वर्षसम्म चलेको हिंसात्मक गृहयुद्ध सन् २००९ को मे मा सकिएको थियो । श्रीलंकन आर्मीले तत्कालीन बिद्रोही तमिल टाइगरलाई पराजित गरेको थियो । गृहयुद्धले श्रीलंकालाई जातिय विभाजनको अवस्थामा लगेको थियो ।

बुद्धिष्ट सिंघालीको बाहुल्यता र वर्चश्व रहेको सरकार तमिलको विपक्षमा थियो । तमिलहरु आफ्नो छुट्टै राज्य चाहन्थे । २६ वर्षसम्म चलेको युद्धको क्रममा एक लाख मानिसको मृत्यु भएको अनुमान छ । अझै २० हजार बेपत्ता छन् र अधिकांश तमिल हुन् ।

तमिल टाइगरलाई सेनाले पराजित गरेका बेला सन् २००९ मा रक्षा मन्त्री थिए अहिले राष्ट्रपति रहेका राजापाक्ष । उनले औपचारिक रुपमा बेपत्ता सबैको मृत्यु भएको बताउनुको अर्थ युद्धको क्रममा उनीहरु सुरक्षा फौजबाट मारिएका थिए भन्ने हो ।

प्रकाशित मिति : ७ माघ २०७६, मंगलबार  ९ : ४९ बजे

गोप्य सूचना चुहाउनेलाई कानुनी कठघरामा ल्याइन्छ : गृहमन्त्री

काठमाडौँ– गृहमन्त्री सुधन गुरुङले गोप्य सूचना चुहाउनेलाई कारबाही हुने बताएका

धनगढीमा चट्याङ लागेर सात जना घाइते

सुदूरपश्चिम– कैलालीको धनगढी उपमहानगरपालिका–१७ धुर्जन्नामा चट्याङको झिल्का लागेर सात जना

परराष्ट्रमन्त्री खनाल टुभालुमा, जलवायु परिवर्तनको अवसरबारे छलफल

काठमाडौँ– परराष्ट्रमन्त्री शिशिर खनालले संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तनसम्बन्धी संरचना महासन्धि

बिलबिजक बिनाका ६३ थान मोबाइलसहित दुई जना पक्राउ

चितवन– बिलबिजक बिना बिक्रीका लागि राखिएका ६३ थान मोबाइलसहित दुई

बेनी–जोमसोम–कोरला सडकको मर्मत जारी

म्याग्दी– पछिल्लो मनसुनजन्य विपद्पछि बाढी पहिरोका कारण क्षतविक्षत बनेको चीन