सभामुखका लागि आज उम्मेदवारी दर्ता, सापकोटाको मनोनयनमा नेम्वाङ प्रस्तावक « Khabarhub

सभामुखका लागि आज उम्मेदवारी दर्ता, सापकोटाको मनोनयनमा नेम्वाङ प्रस्तावक


७ माघ २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रतिनिधिसभाको सभामुख पदका लागि सार्वजनिक निर्वाचत कार्यतालिका अनुसार आज (मंगलबार) उम्मेदवारहरुको प्रस्ताव (मनोनयन) दर्ता हुँदै छ ।

संघीय संसद भवन नयाँ बानेश्वरको ल्होत्से हलमा बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म सभामुख पदका उम्मेदवारहरुको प्रस्ताव दर्ता हुन लागेको हो ।

मंगलबार नै सभामुख पदका लागि प्रस्ताव (मनोनय) दर्ता भएका उम्मेदवारको सूची पनि प्रकाशन गरिने छ ।

प्रतिनिधिसभाको सभामुख पदका लागि सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले अग्नि सापकोटालाई उम्मेदवार बनाउन निर्णय गरिसकेको छ ।

सापकोटाले अबको केही बेरमा सभामुख पदका लागि उम्मेदवार दर्ता गर्ने जनाइएको छ ।

सापकोटाले नेकपा संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङको प्रस्तावमा सभामुखका लागि उम्मेदवारी दर्ता गर्न लागेका हुन् ।

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले भने सभामुखमा उठाउने उम्मेदवारको टुंगो लगाएको छैन ।

कांग्रेसले नेकपासँग उपसभामुख पद आफूले पाउनु पर्ने माग अगाडि सारेको छ । नेकपाले उपसभामुखमा समर्थन नगर्ने संकेत गरेपछि मात्रै सभामुखका लागि उम्मेदवार उठाइने कांग्रेस नेताहरुको भनाइ छ ।

प्रकाशित मिति : ७ माघ २०७६, मंगलबार  ११ : ५१ बजे

बूढीगण्डकी बाढीका कारण अवरुद्ध सडक पाँच दिनपछि खुल्यो

गोरखा – बूढीगण्डकी बाढीका कारण अवरुद्ध रहेको बाटो आंशिक रूपमा

मुगुमा अन्तरजातीय विवाह गर्ने दुई जोडीलाई दुई लाख प्रोत्साहन

मुगु – छाँयानाथ रारा नगरपालिकाले जातीय विभेद् अन्त्य गर्दै सामाजिक

दाङमा दुई वटा मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु

दाङ – आज साँझ यहाँ दुई वटा मोटरसाइकल एकापसमा ठोक्किँदा

नारायणीमा बेपत्ता आमा छोराको खोजी जारी

चितवन – चितवनको भरतपुर महानगरपालिका–१ स्थित पशुपति मन्दिर पछाडि नारायणी

मुलुकको विकासका लागि सबै राजनीतिक शक्ति एक हुनुपर्छ : प्रचण्ड

काठमाडौं – नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक अध्यक्ष पुष्पकमल