दामनमा अचेत अवस्थामा फेला परेका ८ जना भारतीय पर्यटकको मृत्यु « Khabarhub

दामनमा अचेत अवस्थामा फेला परेका ८ जना भारतीय पर्यटकको मृत्यु


७ माघ २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– मकवानपुरको थाहा नगरपालिकाअन्तर्गत पर्ने दामनस्थित एभरेस्ट पानोरमा रिसोर्टमा अचेत अवस्थामा फेला परेका ८ जना भारतीय पर्यटकको उपचारका क्रममा मृत्यु भएको छ ।

मंगलबार बिहान अचेत अवस्थामा फेला परेका ४ पुरुष र ४ जना महिला भारतीय पर्यटकको उपचारका क्रममा काठमाडौंको धुम्बाराहीस्थित ह्याम्स अस्पतालमा मृत्यु भएको हो ।

मंगलबार बिहान अचेत अवस्थामा फेला परेपछि ८ जनालाई नै उपचारका लागि ह्याम्स अस्पताल पुर्‍याइएको थियो ।

५ र ३ जना गरी दुई पटकमा गरी हेलिकोप्टरमार्फत काठमाडौं ल्याइएका उनीहरुको ह्याम्स अस्पतालको आकस्मिक कक्षमा उपचार शुरु गरिएको थियो ।

उनीहरुको उपचारकै क्रममा मृत्यु भएको सूचना प्राप्त भएको महानगरीय प्रहरी परिसर काठमाडौंले जानकारी दिएको छ ।

उनीहरु पोखराबाट सोमबार साँझ दामनस्थित उक्त रिसोर्टमा बास बस्न आएका मकवानपुरको पालुङ इलाका प्रहरी कार्यालयले जनाएको छ । मृतकहरुको पहिचान भने खुल्न सकेको छैन ।

 

प्रकाशित मिति : ७ माघ २०७६, मंगलबार  १२ : २६ बजे

घमाइलो मौसममा रमाइलो दसैँ

काठमाडौँ– दसैँ आउन लाग्दा खोटाङकी सपना राईको मनमा एउटा चिन्ता

साउदी अरबमा नेपालीको मृत्यु भएको घटनाप्रति एमालेद्वारा दुःख व्यक्त

काठमाडौं – नेकपा (एमाले)ले साउदी अरबको सायबाह तेल क्षेत्रमा भएको

आदिनाथ मन्दिरमा एक महिने मेलाको तयारी

काठमाडौँ– काठमाडौँको दक्षिण भेगस्थित आदिनाथको मन्दिरमा आश्विन शुक्ल पूर्णिमादेखि कात्तिक

रासायनिक मलको विकल्पमा गड्यौले मल

वालिङ – कृषि प्रधान देश नेपालका कृषकले खेतीपाती गर्ने समयमा

पाकिस्तानका कप्तान फरहानले कर्णाली याक्सबाट एनपीएल खेल्ने

काठमाडौँ–  पाकिस्तान टी–२० टोलीका कप्तान साहिबजादा फरहानले तेस्रो संस्करणको नेपाल