दामनमा अचेत अवस्थामा फेला परेका ८ जना भारतीय पर्यटकको मृत्यु « Khabarhub

दामनमा अचेत अवस्थामा फेला परेका ८ जना भारतीय पर्यटकको मृत्यु


७ माघ २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– मकवानपुरको थाहा नगरपालिकाअन्तर्गत पर्ने दामनस्थित एभरेस्ट पानोरमा रिसोर्टमा अचेत अवस्थामा फेला परेका ८ जना भारतीय पर्यटकको उपचारका क्रममा मृत्यु भएको छ ।

मंगलबार बिहान अचेत अवस्थामा फेला परेका ४ पुरुष र ४ जना महिला भारतीय पर्यटकको उपचारका क्रममा काठमाडौंको धुम्बाराहीस्थित ह्याम्स अस्पतालमा मृत्यु भएको हो ।

मंगलबार बिहान अचेत अवस्थामा फेला परेपछि ८ जनालाई नै उपचारका लागि ह्याम्स अस्पताल पुर्‍याइएको थियो ।

५ र ३ जना गरी दुई पटकमा गरी हेलिकोप्टरमार्फत काठमाडौं ल्याइएका उनीहरुको ह्याम्स अस्पतालको आकस्मिक कक्षमा उपचार शुरु गरिएको थियो ।

उनीहरुको उपचारकै क्रममा मृत्यु भएको सूचना प्राप्त भएको महानगरीय प्रहरी परिसर काठमाडौंले जानकारी दिएको छ ।

उनीहरु पोखराबाट सोमबार साँझ दामनस्थित उक्त रिसोर्टमा बास बस्न आएका मकवानपुरको पालुङ इलाका प्रहरी कार्यालयले जनाएको छ । मृतकहरुको पहिचान भने खुल्न सकेको छैन ।

 

प्रकाशित मिति : ७ माघ २०७६, मंगलबार  १२ : २६ बजे

कांग्रेस सहमहामन्त्रीमा बहादुरसिंह लामा विजयी

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट आदिवासी जनजातितर्फ सहममन्त्रीमा बहादुर सिंह

नौ महिनामा थपिए ८० जना एचआइभी सङ्क्रमित

चितवन– चितवनमा गत नौ महिनामा ८० जना नयाँ एचआइभी एड्स

ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

मकवानपुर– मकवानपुरको हेटौँडा उपमहानगरपालिका–८ स्थित गुम्बाचोक नजिकै आज बिहान ट्रकको

सत्तामा मोदीको कीर्तिमानी कार्यकाल, भारतले के पायो, के गुमायो ?

दक्षिणी छिमेकी भारतका प्रधानमन्त्री नरेन्द्र मोदी सन् २००१ को अक्टोबरमा

भोजपुरमा कमेरोले घर पोत्ने चलन हराउँदै

भोजपुर– गाउँघरमा परम्परागत रूपमा माटो तथा कमेरोले घर पोत्ने चलन