जब शाहरुख खानसँग पैसा थिएन, झिंगा परेको लस्सी पनि पिए « Khabarhub

जब शाहरुख खानसँग पैसा थिएन, झिंगा परेको लस्सी पनि पिए


७ माघ २०७६, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

शाहरुख खानलाई दर्शकले ठूलो पर्दामा देख्न नपाएको एक वर्षभन्दा पनि बढी भयो । पछिल्लो समय उनी फिल्म ‘जिरो’ मा देखिएका थिए । त्यसपछि उनले कुनै फिल्म पनि साइन गरेका छैनन् ।

हालै शाहरुखले रियालिटी शो डान्स प्लसको शूटिङ गरे । सामाजिक सञ्जालमा शूटिङका तस्वीरहरु भाइरल भइरहेका छन् । उनले उक्त शोको झण्डै ६ घण्टा शूट गरेका थिए ।

यस क्रममा शाहरुखले कैयन् कुराको खुलासा गरेका छन् ।

मुम्बई मिररका अनुसार शाहरुखले आफ्नो पहिलो ताजमहल घुमफिरका बारेमा पनि बताए । उनले जीवनको पहिलो कमाइ ५० रुपैयाँ भएको पनि खुलाए ।

पहिलो कमाइपछि उनी ताजमहल घुम्न गए । उनको सबै पैसा रेलको टिकटमा खर्च भएको थियो । त्यतिबेला उनीसँग ५० रुपैयाँ थियो ।

केवल पिंक लस्सीका लागि उनीसँग पैसा बचेको थियो । शाहरुखले एक लस्सी किने तर उनको लस्सीमा झिंगा पर्‍यो । शाहरुखले उक्त लस्सी पनि पिए ।

त्यो लस्सी खाएपछि आफूलाई यात्राका क्रममा वान्ता भएको पनि उनले खुलाए ।

साथै शाहरुखले यो पनि बताए कि, आफू ९५ वर्षको हुँदा पनि छैंया छैंया गीतमा नाच्नेछन् । यो गीत शाहरुखको फिल्म ‘दिल’ मा समावेश छ । उनले यो गीत रेलको छतमा शूटिङ गरेका थिए । यो गीत शाहरुखका फिल्मको रुचाइएको गीतमध्ये एक हो ।

प्रकाशित मिति : ७ माघ २०७६, मंगलबार  १२ : ५३ बजे

सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती

कास्की – पोखराको प्रसिद्ध शक्तिपीठ विन्ध्यवासिनी मन्दिरमा बडादसैँको सप्तमीका अवसरमा

म्यान्मामा सैन्य हवाई आक्रमण, ११ सर्वसाधारणको मृत्यु

ढाका – म्यान्माको मध्यक्षेत्रमा पर्ने एक गाउँमा सेनाले गरेको हवाई

बागमती किनारमा दसैँको रौनक, लिङ्गे पिङमा रमाउँदै बालबालिका (तस्बिरहरू)

काठमाडाैं – कुपोण्डोलस्थित बागमती नदी किनारमा दसैँको उमङ्ग, लिङ्गे पिङ

अस्थायी मर्मतपछि दसैँमा सहज बन्दै बागलुङका सडक

बागलुङ – बाढीपहिरोले क्षति पुर्‍याएका बागलुङका राष्ट्रिय राजमार्गदेखि ग्रामीण सडकसम्म

करेन्ट लागेर महिलाको मृत्यु

ओखलढुङ्गा – ओखलढुङ्गाको चिशङ्खुगढी गाउँपालिका–१, कुमलटारमा करेन्ट लागेर ५४ वर्षीया