सभामुखमा अग्नि सापकोटाको एकल उम्मेदवारी | Khabarhub Khabarhub

सभामुखमा अग्नि सापकोटाको एकल उम्मेदवारी


७ माघ २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– संघीय संसदअन्तर्गत प्रतिनिधिसभाको सभामुख पदका लागि अग्निप्रसाद सापकोटाको एकल उम्मेदवारी  दर्ता भएको छ ।

सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को तर्फबाट सापकोटाको एक्लो उम्मेदवारी परेको हो ।

नेकपा संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङको प्रस्ताव तथा नेकपाका प्रमुख सचेतक देव गुरुङ, नेकपाकै सांसद एवम् पूर्व सभामुख ओनसरी घर्ती र राजपा नेपालका सांसद लक्ष्मणलाल कर्णको समर्थनमा सापकोटाले सभामुखको उम्मेदवारी दर्ता गरेका हुन् ।

प्रतिनिधिसभाको दोस्रो ठूलो तथा प्रमुख प्रतिपक्षी दलले भने सभामुखमा उम्मेदवारी दिएन । मंगलबार बसेको कांग्रेस संसदीय दलको बैठकले सभामुखमा उम्मेदवार नदिने निर्णय गरेको थियो ।

प्रतिनिधिसभाको दोस्रो ठूलो दल कांग्रेसले उम्मेदवार नउठाउने निर्णय गरेपछि सापकोटा निर्विरोध निर्वाचित हुने लगभग पक्का भएको छ ।

संघीय संसद सचिवालयले जारी गरेको निर्वाचन कार्यतालिकाअनुसार मंगलबार दिउँसो २ बजेसम्म मात्रै सभामुख पदका लागि उम्मेदवारी दर्ता गर्ने समय थियो ।

उम्मेदवार दर्ता गर्ने समय सकिएसँगै संसद सचिवालयले सभामुख पदका लागि दर्ता भएका उम्मेदवारको अन्तिम सूची प्रकाशन गरेको छ ।

प्रतिनिधिसभाको माघ १२ गते बस्ने बैठकमा सभामुख निर्वाचनका लागि उम्मेदवारहरुको प्रस्ताव निर्णयार्थ पेश गरिने छ ।

एउटा मात्रै उम्मेदावरी परेका कारण माघ १२ गते बस्ने प्रतिनिधिसभा बैठकले सापकोटालाई निर्विरोध निर्वाचित भएको घोषणा गर्ने छ ।

प्रकाशित मिति : ७ माघ २०७६, मंगलबार  ३ : १० बजे

बैतडीमा बँदेलका लागि थापिएको पासोमा चितुवा

बैतडी– बैतडीमा बदेलका लागि थापिएको पासोमा चितुवा फसेको छ। दशरथचन्द

आजका समाचार : ओलीको जन्मथलोमा माओवादीको स्मारक, संसद् बस्ने भएपछि जुटे सत्तारुढ र अछाममा किशोरीको हत्या झन्झन् रहस्यमय

सरकारले ल्याएका अध्यादेशप्रति कांग्रेसमा असन्तुष्टिसत्तारूढ नेपाली कांग्रेसका सांसदहरूले सरकारको सिफारिसमा

सरकारले जनपक्षीय काम गरिरहेको छ : मुख्यमन्त्री कँडेल

काँक्रेविहार – कर्णाली प्रदेशका मुख्यमन्त्री एवं नेपाल कम्युनिस्ट पार्टी (एमाले)

गोलबजार नगरपालिकाद्वारा अनलाइन भुक्तानी सेवा सुरु

सिरहा– गोलबजार नगरपालिकाले अनलाइन भुक्तानी सेवा (इएफटी) सुरु गरेको छ ।

‘आउँदो अधिवेशनबाट धेरै विधेयक पारित गर्न राजनीतिक प्रतिबद्धता आवश्यक’ 

काठमाडौं – सभामुख देवराज घिमिरेले सङ्घीय संसद्को आउँदो अधिवेशनबाट संविधान