धादिङ दुर्घटनामा मृत्यु हुनेको संख्या ७ पुग्यो, घाइते ११ जनालाई काठमाडौं ल्याइयो « Khabarhub

धादिङ दुर्घटनामा मृत्यु हुनेको संख्या ७ पुग्यो, घाइते ११ जनालाई काठमाडौं ल्याइयो


७ माघ २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– धादिङको मैदी भञ्ज्याङमा आज अपराह्न भएको मिनी ट्रक दुर्घटनामा ज्यान गुमाउनेको संख्या ७ पुगेको छ ।

दुर्घटनामा गम्भीर घाइते ११ जनालाई उपचारका लागि हेलिकोप्टरबाट काठमाडौं ल्याइएको छ । अन्य घाइतेको जिल्ला अस्पताल धादिङमा उपचार भइरहेको छ । सामान्य घाइते भएकाहरु उपचारपछि घर फर्किएका छन् ।

मंगलबार अपराह्न ग–१ ख ८०१२ नम्बरको मिनी ट्रक नीलकण्ठ नगरपालिका–८ मैदी भञ्ज्याङमा दुर्घटना भएको थियो ।

नीलकण्ठ नगरपालिका– १ भुलभुलेबाट ढोला मण्डलीमा पूजा गर्न गई फर्किने क्रममा उक्त ट्रक दुर्घटना भएको प्रहरीले जानकारी दिएको छ ।
ज्वालामुखी गाउँपालिकामा रहेको मण्डलीथान दर्शन गरेर फर्कंदै गरेका दर्शनार्थीहरू चढेको ग १ ख १२८० नम्बरको मिनिट्रक दुर्घटनामा परेको हो। मृत्यु हुनेहरूको सनाखत हुन बाँकी रहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : ७ माघ २०७६, मंगलबार  ७ : २१ बजे

म्याग्दीका उत्कृष्ट २० कृषक पुरस्कृत

म्याग्दी – म्याग्दीका उत्कृष्ट २० कृषकलाई पुरस्कृत गरिएको छ ।

सडक सुरक्षाप्रति लापरबाहीले दुर्घटना बढ्दो

सिरहा – सडक सुरक्षाप्रति पर्याप्त ध्यान नदिँदा सिरहामा सवारीसाधन दुर्घटना

विद्यमान राजनीतिक समस्या समाधान गर्न निर्वाचनको विकल्प छैन : प्रचण्ड

काठमाडौं–  नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुलुकमा विद्यमान

दोलखामा १३ सय ५० जना निर्वाचन प्रहरी माग, ९ सय मात्रैले दिए आवेदन

दोलखा- आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनको लागि निर्वाचन