सांसद मनाङेद्वारा एन्फा कास्कीका अध्यक्ष गुरुङमाथि कुटपिट « Khabarhub

सांसद मनाङेद्वारा एन्फा कास्कीका अध्यक्ष गुरुङमाथि कुटपिट


७ माघ २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– गण्डकी प्रदेशका सांसद राजीव गुरुङ ‘दीपक मनाङे’ले अखिल नेपाल फुटबल संघ (एन्फा)का कास्की अध्यक्ष मिलन गुरुङमाथि कुटपिट गरेका छन् ।

मुख्यमन्त्री कप फुटबल प्रतियोगिताको व्यवस्थापनप्रति असन्तुष्टि जनाउँदै उनले कुटपिट गरेको जनाइएको छ ।

प्रतियोगिता उद्घाटन गर्न आएका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङलाई स्वागत गर्ने तयारीमा रहेका अध्यक्ष गुरुङलाई मनाङेले झापड हानेका थिए ।

‘सांसद मनाङेले मनाङबाट आएका खेलाडीहरुले एक सातादेखि भत्ता दिनुपर्ने माग गरेका थिए । हामीले दिन सक्दैनौं भनेपछि हातपात गरे ।’, अध्यक्ष गुरुङले भने ।

खबरहबसँग कुरा गर्दै अध्यक्ष गुरुङले भने, ‘उहाँले म माथि जे जस्तो व्यवहार गरे पनि मैले सांसदको अपमान गर्न चाहिनँ । आज खेलको उद्घाटन भएकाले केही गरिनँ, अब कानूनी बाटो रोज्छु ।’

मनाङबाट खेल्न आएका खेलाडीलाई खान तथा बस्नको लागि पैसा दिनु त परको कुरा खेल्ने ग्राउण्डसमेत नदिएको आरोप लगाउँदै सांसद मनाङेले भने, ‘व्यवस्थापकलाई सम्झाउँदा समेत केही नलागेछि झापड हानेको हुँ ।’

मुख्यमन्त्री कप लेखनाथको भण्डारढिकमा मंगलबारदेखि शुरु भएको हो । मनाङको खेल बुधबार शुरु हुनेछ । प्रतियोगितामा मनाङबाट डाँफे युवा क्लबले सहभागिता जनाएको छ ।

प्रकाशित मिति : ७ माघ २०७६, मंगलबार  ७ : ३४ बजे

म्याग्दीका उत्कृष्ट २० कृषक पुरस्कृत

म्याग्दी – म्याग्दीका उत्कृष्ट २० कृषकलाई पुरस्कृत गरिएको छ ।

सडक सुरक्षाप्रति लापरबाहीले दुर्घटना बढ्दो

सिरहा – सडक सुरक्षाप्रति पर्याप्त ध्यान नदिँदा सिरहामा सवारीसाधन दुर्घटना

विद्यमान राजनीतिक समस्या समाधान गर्न निर्वाचनको विकल्प छैन : प्रचण्ड

काठमाडौं–  नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुलुकमा विद्यमान

दोलखामा १३ सय ५० जना निर्वाचन प्रहरी माग, ९ सय मात्रैले दिए आवेदन

दोलखा- आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनको लागि निर्वाचन