वन कार्यालयको रेलिङमा अल्झिएर घाइते अवस्थामा मृग फेला « Khabarhub

वन कार्यालयको रेलिङमा अल्झिएर घाइते अवस्थामा मृग फेला


७ माघ २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

रुकुम- रुकुम (पूर्व) को डिभिजन वन कार्यालयमै मृग भेटिएको छ । सिस्ने गाउँपालिका–५ को लाम्पाटास्थित डिभिजन वन कार्यालय बसेको घरको रेलिङमा अल्झिएको अवस्थामा दारे (भाले) मृग फेला परेको हो ।

घरको रेलिङमा टाउको अल्झिएर निस्कन नसकेको अवस्थामा मृग फेला पारिएको थियो । रेलिङमा टाउको अडिएको र निस्कन अनेक प्रयास गर्दा मृगको टाउकामा गहिरो चोट लागेको छ । मृगको मुखबाट रगत पनि बगिरहेको छ । टाउकोमा चोट लागेको मृगको उपचार चलिरहेकोे डिभिजन वन कार्यालय रुकुम (पूर्व)का डिभिजन वन अधिकृत बेसिन्द्रराज सुवेदीले बताए ।

चोट गहिरो भएका कारण सञ्चो नहुन्जेलसम्म मृगलाई सुरक्षित साथ कार्यालयमै राखेर उपचार गरिने पनि उनले जानकारी दिए ।

“मृगलाई बस्नका लागि फलामको सुरक्षित खोर बनाइएको छ, मृग पूर्णरुपमा स्वस्थ भयो भनेमात्र उसलाई जङ्गलमा लगेर छाड्छौँ”, उनले भने । मृगको उपचार गर्न र उसलाई निको हुन केही समय लाग्ने उनको भनाइ छ ।

आज बिहान बाटो हिँड्दा स्थानीयवासीले घरको रेलिङमा अल्झिएर मृग छट्पटाइरहेको देखेपछि वन कार्यालयका कर्मचारीलाई खबर गरेका थिए । रातिको समयमा घुम्दै बजार पसेको मृग भाग्ने क्रममा अँध्यारोमा रेलिङमा फसेको हुनसक्ने वन कार्यालयले जनाएको छ ।

प्रकाशित मिति : ७ माघ २०७६, मंगलबार  ८ : ५८ बजे

पत्रकारको सत्तामा पत्रकारिताको चीरहरण ! 

रुसमा एक जार शासक थिए । उनको नाम थियो– काउन्ट

मण्डनदेउपुरमा निःशुल्क आँखा शिविर

बनेपा– मण्डनदेउपुर नगरपालिका–९ लाकुरेधारमा सञ्चालित निःशुल्क आँखा शिविरबाट १५० जना लाभान्वित

नागढुङ्गा सुरुङमार्गमा सडक दस्तुर संकलन सुरु

काठमाडौँ– नागढुङ्गा सुरुङमार्ग प्रयोग गर्ने सवारीसाधनबाट आजदेखि सडक दस्तुर संकलन

इरानमा अझै एक–दुई लक्ष्यमा आक्रमण गर्न बाँकी छ : ट्रम्प

काठमाडौँ– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको अधिकांश सैन्य क्षमता ध्वस्त

राष्ट्रिय गौरवका सिँचाइ आयोजनाबाट नयाँ क्षेत्रमा सिँचाइ

काठमाडौँ– राष्ट्रिय गौरवका सिँचाइ आयोजनाहरूले नयाँ क्षेत्रमा सिँचाइ सुविधा पुर्याउन