चीनसँगका ६ नाका व्यवस्थित गरिने « Khabarhub

चीनसँगका ६ नाका व्यवस्थित गरिने


७ माघ २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सिन्धुली- उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले मरिणमा औद्योगिक क्षेत्रका विषयमा अध्ययन भएको र यसलाई निष्कर्षमा पुर्‍याइने बताएका छन् ।

मरिण गाउँपालिकामा सिन्धुली उद्योग वाणिज्य सङ्घ मरिणले आयोजना गरेको मरिण महोत्सवको आज उद्घाटन गर्दै मन्त्री भट्टले मरिणका फाँटले नेपालको राजधानीमा अन्न पुर्‍याएको थियो भन्दै आज मरिण खोलाले उर्वरा भूमि खाइरहेकाले चुरे तथा नदी नियन्त्रण गर्नतर्फ स्थानीय, प्रदेश र सङ्घीय सरकार अघि बढेको बताए ।

“हिजो हामी अन्न विदेश निर्यात गर्थे आज भारतबाट वार्षिक रु ३५ अर्बको चामल आयात हुन्छ, हिजो चामल निर्यात गरेर विभिन्न वस्तु आयात गर्ने नेपाल अहिले चामल आयात गरिरहेको छ, यस्तै गर्दा मुलुकमा व्यापार घाटा बढिरहेको छ”, उनले भने ।

देशका विभिन्न नाकाहरुलाई व्यवस्थित र आधुनिकीकरण गरिने तथा चीनसँग ६ वटा नाका व्यवस्थित गरिने, तातोपानी र केरुङलगायत नाकालाई अझ व्यवस्थित गर्दै दुई देशीय व्यापारलाई कसरी अघि बढाउन सक्छौँ भन्ने विषयमा सरकारले आवश्यक काम गरिरहेको मन्त्री भट्टले बताए ।

हालै नेपालका प्रधानमन्त्री केपी शर्मा ओली र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले विराटनगरमा ‘आइसिपी पोर्ट’को उद्घाटन गरेकाले नेपालका उत्पादित वस्तुहरु निर्यात गर्दै व्यापार घाटालाई कम गर्न सहयोग पुग्ने विश्वास व्यक्त गर्दै उनले उत्पादित वस्तुहरु सहजै तेस्रो मुलुकमा पठाउन सहज हुने बताए ।

आजदेखि शुरु भएको महोत्सव यही माघ १८ गतेसम्म सञ्चालन हुनेछ ।

प्रकाशित मिति : ७ माघ २०७६, मंगलबार  ३ : ०१ बजे

लागुऔषधसहित विभिन्न स्थानबाट १६ जना पक्राउ

काठमाडौं – प्रहरीले मुलुकका विभिन्न स्थानबाट अवैध लागुऔषधसहित १६ जनालाई

मनास्लु क्षेत्र पुगेका पर्यटक सुरक्षित, चुम उपत्यकाको पदयात्रा स्थगित

गोरखा – बूढीगण्डकी बाढीका कारण प्रभावित मनास्लु क्षेत्रको पदयात्रामा रहेका

बुढीगण्डकी बाढीले गोरखामा अवरुद्ध विद्युत जोड्ने कार्य तीव्र

गोरखा- ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयले बुढीगण्डकी तथा यसको सहायक

दाङमा टिप्परको ठक्करबाट बालकको मृत्यु

दाङ – टिपरको ठक्करबाट बालकको मृत्यु भएको छ । घोराही–लमही

चालु आर्थिक वर्षमा साढे ६७ करोडको धान खरिद गरिने

काठमाडौं । सरकारले चालु आर्थिक वर्षमा न्यूनतम समर्थन मूल्यमा १५