महाशिवरात्रिमा सवारी व्यवस्थापन : कुन ठाउँमा प्रवेश निषेध, कहाँ पार्किङको व्यवस्था ? « Khabarhub

महाशिवरात्रिमा सवारी व्यवस्थापन : कुन ठाउँमा प्रवेश निषेध, कहाँ पार्किङको व्यवस्था ?


९ फाल्गुन २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- महानगरीय ट्राफिक प्रहरी महाशाखाले महाशिवरात्रि पर्व केन्द्रित कार्ययोजना सहितको ट्राफिक व्यवस्थापनको तयारी पूरा गरेको  छ ।

महाशाखाले पशुपतिनाथ मन्दिरमा आउने भक्तजन एव दर्शनार्थीहरको सवारी आवागमनलाई सरल, सहज तथा व्यबस्थित बनाउनका लागी योजनाबद्ध तवरले ट्राफिक व्यवस्थापनको तयारी गरेको जनाएको हो ।

महाशाखाका प्रमुख प्रहरी बरिष्ठ उपरीक्षक भिम प्रसाद ढकालका अनुसार एयरपोर्ट हुदै पशुपति मन्दिर आउने विदेशी पर्यटक, २ पाङ्ग्रे र साना सवारी साधनको लागी तिलगंगा र वाइसिएल मार्ग, नक्साल कालोपुल हुदै आउनेलाई सिफल चौर र अमलकोट, पशुपति बिकास कोष र संस्थानका सवारी साधनकालाई देवउद्यानस्थित कोषको कार्यालय, पासबाहक, सुरक्षा निकाय तथा सरकारी सवारी साधनलाई महानगरीय प्रहरी वृत्त, गौशाला र बाग्मती कोरिडोर, जोरपाटीबाट चावहिल हुँदै आउने सवारी साधनलाई गुहेश्वरी पारी पार्किङको व्यवस्था मिलाइएको छ ।

महाशाखा प्रमुखले शिवरात्रि पर्वको अवधिभर भक्तजनहरुलाई सरल एवं सहज रुपमा आवागमनको व्यवस्था मिलाउनको लागी ५०० भन्दा बढि ट्राफिक प्रहरी परिचालन गरिएको र आवश्यकता अनुसार डाईभर्सन, पशुपति क्षेत्र भित्र सवारी निषेधि समेत गरिने जानकारी दिए ।

महाशाखाका प्रवक्ता प्रहरी उपरीक्षक जिवन कुमार श्रेष्ठले दर्शानार्थीको अत्याधिक चाप हुन गई गौशाला चोक हुदै चल्ने यातायात सेवा प्रभावित हुने देखिएमा यात्रुको सुविधालाई मध्येनजर गर्दै गौशाला क्षेत्र भइ चल्ने सवारी साधनलाई केही समयको लागी बैकल्पिक सडकको प्रयोग गर्न डाइभर्सन गरि आवागमनको व्यवस्था मिलाइने बताए ।

त्यसैगरी तिलगंगा, गौशाला, मित्रपार्क र चाबहिल भई चल्ने मालबाहक सवारी साधनहरुलाई भने तिनकुने, सिनामंगल, जोरपाटी नारायणटार, चुच्चेपाटी, सुकेधारा, नयाँबानेश्वर लगायतका स्थानहरुबाट गौशाला क्षेत्र प्रवेशमा रोक लगाई वैकल्पिक सडक प्रयोगको व्यबस्था मिलाइएको छ ।

एयरपोर्ट जाने पर्यटक तथा गौशाला क्षेत्र भई चल्ने सवारी साधनहरुको आवागमनमा केहि प्रभावित हुन सक्ने हुनाले गन्तव्यका लागि समयमै निस्कने, वैकल्पिक सडकको प्रयोग गर्ने र सडकको अवस्थाबारे मेट्रो ट्राफिक एफएमले समेत जानकारी दिने उनले बताए ।

प्रकाशित मिति : ९ फाल्गुन २०७६, शुक्रबार  ६ : ०९ बजे

आमिर खानका भाञ्जा इमरान खानलाई भारत छाड्न निर्देशन

काठमाडौं– बलिउड अभिनेता आमिर खानका भाञ्जा तथा अभिनेता इमरान खान

नागरिकले प्रहरीलाई आफ्नो संरक्षक अनुभूति गर्नुपर्छ : मुख्यमन्त्री थापा

बागमती– बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले नागरिकले प्रहरीलाई आफ्नो संरक्षकका

कांग्रेसको १५औँ महाधिवेशनको सबै मतगणना सम्पन्न

काठमाडौँ – नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि

काठमाडौं महानगरले भन्यो- सफाइ कर्मचारी दसैँ मनाउन गए, कात्तिक १, ३ र ४ गतेको फोहर घरैमा राख्नू

काठमाडौं– काठमाडौँ महानगरपालिकाले कात्तिक १, ३ र ४ गतेको फोहर

दूरसञ्चार प्राधिकरणको वार्षिक प्रतिवेदन सञ्चारमन्त्रीलाई हस्तान्तरण

काठमाडौँ– सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनालाई नेपाल दूरसञ्चार प्राधिकरणको