कर्णालीको पीडा, मान्छे हेरेर गाडी भाडा निर्धारण ! « Khabarhub

कर्णालीको पीडा, मान्छे हेरेर गाडी भाडा निर्धारण !


९ फाल्गुन २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

डोल्पा-सडक यातायात पुगेपछि सहजताका साथ यात्रा गर्ने सपना देखेका यहाँका नागरिक चर्को भाडा तिर्न परेपछि निराश भएका छन् ।

जोखिमपूर्ण यात्राका साथै व्यवसायीले मनोमानी भाडा असुल्दा विपन्न नागरिकलाई गाडी चढ्नै समस्या भएको छ ।

अधिकांश ग्रामीण सडकमा सञ्चालन हुने जिपले प्रतिकिलोमिटर ३८ रुपियाँसम्म भाडा लिने गरेको पाइएको छ ।

व्यवसायीले जाजरकोट–डोल्पा सडकको ७६ किलोमिटर दूरीमा पनि दुई हजार रुपियाँ भाडा लिने गरेको यात्रुको गुनासो छ । पैदल हिँड्दा एक दिनमा घरबाटै रोटी बोकेर बिनापैसै पुगिने ठाउँमा गाडी चढ्दा पन्ध्र सय तिर्न परेको नलगाड १३ का तेजबहादुर विकले दुःखेसो पोखे ।

जिल्लाका दुई दर्जनभन्दा बढी ग्रामीण क्षेत्रमा रहेका सडकमा यातायातका व्यवसायीले मनोमानी भाडा असुल्ने प्रवृत्ति बढिरहेको छ ।

अधिकांश सडकमा ठूला गाडी नचल्ने भएकाले जिपले यात्रु हेरेर भाडा लिँदा विपन्न नागरिकलाई गाडी चढ्नै समस्या भएको छ । स्थानीय प्रशासनले निर्धारण गरेको भाडाभन्दा तीन गुणासम्म भाडा असुल्न थालेपछि यात्रु मर्कामा परेका हुन् ।

जोखिमपूर्ण यात्रा, त्यसमा पनि महँगो भाडा लिँदा गाडी चढ्नै अप्ठ्यारो भएको कुशे–५ का स्थानीय हरिबहादुर सिंहको भनाइ छ । उनले स्थानीय प्रशासनले भाडादर कायम गरे पनि अनुगमन नगर्दा यातायात व्यवसायीको मनोमानी बढिरहेको गुनासो गरे । उनका अनुसार पाँच सिटे जिप (बोलेरो)ले १०÷१२ जना यात्रु बोक्दासमेत बाटोमा पर्ने प्रहरी चौकी मूकदर्शक बन्ने गरेका छन् ।

स्थानीय शिक्षक ईश्वरी आरसीका अनुसार ४० किलोमिटर दूरीको खलङ्गा–पैँक–छेडा सडकमा यातायात व्यवसायीले पन्ध्र सय रुपियाँ भाडा लिने गरेका छन् ।

यातायात व्यवसायीले खलङ्गा–खारा सडकमा छ सय, मनघाट–सुयाडामा पाँच सय, खलङ्गा–थलहमा छ सय र थलहबजार–छेडाबगर सडक खण्डमा एक हजार रुपियाँ भाडा असुल्ने गरेको स्थानीय यात्रुको गुनासो रहेको छ ।

उता ग्रामीण सडकमा सञ्चालन भएका यातायातका साधनले मनपरी भाडा उठाएको गुनासो आएकामा छिट्टै सरोकारवालाको बैठक बसेर समाधान गरिने प्रमुख जिल्ला अधिकारी जनकराज पन्तको भनाइ छ ।

प्रकाशित मिति : ९ फाल्गुन २०७६, शुक्रबार  ९ : ०० बजे

मनसुनजन्य विपद् अझै तर्सिरहन्छ टीकाभैरव

काठमाडौं– यतिबेला मौसम धुम्म छ । बेलाबेला आकाशबाट झमझम पानी परिरहेको

बीसौँ एसियाली खेलकुद : अफगानिस्तानमाथि नेपालको शानदार जित

काठमाडौं – जापानको आइची–नागोयामा जारी २०औँ एसियाली खेलकुद प्रतियोगिताअन्तर्गत पुरुष क्रिकेटमा

मनोहरा खोलाको बहाव बढेपछि गृहमन्त्री गुरुङ पुगे च्यासल

काठमाडौं– गृहमन्त्री सुधन गुरुङ बाढी आएपछिको अवस्था अवलोकनका लागि नेकपा

नेतन्याहूको भाषण बहिष्कार गर्दै विभिन्न देशका प्रतिनिधि बाहिरिएपछि…

न्युयोर्क- संयुक्त राष्ट्र महासभामा इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले सम्बोधन सुरु गर्नुअघि

एनएमबि बैंक र इसिमोडबीच दिगो विकासका लागि सहकार्य

काठमाडौं– एनएमबि बैंक लिमिटेड र अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकाश केन्द्रबीच