कर्णालीको पीडा, मान्छे हेरेर गाडी भाडा निर्धारण ! « Khabarhub

कर्णालीको पीडा, मान्छे हेरेर गाडी भाडा निर्धारण !


९ फाल्गुन २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

डोल्पा-सडक यातायात पुगेपछि सहजताका साथ यात्रा गर्ने सपना देखेका यहाँका नागरिक चर्को भाडा तिर्न परेपछि निराश भएका छन् ।

जोखिमपूर्ण यात्राका साथै व्यवसायीले मनोमानी भाडा असुल्दा विपन्न नागरिकलाई गाडी चढ्नै समस्या भएको छ ।

अधिकांश ग्रामीण सडकमा सञ्चालन हुने जिपले प्रतिकिलोमिटर ३८ रुपियाँसम्म भाडा लिने गरेको पाइएको छ ।

व्यवसायीले जाजरकोट–डोल्पा सडकको ७६ किलोमिटर दूरीमा पनि दुई हजार रुपियाँ भाडा लिने गरेको यात्रुको गुनासो छ । पैदल हिँड्दा एक दिनमा घरबाटै रोटी बोकेर बिनापैसै पुगिने ठाउँमा गाडी चढ्दा पन्ध्र सय तिर्न परेको नलगाड १३ का तेजबहादुर विकले दुःखेसो पोखे ।

जिल्लाका दुई दर्जनभन्दा बढी ग्रामीण क्षेत्रमा रहेका सडकमा यातायातका व्यवसायीले मनोमानी भाडा असुल्ने प्रवृत्ति बढिरहेको छ ।

अधिकांश सडकमा ठूला गाडी नचल्ने भएकाले जिपले यात्रु हेरेर भाडा लिँदा विपन्न नागरिकलाई गाडी चढ्नै समस्या भएको छ । स्थानीय प्रशासनले निर्धारण गरेको भाडाभन्दा तीन गुणासम्म भाडा असुल्न थालेपछि यात्रु मर्कामा परेका हुन् ।

जोखिमपूर्ण यात्रा, त्यसमा पनि महँगो भाडा लिँदा गाडी चढ्नै अप्ठ्यारो भएको कुशे–५ का स्थानीय हरिबहादुर सिंहको भनाइ छ । उनले स्थानीय प्रशासनले भाडादर कायम गरे पनि अनुगमन नगर्दा यातायात व्यवसायीको मनोमानी बढिरहेको गुनासो गरे । उनका अनुसार पाँच सिटे जिप (बोलेरो)ले १०÷१२ जना यात्रु बोक्दासमेत बाटोमा पर्ने प्रहरी चौकी मूकदर्शक बन्ने गरेका छन् ।

स्थानीय शिक्षक ईश्वरी आरसीका अनुसार ४० किलोमिटर दूरीको खलङ्गा–पैँक–छेडा सडकमा यातायात व्यवसायीले पन्ध्र सय रुपियाँ भाडा लिने गरेका छन् ।

यातायात व्यवसायीले खलङ्गा–खारा सडकमा छ सय, मनघाट–सुयाडामा पाँच सय, खलङ्गा–थलहमा छ सय र थलहबजार–छेडाबगर सडक खण्डमा एक हजार रुपियाँ भाडा असुल्ने गरेको स्थानीय यात्रुको गुनासो रहेको छ ।

उता ग्रामीण सडकमा सञ्चालन भएका यातायातका साधनले मनपरी भाडा उठाएको गुनासो आएकामा छिट्टै सरोकारवालाको बैठक बसेर समाधान गरिने प्रमुख जिल्ला अधिकारी जनकराज पन्तको भनाइ छ ।

प्रकाशित मिति : ९ फाल्गुन २०७६, शुक्रबार  ९ : ०० बजे

बागमती प्रदेशसभाको हिउँदे अधिवेशन तत्काल बोलाउन माग

मकवानपुर– बागमती प्रदेशसभाका विपक्षी दलहरूले तत्काल प्रदेशसभाको हिउँदे अधिवेशन बोलाउन

विश्वकपको पुरस्कार राशि बढ्यो : विश्व विजेताले कति रकम पाउँछ ?

काठमाडौं – विश्वकप फुटबलको पुरस्कार राशि बढेको छ। फिफाले अमेरिका,

एमाले महाधिवेशन : विद्युतीय मेसिनमा सुस्त मतदान, दुई हजार मत खस्यो

काठमाडौं – नेकपा (एमाले)को ११ औं महाधिवेशनको मतदान जारी छ

निर्वाचन ७७ दिन बाँकीः नागरिक शिक्षा प्रवर्द्धन स्रोत पुस्तिका सार्वजनिक

काठमाडौं – निर्वाचन आयोगले ‘निर्वाचन कार्यक्रमका लागि नागरिक शिक्षा प्रवर्द्धन

बिहीबारका लागि कुन विदेशी मुद्राको विनिमयदर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर