कर्णालीको पीडा, मान्छे हेरेर गाडी भाडा निर्धारण ! | Khabarhub Khabarhub

कर्णालीको पीडा, मान्छे हेरेर गाडी भाडा निर्धारण !


९ फाल्गुन २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

डोल्पा-सडक यातायात पुगेपछि सहजताका साथ यात्रा गर्ने सपना देखेका यहाँका नागरिक चर्को भाडा तिर्न परेपछि निराश भएका छन् ।

जोखिमपूर्ण यात्राका साथै व्यवसायीले मनोमानी भाडा असुल्दा विपन्न नागरिकलाई गाडी चढ्नै समस्या भएको छ ।

अधिकांश ग्रामीण सडकमा सञ्चालन हुने जिपले प्रतिकिलोमिटर ३८ रुपियाँसम्म भाडा लिने गरेको पाइएको छ ।

व्यवसायीले जाजरकोट–डोल्पा सडकको ७६ किलोमिटर दूरीमा पनि दुई हजार रुपियाँ भाडा लिने गरेको यात्रुको गुनासो छ । पैदल हिँड्दा एक दिनमा घरबाटै रोटी बोकेर बिनापैसै पुगिने ठाउँमा गाडी चढ्दा पन्ध्र सय तिर्न परेको नलगाड १३ का तेजबहादुर विकले दुःखेसो पोखे ।

जिल्लाका दुई दर्जनभन्दा बढी ग्रामीण क्षेत्रमा रहेका सडकमा यातायातका व्यवसायीले मनोमानी भाडा असुल्ने प्रवृत्ति बढिरहेको छ ।

अधिकांश सडकमा ठूला गाडी नचल्ने भएकाले जिपले यात्रु हेरेर भाडा लिँदा विपन्न नागरिकलाई गाडी चढ्नै समस्या भएको छ । स्थानीय प्रशासनले निर्धारण गरेको भाडाभन्दा तीन गुणासम्म भाडा असुल्न थालेपछि यात्रु मर्कामा परेका हुन् ।

जोखिमपूर्ण यात्रा, त्यसमा पनि महँगो भाडा लिँदा गाडी चढ्नै अप्ठ्यारो भएको कुशे–५ का स्थानीय हरिबहादुर सिंहको भनाइ छ । उनले स्थानीय प्रशासनले भाडादर कायम गरे पनि अनुगमन नगर्दा यातायात व्यवसायीको मनोमानी बढिरहेको गुनासो गरे । उनका अनुसार पाँच सिटे जिप (बोलेरो)ले १०÷१२ जना यात्रु बोक्दासमेत बाटोमा पर्ने प्रहरी चौकी मूकदर्शक बन्ने गरेका छन् ।

स्थानीय शिक्षक ईश्वरी आरसीका अनुसार ४० किलोमिटर दूरीको खलङ्गा–पैँक–छेडा सडकमा यातायात व्यवसायीले पन्ध्र सय रुपियाँ भाडा लिने गरेका छन् ।

यातायात व्यवसायीले खलङ्गा–खारा सडकमा छ सय, मनघाट–सुयाडामा पाँच सय, खलङ्गा–थलहमा छ सय र थलहबजार–छेडाबगर सडक खण्डमा एक हजार रुपियाँ भाडा असुल्ने गरेको स्थानीय यात्रुको गुनासो रहेको छ ।

उता ग्रामीण सडकमा सञ्चालन भएका यातायातका साधनले मनपरी भाडा उठाएको गुनासो आएकामा छिट्टै सरोकारवालाको बैठक बसेर समाधान गरिने प्रमुख जिल्ला अधिकारी जनकराज पन्तको भनाइ छ ।

प्रकाशित मिति : ९ फाल्गुन २०७६, शुक्रबार  ९ : ०० बजे

संघीयता तथा संविधान कार्यान्वयनका लागि कानुन निर्माण उच्च प्राथमिकतामा : कानुनमन्त्री गुरुङ

काठमाडौं- कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले संघीयता तथा

जिरीमा रुखले किचेर एक महिलाको मृत्यु 

दोलखा– दोलखाको जिरी नगरपालिका वडा नम्बर-९ ठुलोपातल लहरेमानेमा एक महिलाको

केपी ओली कप फुटबल प्रतियोगितामा केपी ओली फुटबल क्लबको विजयी सुरुवात

काठमाडौं- आयोजक केपी ओली फुटबल क्लब (केपीएफसी)ले दोस्रो केपी ओली

प्रवासी कांग्रेसको प्रश्न– विदेशी नागरिकता लिनेलाई किन नहटाएको ?

कांग्रेस महासमिति बैठकका लागि विदेश जनसम्पर्क समितिबाट  आएका प्रतिनिधिहरूले आफूहरूलाई

अनुप बराल : मृत रंगमञ्च बचाउने सञ्जीवनी

काठमाडौं– नेपाली सिनेमा र रंगमञ्चमा अनुप बराललाई चिन्न कुनै विशेषणको