शिवरात्रिको शुभकामना दिँदा पनि बाँस्काटोलाई ७० करोडको प्रश्न ! « Khabarhub

शिवरात्रिको शुभकामना दिँदा पनि बाँस्काटोलाई ७० करोडको प्रश्न !


९ फाल्गुन २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सुरक्षण मुद्रण (सेक्युरिटी प्रेस) स्थापनाका लागि ठेकेदारसँग कमिसन मागेको प्रकरणमा राजीनामा दिएका निर्वतमान सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटाले महाशिवरात्रिको अवसरमा शुभकामना व्यक्त गरेका छन् ।

माइक्रो ब्लगिङ साइट ट्वीटरमार्फत बाँस्कोटाले शिवरात्रिको शुभकामना व्यक्त गरेका हुन् ।

बाँस्कोटाले ट्वीटरमा लेखेका छन्– ‘प्रत्येक वर्ष फागुन चतुर्दशीका दिन मनाइने महाशिवरात्रि पर्वको अवसरमा सबै हिन्दू धर्मावलम्बीहरुमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु ।’

बाँस्कोटाले शिवरात्रिको अवसरमा जारी गरेको सन्देशमा पनि सामाजिक सञ्जाल प्रयोगकर्ताहरुले भने उनी मुछिएको कमिसन (भ्रष्टाचार काण्ड)बारे प्रश्नहरु तेस्र्याएका छन् ।

उनको ट्वीटमा रिप्लाइ गर्ने अधिकांश प्रयोगकर्ताहरुले कमिसन काण्डबारे व्यंग गरेका छन् ।

सेक्युरिटी प्रेस स्थापनाका लागि ठेक्का सम्झौता गर्न स्वीस कम्पनीका नेपाली एजेन्टसँग कमिसनको डिल गर्दै गरेको अडियो सार्वजनिक भएपछि बाँस्कोटाले बिहीबार पदबाट राजीनामा दिएका थिए ।


प्रकाशित मिति : ९ फाल्गुन २०७६, शुक्रबार  ११ : ५४ बजे

महाअष्टमीमा सुदूरपश्चिमकै प्रसिद्ध उग्रतारा भगवती मन्दिरमा भक्तजनको घुइँचो

डडेलधुरा – महाअष्टमी पर्वका अवसरमा सुदूरपश्चिमकै प्रसिद्ध धार्मिक शक्तिपीठ उग्रतारा

चङ्गा : अन्तर्राष्ट्रिय खेल पर्यटनदेखि दसैँको उत्सवसम्म

दसैँको सिजन आउँदा सहरका घरका छतहरूबाट चङ्गा उडाउने दृष्य अब

कञ्चनपुरको गड्डाचौकीमा ‘अल्फा’ र ‘डेल्टा’ को ड्युटी: सीमापार अपराध रोक्न कडा सुरक्षा कडाइ

महेन्द्रनगर – नेपाल-भारत सीमावर्ती क्षेत्रमा हुनसक्ने आपराधिक गतिविधि, लागूऔषध ओसारपसार

दसैँको मुखमा नुवाकोटवासीलाई राहत, ढुङ्गे र त्रिशूली बजार जोड्ने झोलुङ्गे पुल सञ्चालन

नुवाकोट – गत भदौ १० गते भोटेकोशीको बाढीले नुवाकोटको विदुर

१२ शय्याबाट सुरु भएको यात्रा: करोडौँको दृष्टि परीक्षण र लाखौँ शल्यक्रिया

काठमाडौँ – कुनै समय पूर्वी नेपालका नागरिकलाई आँखामा सामान्य समस्या