शिवरात्रिको शुभकामना दिँदा पनि बाँस्काटोलाई ७० करोडको प्रश्न ! « Khabarhub

शिवरात्रिको शुभकामना दिँदा पनि बाँस्काटोलाई ७० करोडको प्रश्न !


९ फाल्गुन २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सुरक्षण मुद्रण (सेक्युरिटी प्रेस) स्थापनाका लागि ठेकेदारसँग कमिसन मागेको प्रकरणमा राजीनामा दिएका निर्वतमान सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटाले महाशिवरात्रिको अवसरमा शुभकामना व्यक्त गरेका छन् ।

माइक्रो ब्लगिङ साइट ट्वीटरमार्फत बाँस्कोटाले शिवरात्रिको शुभकामना व्यक्त गरेका हुन् ।

बाँस्कोटाले ट्वीटरमा लेखेका छन्– ‘प्रत्येक वर्ष फागुन चतुर्दशीका दिन मनाइने महाशिवरात्रि पर्वको अवसरमा सबै हिन्दू धर्मावलम्बीहरुमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु ।’

बाँस्कोटाले शिवरात्रिको अवसरमा जारी गरेको सन्देशमा पनि सामाजिक सञ्जाल प्रयोगकर्ताहरुले भने उनी मुछिएको कमिसन (भ्रष्टाचार काण्ड)बारे प्रश्नहरु तेस्र्याएका छन् ।

उनको ट्वीटमा रिप्लाइ गर्ने अधिकांश प्रयोगकर्ताहरुले कमिसन काण्डबारे व्यंग गरेका छन् ।

सेक्युरिटी प्रेस स्थापनाका लागि ठेक्का सम्झौता गर्न स्वीस कम्पनीका नेपाली एजेन्टसँग कमिसनको डिल गर्दै गरेको अडियो सार्वजनिक भएपछि बाँस्कोटाले बिहीबार पदबाट राजीनामा दिएका थिए ।


प्रकाशित मिति : ९ फाल्गुन २०७६, शुक्रबार  ११ : ५४ बजे

राष्ट्रिय गौरवका सिँचाइ आयोजनाबाट नयाँ क्षेत्रमा सिँचाइ

काठमाडौँ– राष्ट्रिय गौरवका सिँचाइ आयोजनाहरूले नयाँ क्षेत्रमा सिँचाइ सुविधा पुर्याउन

सरकारी भवन निर्माणका क्रममा पहिरो खस्दा स्थानीयका घर जोखिममा (तस्बिर)

कालिकोट– कालिकोटको खाँडाचक्र नगरपालिकाको प्रशासकीय भवन निर्माणका क्रममा खसेको पहिरोले

धान फल्ने खेतमा फूलखेती

झापा– धानका बाला झुल्ने खेतमा अहिले सयपत्रीका फूल ढकमक्क फुलेको

महाकाली सिँचाइ आयोजना : संरचना बने पनि नहरमा पानी आएन

कञ्चनपुर– महाकाली सिँचाइ आयोजना तेस्रो चरणबाट पाँच हजार हेक्टर क्षेत्रफलमा

मुस्ताङ भन्सारबाट ११ अर्ब ४५ करोड राजस्व संकलन

मुस्ताङ– नेपाल–चीन उत्तरी कोरलानाकास्थित मुस्ताङ भन्सार कार्यालयले चालु आर्थिक वर्षको