आजदेखि सुरक्षाको ‘आमा’ र धुर्मुसको ‘सेन्टीभाइरस’ हलमा « Khabarhub

आजदेखि सुरक्षाको ‘आमा’ र धुर्मुसको ‘सेन्टीभाइरस’ हलमा


९ फाल्गुन २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आज शुक्रवारदेखि नेपालमा फिल्म हलमा धुर्मुस सुन्तलीको ‘सेन्टीभाइरस’ र सुरक्षा पन्तको ‘आमा’ प्रदर्शनमा आएका छन् ।

रिलिजअघि दुवै फिल्मले राम्रो चर्चा कमाएका थिए । सिङ्गल थिएटरमा धुर्मुस सुन्तलीको ‘सेन्टीभाइरस’ ले ओपनिङ दर्शक पाएको छ ।

मल्टिप्लेक्समा भने दुवै फिल्मले बराबरजस्तै शो पाएका छन् ।

रामबाबु गुरुङले निर्देशन गरेको फिल्म ‘सेन्टीभाइरस’ मा सीताराम कट्टेल, कुञ्जना घिमिरे, विल्सन विक्रम राई, सन्दीप क्षेत्री, राजाराम पौडेल, बुद्धि तामाङ लगायतका कलाकारको शीर्ष भूमिका रहेको छ ।

यो फिल्मलाई कमेडी जानरामा निर्माण गरिएको छ । फिल्मको ५० प्रतिशत कमाइ चितवनमा निर्माण भइरहेको गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा सहयोग गरिने बताइएको छ ।

यस्तै आजैबाट प्रदर्शनमा आएको फिल्म ‘आमा’ मा मिथिला शर्मा र सुरक्षा पन्तको शीर्ष भूमिका छ । फिल्मको निर्देशन दीपेन्द्र के खनालले गरेका हुन् भने कथा र छायांकन पनि उनकै छ ।

आमाको सम्बन्ध र ममता देखाइएको यो फिल्मले मानवीय संवेदनालाई छुने प्रयास गरेको छ । फरक खालका फिल्म मन पराउने दर्शकले यो फिल्म रुचाउने अपेक्षा गरिएको छ ।

प्रकाशित मिति : ९ फाल्गुन २०७६, शुक्रबार  १२ : २७ बजे

तीन तला माथिबाट खस्दा पाँच वर्षीया बालिकाको मृत्यु

बिर्तामोड– झापामा घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु

अष्ट्रेलियाकी विदेशमन्त्रीद्वारा प्रधानमन्त्री बालेन्द्र शाहलाई बधाई

 काठमाडौं– अष्ट्रेलियाले नेपालका प्रधानमन्त्री बालेन्द्र शाहलाई पदभार सम्हालेकोमा बधाई दिएको

रवि–ज्ञानेन्द्रबीच भेट, उपसभामुखमा सहकार्यको संकेत

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रासपा) का सभापति रवि लामिछाने र

लेबनान द्वन्द्वको असर, संयुक्त राष्ट्र क्षेत्रका कर्मचारी जोखिममा

एजेन्सी– लेबनानको दक्षिणी क्षेत्रमा शुक्रबार भएको विस्फोटमा इन्डोनेसियाका तीन कर्मचारी

अफगानिस्तानमा ५.८ म्याग्निच्युडको भूकम्प : ८ जनाको मृत्यु

एजेन्सी– अफगानिस्तानमा शुक्रबार साँझ ५.८ म्याग्निच्युडको भूकम्प गएको छ ।