‘सेन्टीभाइरस’ हेर्न हलमा उर्लिए दर्शक, भने – धुर्मुस सुन्तली हाई हाई ! « Khabarhub

‘सेन्टीभाइरस’ हेर्न हलमा उर्लिए दर्शक, भने – धुर्मुस सुन्तली हाई हाई !


९ फाल्गुन २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आज (शुक्रवार) देखि प्रदर्शनमा आएको फिल्म ‘सेन्टीभाइरस’ मा दर्शकको क्रेज देखिएको छ । महाशिवरात्रिको अवसर पारेर रिलिज भएको यो फिल्म हेर्न हलमा दर्शकको बाक्लो उपस्थिति देखियो ।

राजधानीका सिङ्गल थिएटरमा दर्शकको उल्लेख्य सहभागिता थियो । यो हिसाबले हेर्दा भोलि शनिवार अझै क्रेज देखिने बलियो सम्भावना देखिएको छ ।

फिल्मकी नायिका कुञ्जना घिमिरेले यो फिल्मको प्रतिक्रियाले एकदमै खुशी भएको बताइन् । उनले भनिन्, ‘दर्शकको साथ पाउँछौं, निकै खुशी लागेको छ ।’

दर्शकको भीडलाई सम्बोधन गर्दै सीताराम कट्टेल (धुर्मुस) ले दर्शकले धुर्मुसको क्यारिकेचर गरेर हँसाएका थिए । हलबाहिर उपस्थित दर्शकले ‘धुर्मुस सुन्तली हाई हाई’ भन्दै नारासमेत लगाएका थिए ।

‘चलचित्रप्रति देखिएको यो मायाले म भावुक भएको छु, हलमा हुँदा यति दर्शक हुनुहुन्छ भन्ने सोचेको पनि थिइनँ,’ धुर्मुसले भने ।

रामबाबु गुरुङले निर्देशन गरेको फिल्म ‘सेन्टीभाइरस’ मा सीताराम र कुञ्जनाका अलावा, सन्दीप क्षेत्री, दयाहाङ राई, बुद्धि तामाङ, विल्सन विक्रम राई, राजाराम पौडेल लगायतका कलाकारको अभिनय छ ।

फिल्मको कथा कुमार कट्टेल र दीपक आचार्यले तयार पारेका हुन् । यस्तै फिल्ममा डिन्डु लामा ल्योह्मोको लगानी रहेको छ ।

प्रकाशित मिति : ९ फाल्गुन २०७६, शुक्रबार  २ : ०६ बजे

अटो दुर्घटना हुँदा एक जनाको मृत्यु, सात घाइते

नवलपुर (नवलपरासी)- नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को कावासोती नगरपालिका–६ माझटोलस्थित भित्री सडकखण्डमा अटो

मङ्गलका चन्द्रमाबाट नमूना ल्याउन जापानको मिसन

टोकियो- मङ्गल ग्रहका चन्द्रमामध्ये फोबोसबाट नमूना सङ्कलन गरी पृथ्वीमा फर्काउने

देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा नौ जनाको मृत्यु

काठमाडौं- देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा नौ जनाको मृत्यु

घोडा दौड प्रतियोगितामा न्यौपाने प्रथम

जुम्ला- घोडा संरक्षण गर्ने उद्देश्यले आयोजित घोडा दौड प्रतियोगितामा छापेद्र

‘चौथो उपाध्यक्ष कप भलिबल प्रयोगिता’को उपाधि रतचुरालाई

काठमाडौँ- विजयादशमी २०८३ को अवसर पारेर सिन्धुलीको गोलञ्जोर गाउँपालिकाले आयोजना