एनसेलद्वारा नगद पुरस्कार हस्तान्तरण « Khabarhub

एनसेलद्वारा नगद पुरस्कार हस्तान्तरण


९ फाल्गुन २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – एनसेल प्राईभेट लिमिटेडले आफ्नो ‘रिचार्जमा चमत्कार’ योजना अन्तर्गत बिहीबार मासिक र साप्ताहिक विजेता ग्राहकहरुलाई नगद पुरस्कार हस्तान्तरण गरेको छ ।

ईलामकी गंगा माया राई र रुपन्देहीका टीकाराम बलाल मगरले भाग्यशाली ग्राकह बन्दै जनही १० लाख जितेका छन् ।

आफ्नो कष्टमर लोयल्टी कार्यक्रम अन्तर्गत एनसेलले यो योजना मंसिर १, २०७६ देखि तीन महिना संचालन गरेको थियो ।

राई यस योजना अन्तर्गत दोस्रो महिनाको भाग्यशाली मासिक विजेता हुन् भने मगरले तेस्रो महिनाको मासिक विजेता बन्दै १० लाख जितेका हुन् । यस योजना अन्तर्गत हरेक योग्य ग्राहकले प्रत्येक हप्ता २ लाख नगद र प्रत्येक महिना १० लाख नगद जित्ने मौका पाएका थिए ।

बिहीबार तीन भाग्यशाली साप्ताहिक विजेता ग्राहकहरुले पनि जनही २ लाख पुरस्कार ग्राहण गरेको छन् । योजनाको ११ औं हप्ता अन्तर्गत कैलालीका किरेम चौधरी र सुनसरीकी कृतिशा उराँवले जनही २ लाख जिते भने १२ औं हप्ता अन्तर्गत बाराका अरमान देवानले २ लाख जितेका छन् ।कलाकार जितु नेपाल र सन्ध्या के सी ले बिहीबार एक कार्यक्रममाझ मासिक र साप्ताहिक विजयी ग्राहक लाई नगद हस्तान्तरण गरेका थिए ।

यस योजना अन्तर्गत ६० भाग्यमानी साप्ताहिक विजेता ग्राहक मध्ये, ३४ जना ग्राहकहरुले आफ्ना नगद पुरस्कार ग्रहण गरिसकेका छन् भने बाँकी ग्राहकहरु प्रमाणिकरण प्रक्रियामा रहेका छन् ।

यस अघि पुष १६ मा सिराहाका जितेन्द्र कुमार कामतीले यस योजना अन्तर्गत पहिलो मासिक विजेता बनि नगद पुरस्कार १० लाख ग्रहण गरिसकेका छन् ।

एनसेलका प्रिपेड र पोष्टपेड सेवाका सबै ग्राहकहरुले हप्तामा १०० वा यस भन्दा बढिको रिचार्ज गरी साप्ताहिक वा मासिक नगद पुरस्कार जित्नका लागि योग्य हुने यो योजना आइतबार देखि शनिबारको साप्ताहिक चक्रमा संचालनमा रहेको थियो ।

योजनाको प्रत्येक चार हप्ताको समापनसँगै त्यस महिनाको एक भाग्यशाली ग्राहकको पनि घोषणा गरिने व्यवस्था रहेको थियो ।

प्रकाशित मिति : ९ फाल्गुन २०७६, शुक्रबार  १ : २९ बजे

भोटखोलास्थित सीमा स्तम्भ निरीक्षण

किमाथांका – सङ्खुवासभाको जिल्लाको उत्तरी क्षेत्र भोटखोला गाउँपालिका–१, किमाथांका नाकास्थित

सुदूरपश्चिम प्रदेशसभा : दलित सशक्तीकरण विधेयकमाथि छलफल

सुदूरपश्चिम– सुदूरपश्चिम प्रदेशसभाको आजको बैठकमा ‘दलित सशक्तीकरण ऐन २०७८ लाई

गगन–विश्वले पुस २७ र २८ मा विशेष महाधिवेशन गर्दै

काठमाडौं– नेपाली कांग्रेशका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले यही

सेतो मच्छिन्द्रनाथको मूर्तिमा रंगरोगन गरिँदै (तस्बिरहरू)

काठमाडौं– आइतबार सम्पन्न पवित्र स्नानपछि सेतो मच्छिन्द्रनाथ (अवलोकितेश्वर/करुणामय) को मूर्तिमा

रास्वपासँग राजनीतिक सहमति गर्ने पक्षमा जेन-जी फ्रन्ट र काउन्सिल, अलायन्स भने सडकतिर

काठमाडौं- सोमबार राति काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह, राष्ट्रिय स्वतन्त्र