किन गरिन्छ शिवलिंगको पूजा ? « Khabarhub

किन गरिन्छ शिवलिंगको पूजा ?


९ फाल्गुन २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


6
Shares
  • change font
  • change font
  • change font

आज शिवरात्रि । हिन्दू धर्मावलम्बीहरुले विशेष पर्वको रुपमा आजको दिनलाई मनाउने गरेका छन् ।

शिव मन्दीरहरुमा आज दर्शनार्थीको बाक्लो उपस्थित हुने गरेका छन् । शिवको पूजा विशेषगरि शिव लिंगमा हुन्छ । अन्य देविदेवताको जस्तो मुर्ति पूजन शिवको कम हुने गरेको छ ।

हिन्दु धर्मवालम्बीहरुका लागि शिवलिंगको विशेष महत्व छ । शिवलिंग भनेको भगवान शंकरको प्रतिक मानिन्छ । धर्मसास्त्रका अनुसार लिंग भनेको शक्ति हो । त्यसैले उत्पादक शक्तिको चिन्हको रुपमा लिंगको पूजा गर्ने गरिन्छ ।

लिंगको पूजा गर्नाले सबैको पूजा हुन्छ भन्ने विश्वास राखिन्छ । शिवलिंगमा योनिलाई मात्री शक्तिको प्रतीक मानिन्छ । शिवलिंगले पूरा ब्रह्माण्ड पुरुष र महिलाको ऊर्जाले बनेको हो भन्ने इंगित गर्दछ ।

लिंग पूजा गर्नुका केही कारण यस्ता छन्

शिवलिंग मान्यताको अनुसार, लिंग एउटा बिशाल लौकिक अन्डाशय हो जसको अर्थ पूरै ब्रह्माण्डको प्रतीक हो ।

शिवलिंग र त्रिमूर्ति– त्रिमूर्तिको मतलब हो ब्रह्मा, विष्णु र महेश यसलाई अझ राम्रोसँग जान्ने हो भने यी तीनले सत्य, ज्ञान र अनन्तलाई दर्शाउँछन् ।

शिवलिंगका बारेमा दुई एक पटक ब्रह्माजी र विष्णुजीबीच विवाद उत्पन्न भयो । ब्रह्माजीले सृष्टिकर्ता भएको कारणले श्रेष्ठ भएको दावी गरे र विष्णुले सृष्टिको पालनकर्ता भएको कारणले आफू श्रेष्ठ भएको दावी गरे । त्यसपछि त्यहाँ एक विशाल लिंग उपस्थिति भयो र दुवै देवतामा सहमतिले यो निश्चय गरियो कि जसले यो लिङ्गको समाप्ती बारे पहिला पत्ता लगाउछ त्यो नै श्रेष्ठ हुनेछ । दुवै जना विपरित दिशामा शिवलिंगको समाप्ति खोज्न निक्लिए । तर उनीहरुलाई कुनै समाप्ति मिलेन यसले उनीहरुमा यो ज्ञात हुन्छ कि शिवलिंग नै अनन्तकाल हुन् ।

शिवलिंगको उत्पत्ति यसको कुनै रंग हुँदैन । यो जुन रंगको सम्पर्कमा आउँछ त्यही रंगको हुन्छ । शिवलिंगको पूजा ध्यान साधनाको लागि हो र यसलाई निर्गुण ब्रह्मा पनि भनिन्छ ।

प्रकाशित मिति : ९ फाल्गुन २०७६, शुक्रबार  ३ : ५९ बजे

अर्थमन्त्री वाग्ले भारत भ्रमण सकेर स्वदेश फर्किए

काठमाडौं – अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीनदिने भारत भ्रमण सकेर

मध्यावधि चुनावअघि ट्रम्पले सार्वजनिक गरे २५ ‘शीर्ष उपलब्धि’

वासिङटन – राष्ट्रपति डोनाल्ड ट्रम्पले शरणार्थी भर्ना पूर्ण रूपमा रोकेको

कोरला नाकाबाट भित्रिन थाले भेडाच्याङ्ग्रा

मुस्ताङ – नेपाल–चीन उत्तरी कोरला नाकाबाट पहिलो पटक भेडाच्याङ्ग्रा भित्रन

देवानगञ्ज घटनाबारे प्रहरीको आग्रह – यथार्थ बुझेर मात्र समाचार सम्प्रेषण गर्नू

इनरुवा – सुनसरीको देवानगञ्ज गाउँपालिका–१ मध्येहर्षाहीस्थित बीपी चोकमा भएको झडपको

काठमाडौं उपत्यकामा राति चल्ने बस बढाइयो, ६ रुटमा २८ विद्युतीय बस (तस्बिरहरू)

काठमाडौं – साझा यातायातले काठमाडौं उपत्यकामा रात्रिकालीन सार्वजनिक यातायात सेवा