नेकपाको एमसीसी कार्यदलले आज प्रतिवेदन बुझाउने « Khabarhub

नेकपाको एमसीसी कार्यदलले आज प्रतिवेदन बुझाउने


९ फाल्गुन २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–नेपाल कम्युनिष्ट पार्टी नेकपाबाट मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एसिसी)को अध्ययन गर्न गठित कार्यदलले आज आफ्नो प्रतिवेदन नेकपाका अध्यक्षद्वयसमक्ष बुझाउने भएको छ ।

कार्यदलको आज नेकपाको सिंहदरबारमा बसेको बैठकले प्रतिवेदन आज बुझाउने निर्णय गरेको कार्यदलका सदस्य भीमबहादुर रावलले जानकारी दिए ।

‘‘कार्यदलको तर्फबाट एमसिसीको अनुदान सहायताको सम्बन्धमा जुन उद्देश्यका साथ हामी काम गरेका थियौँ, त्यसलाई सम्पन्न गरेका छौं’’, उनले भने, ‘‘ हामीले सरकार र एमसिसीबीच भएको सम्झौताअनुसार हिन्द प्रशान्त रणनीतिका सम्बन्धमा आवश्यक सन्दर्भ सामग्री तथ्यको विस्तृत रुपमा अध्ययन, विश्लेषण गरी प्रतिवेदनको मस्यौदा तयार गरेका छौँ । यो प्रतिवेदनलाई हामी आज बुझाउँछौँ ।’’

उनले प्रतिवेदन पार्टीलाई बुझाएपछि एमसिसीका सम्बन्धमा के निर्णय गर्नुपर्छ भन्ने कुरा पार्टी नेतृत्वले छलफल गर्ने जानकारी दिए ।

उनले पार्टीको सम्बन्धित निकायमा छलफल गरिएपछि आवश्यक निर्णय केन्द्रीय कमिटी बैठकले गरेअनुसार हुने बताए । नेता रावलले प्रतिवेदन पार्टी अध्यक्षसमक्ष प्रस्तुत गरेपछि मात्र प्रतिवेदनमा उल्लेख गरिएका कुराबारे जानकारी गराइने स्पष्ट गरे ।

पार्टीको गत माघ १५ देखि १९ गते सञ्चालन भएको केन्द्रीय कमिटी बैठकले एमसिसी सम्झौताबारे अध्ययन गर्न वरिष्ठ नेता खनालको संयोजकत्वमा स्थायी कमिटीका सदस्य रावल र परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली रहेको कार्यदल गठन गरेको थियो ।

दश दिनको समयसीमा तोकेर प्रतिवेदन बुझाउने निर्णय गरे पनि कार्यदलले उक्त समयसीमामा प्रतिवेदन बुझाउन नसकिने जनाई थप दश दिन माग गरेको थियो । कार्यदलको गत माघ २९ गते नै कार्यदलको समय सकिएको थियो । पछि नेकपाले थप दश दिनको समय थपेको थियो ।

प्रकाशित मिति : ९ फाल्गुन २०७६, शुक्रबार  ४ : २९ बजे

सत्ता हातमा, संकट टाउकोमाथि : पश्चिम एसिया द्वन्द्वको चुनौती सामना गर्न तयार छन् बालेन ?

काठमाडौं- गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनले नेपालको राजनीतिक

मुक्तिक्षेत्रमा भारी हिमपात, सडकसमेत अवरुद्ध हुनसक्ने

मुस्ताङ– यहाँस्थित वारागुङ मुक्तिक्षेत्रमा छैटौँ पटक भारी हिमपात भएको छ ।

पहिरो खस्दा कान्तिलोकपथ पूर्ण रूपमा अवरुद्ध

बागमती– हेटौँडा–काठमाडौँ जोड्ने कान्तिलोकपथअन्तर्गत मकवानपुरको भिमफेदी गाउँपालिका–८ गङ्गटेस्थित सडकमा पहिरो

शनिबार ईदको विदा

काठमाडौं– नेपाल सरकार, गृह मन्त्रालयले भोलि शनिबार इस्लाम धर्मावलम्बीहरूको पर्व