काठमाडौं- अमेरिकी राजदूत र्यान्डी बेरी महाशिवरात्रिको शुभकामना दिएका छन् । उनले आफ्ना केही पुराना तस्वीर सामाजिक सञ्जाल ट्वीटरमा राख्दै शिवरात्रिको शुभकामना दिएका हुन् ।
राजदूत बेरीले ट्वीटमा दुई वटा तस्वीर अपलोड गरेका छन् । उनले पशुपतिनाथ मन्दिर परिसरमा साधुसन्तसँग रमाउँदै खिचेको तस्वीर सामाजिक सञ्चालमा राखेका छन् ।
यसअघि सन् २००७ देखि २००९ सम्म काठमाडौँस्थित अमेरिकी दूतावासमा डेप्युटी चिफ अफ मिसनको पदमा कार्यरत हुदाँ पनि बेरीले पशुपतिनाथ मन्दिर भ्रमण गरेका थिए ।
प्रतिक्रिया