वीर पूर्खाहरुको वीरताको सम्मान गर्नुपर्छ : प्रधानमन्त्री ओली « Khabarhub

वीर पूर्खाहरुको वीरताको सम्मान गर्नुपर्छ : प्रधानमन्त्री ओली


९ फाल्गुन २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले नयाँ पुस्ताले इतिहासको बारेमा अध्ययन गर्नुपर्ने बताएका छन् ।

इन्द्र दह एकीकृत पर्यटन विकास समितिको आयोजनामा भएको  ‘चौँथो इन्द्र दह पर्यटन महोत्सव’को उद्घाटन गर्दै उनले नेपालको गौरवपूर्ण इतिहासको बारेमा नयाँ पुस्ताले अध्ययन गर्नुपर्ने बताएका हुन् ।

“इतिहासको कदर र वीरताको योगदानको कदर गर्नुपर्छ,”–उनले भने ।

प्रधानमन्त्री ओलीले काजी कालु पाँडेले आफ्नो गर्दन दिएर देशलाई एकीकरणको बाटोमा अगाडि बढाउन महत्वपूर्ण भूमिका खेलेको बताएका थिए । साहसी, दुरदर्शी र प्रेरणा दिनसक्ने व्यक्ति कालु पाँडे भएको उनको भनाइ थियो ।

प्रधानमन्त्रीले धार्मिक, पर्यटकीय र ऐतिहासिक महत्व बोकेको इन्द्र दहको विकासका लागि महोत्सवले महत्वपूर्ण भूमिका खेलेको बताए ।

उनले देशभरका वीरताको इतिहास झल्काउने किल्लाको संरक्षणको जिम्मा नेपाली सेनालाई दिनुपर्नेमा जोड दिए । महोत्सवसँगै दहचोकको स्वरुप फेरिन थालेको उनको भनाइ थियो ।

वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले दहचोक महोत्सवको निरन्तरताका लागि प्रदेश सरकार सकारात्मक रहेको बताए ।  उनले वाग्मती प्रदेशले पर्यटन क्षेत्रको विकासका लागि विशेष योजना अगाडि सारेको उल्लेख गरे ।

चन्द्रागिरि नगरपालिकाका प्रमुख घनश्याम गिरीले दहचोकको समग्र पर्यटनको विकासमा केन्द्रीकृत हुँदै दहचोकलाई आन्तरिक तथा बाह्य पर्यटकको महत्वपूर्ण गन्तव्यको रुपमा विकास गर्न पर्यटन महोत्सव आयोजना गरिएको जानकारी दिए ।

समितिका अध्यक्ष हरिशरण थापाले सरकारले घोषणा गरेको नेपाल भ्रमण वर्ष २०२० लाई सबै मिलेर सफल बनाउनुपर्ने बताए ।

सो अवसरमा सञ्चारकर्मी तथा समाजसेवी रोशन दानीलाई सम्मान गरिएको थियो । सरकारले नेपाल भ्रमण वर्षका लागि एक सय गन्तव्यस्थलभित्र सूचीकृत गरेको इन्द्र दह र काजी कालु पाँडेको समाधिस्थल पनि रहेको छ । उक्त क्षेत्रमा मनकामना मन्दिरसमेत रहेको छ ।

प्रकाशित मिति : ९ फाल्गुन २०७६, शुक्रबार  १० : ०० बजे

ड्रोनबाट खिचिएका तस्बिरको प्रदर्शनी पर्यटन बोर्डमा सुरु (तस्बिरहरू)

काठमाडौं– नेपाल पर्यटन बोर्डमा ड्रोनबाट खिचिएका तस्बिरहरूको ३ दिने विशेष

पत्रकार विक्रम रत्न सिन्धुली २ बाट प्रतिनिधि सभा सदस्य उम्मेदवार सिफारिस 

काठमाडौं– आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनमा

एनएमए निर्वाचन : ‘टिम बद्री’ को घोषणपत्रमा समेटिए चिकित्सक सुरक्षा र रोजगारी विस्तार 

काठमाडौं– नेपाल चिकित्सक संघ (एनएमए) को ३० औँ केन्द्रीय कार्यकारिणी

गणेश पराजुली भन्छन्- बालेनसँग सहमति हुन्छ, वार्ता सकारात्मक छ 

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका पूर्वसांसद गणेश पराजुलीले काठमाडौं महानगरपालिकाका मेयर

संयुक्त राष्ट्रसङ्घद्वारा बुशरा बीबीको हिरासतको अवस्थाको आलोचना

एजेन्सी– यातना सम्बन्धी संयुक्त राष्ट्रसंघीय विशेष प्रतिवेदकले पाकिस्तानका पूर्व प्रधानमन्त्रीकी