कोरोनाको आशंकामा उपचाररत एक बिरामी टेकु अस्पतालबाट भागे « Khabarhub

कोरोनाको आशंकामा उपचाररत एक बिरामी टेकु अस्पतालबाट भागे


८ चैत्र २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– टेकु अस्पतालमा कोरोना भाइरसको संक्रमण आशंकामा उपचाररत एक बिरामी भागेका छन् ।

शुक्रबार अस्पताललाई जानकारी नै नदिइ उनी अस्पतालबाट बाहिरिएका हुन् ।

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका डाक्टर शेरबहादुर पुनले एक बिरामी अस्पताललाई जानकारी नै नदिइ बाहिरिएको बताए ।

उनले भने, ‘निमोनियाको उपचार गराइरहेका एक बिरामी हिजो बिना जानकारी निस्किएका हुन् । उनको दुई पटकसम्म कोरोना संक्रमणको जाँच गरिएको थियो । तर, दुवैको नतिजा नेगेटिभ आएको थियो ।’

डाक्टर पुनले अस्पतालको आइसोलेसन कक्षमा कोरोनाको बिरामीमात्रै आउने त्रासले निमोनियाको बिरामी अस्पताललाई थाहै नदिई बाहिरिएको हुनसक्ने बताए ।

बिरामीको सम्पूर्ण विवरण अस्पतालले गोप्य राखेको छ । अस्पतालले बिरामीको सम्पूर्ण विवरणसहित प्रहरीलाई खबर गरेको बताएपनि प्रहरीले भने यस विषयमा अनविज्ञता जनाएको छ ।

महानगरीय प्रहरी पसिरका काठमाडौंका प्रवक्ता डीएसपी होबिन्द्र बोगटीले यसबारे आफूहरुलाई कुनै जानकारी नआएको बताए ।

प्रकाशित मिति : ८ चैत्र २०७६, शनिबार  ११ : ०३ बजे

गोली हानेर काठमाडौँको पिंगलास्थानबाट खैरो हेरोइन कारोबारी पक्राउ

काठमाडौँ– काठमाडौँको गौशाला नजिकै पिंगलास्थानबाट लागूऔषध कारोबारको आशंकामा दुई भारतीय

स्वास्थ्य सेवामा चुनौती बन्दै नसर्ने रोग : कसरी टार्ने जनशक्ति अभाव ?

काठमाडौँ – विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) को स्थापना दिवसको अवसरमा

रोशीको बाढी जोखिम बुझ्न गृहमन्त्री गुरुङ काभ्रे जाँदै

काठमाडौँ – गृहमन्त्री सुधन गुरुङ आज काभ्रेको रोशी खोला क्षेत्रको

पूर्वीनाका काकरभिट्टाबाट २४ जना बिचौलिया पक्राउ

झापा– पूर्वीनाका काँकडभिट्टामा यात्रु तानातान गरिरहेका २४ जना बिचौलियालाई सोमबार

किसानलाई ५० प्रतिशत अनुदानमा धानको उन्नत बीउ

कञ्चनपुर- कञ्चनपुरको लालझाँडी गाउँपालिकाले किसानलाई उन्नत जातको धानको बीउमा ५०