कोरोनाको आशंकामा उपचाररत एक बिरामी टेकु अस्पतालबाट भागे | Khabarhub Khabarhub

कोरोनाको आशंकामा उपचाररत एक बिरामी टेकु अस्पतालबाट भागे


८ चैत्र २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– टेकु अस्पतालमा कोरोना भाइरसको संक्रमण आशंकामा उपचाररत एक बिरामी भागेका छन् ।

शुक्रबार अस्पताललाई जानकारी नै नदिइ उनी अस्पतालबाट बाहिरिएका हुन् ।

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका डाक्टर शेरबहादुर पुनले एक बिरामी अस्पताललाई जानकारी नै नदिइ बाहिरिएको बताए ।

उनले भने, ‘निमोनियाको उपचार गराइरहेका एक बिरामी हिजो बिना जानकारी निस्किएका हुन् । उनको दुई पटकसम्म कोरोना संक्रमणको जाँच गरिएको थियो । तर, दुवैको नतिजा नेगेटिभ आएको थियो ।’

डाक्टर पुनले अस्पतालको आइसोलेसन कक्षमा कोरोनाको बिरामीमात्रै आउने त्रासले निमोनियाको बिरामी अस्पताललाई थाहै नदिई बाहिरिएको हुनसक्ने बताए ।

बिरामीको सम्पूर्ण विवरण अस्पतालले गोप्य राखेको छ । अस्पतालले बिरामीको सम्पूर्ण विवरणसहित प्रहरीलाई खबर गरेको बताएपनि प्रहरीले भने यस विषयमा अनविज्ञता जनाएको छ ।

महानगरीय प्रहरी पसिरका काठमाडौंका प्रवक्ता डीएसपी होबिन्द्र बोगटीले यसबारे आफूहरुलाई कुनै जानकारी नआएको बताए ।

प्रकाशित मिति : ८ चैत्र २०७६, शनिबार  ११ : ०३ बजे

आजदेखि कर्फ्यू आदेश क्रमश खुकुलो पार्दै सेना

काठमाडौं – नेपाली सेनाले निषेधाज्ञा तथा कर्फ्यू आदेशलाई क्रमबद्ध खुकुलो

सामाजिक सञ्जालमा राष्ट्रपति पौडेलको खोजी

काठमाडौं – वरिष्ठ पत्रकार किशोर नेपालले सुरक्षा प्रमुखको बैठकमा भएको

बिहीबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले बिहीबारका लागि विदेशी मुद्राको सटहीदर

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौं – आज २०८२ साल भदौ २६ गते बिहीबार। आश्मिन कृष्ण

आज २०८२ साल भदौ २६ गते बिहीबारको राशिफल

काठमाडौं – आज २०८२ साल भदौ २६ गते बिहीबार। आश्मिन