निरासाकाबीच यस्ता छन् कोरोनाभाइरसका सकारात्मक समाचार | Khabarhub Khabarhub

निरासाकाबीच यस्ता छन् कोरोनाभाइरसका सकारात्मक समाचार


८ चैत्र २०७६, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण १८५ देशमा पुगेको छ । कोरोना संक्रमणकै कारण ११ हजार ४ सय १९ जनाले ज्यान गुमाएका छन् । २ लाख ७६ हजार ६ सय ३८ जना संक्रमित छन् । संक्रमित भएका ९१ हजार ९ सय ५४ जना उपचारपछि निको भएर फर्किएका छन् ।

कोरोना भाइरसको संक्रमणबाट सचेत रहन र सम्भाव्य जोखिमबाट बच्न विश्व स्वास्थ्य संगठनले आग्रह गरिरहेका बेला कोरोनाको रोकथाममा भएका प्रयास र कोरोना भाइरसविरुद्ध प्राप्त सफलताका समाचार पनि छन् ।

ग्लोबल पब्लिक अफेयर्स क्यानाडाले विश्वमा कोरोना भाइरसको संक्रमण नियन्त्रणका लागि गरेका प्रयास र सफलतालाई उल्लेख गरेको छ ।
कोरोना भाइरसबारेका १६ सुखद समाचार ग्लोबल पब्लिक अफेयर्स क्यानाडाले उल्लेख गरेको छ ।

अहिलेसम्म प्राप्त कोरोना भाइरसविरुद्धका सफलता यस्ता छन् :

१. चीनले निर्माण गरेको अन्तिम कोरोना अस्पतालमा कोरोना संक्रमित बिरामी उपचार गर्न नआएर बन्द गरिएको छ ।

२. भारतमा डाक्टरहरु कोरोनाको उपचार गर्न सफल भएको दाबी गर्दै बिरामीका लागि चलाइएका औषधिहरु सार्वजनिक गरेका छन् ।

भारतीय डाक्टरहरुले ‘प्रिस्किप्सन’ गरेका औषधिमा Opinavir, Retonovir, Oseltamivir along with Chlorphenamine छन् ।

३. एरासमस मेडिकल सेन्टरका अनुसन्धानकर्ताहरुले कोरोना भाइरस बिरुद्धको एन्टीबडी पत्ता लगाएको दाबी गरेका छन् ।

४. चीनको वुहानमा १०३ वर्षकी हजुरआमा कोभिड-१९ को ६ दिने उपचारपछि पूर्णरुपले निको भएर घर फर्किएकी छन् ।

५. एप्पल कम्पनीले चीनमा बन्द गरेका ४२ पसल फेरि सञ्चालनमा ल्याएको छ ।

६. क्लेभिल्यांड क्लिनिकले कोभिड -१९ को परीक्षण रिजल्ट केही दिनको साटो केही घन्टामै आउने उपायको विकास गरेको छ।

७. दक्षिण कोरियामा नयाँ बिरामीको संख्या घटिरहेको छ।

८. कोरोनाको सबैभन्दा ठुलो मार इटालीलाई परेको छ । जसको मुख्य कारण हो इटालीको जनसंख्यामा ज्येष्ठ नागरिकको मात्रा युरोपभरिमै सबैभन्दा बढी हुनु हो।

९. इजरायलका वैज्ञानिकहरु कोरोना भाइरस बिरुद्धको खोप विकास भएको घोषणा गर्ने सम्भावनाको नजिक पुगेका छन्।

१०. अमेरिकाको मेरील्याण्डका तीनजना कोभिड-१९ का बिरामी पुरै निको भएर दैनिक जीवनमा फर्किसकेका छन्।

११. क्यानाडाका वैज्ञानिकहरुको सञ्जालले कोभिड-१९ को अनुसन्धानमा उत्कृष्ट प्रगति गरिरहेको छ।

१२. सान डिएगोको एउटा बायोटेक कम्पनी सिंगापुरको ड्युक विश्वविद्यालय र नेसनल युनिभर्सिटी अफ सिंगापुरसँग मिलेर कोभिड-१९ को खोप विकासमा तीब्र ढंगले लागिरहेको छ ।

१३. टुल्सा गाउँको पहिलो कोभिड-१९ को बिरामी निको भएका छन् । उनको पछिल्लो दुई परीक्षणमा दुवै पटक ‘नेगेटिभ’ देखिएको छ। कोभिड-१९ निको हुने रोग हो भनेर यसले देखाउॅछ।

१४. नयाँ दिल्लीको सफ्दरगन्ज अस्पतालमा उपचार गराइरहेका सातैजना बिरामी पुरै निको भएका छन्।

१५ . कोभिड -१९ बाट भर्खरै निको भएका बिरामीको शरीरबाट प्लाज्मा झिकेर नयाँ संक्रमितहरुको उपचारमा प्रयोग गर्न सकिन्छ।

१६. अमेरिकाको सियाटलमा कोभिड-१९ को खोपको मानव सुरक्षा परीक्षण शुरु भएको छ।

प्रकाशित मिति : ८ चैत्र २०७६, शनिबार  १ : ३३ बजे

मंगलबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – आज २०८१ साल असोज २२ गते मंगलबार सन्

छतमा यात्रु बोक्नेलाई २० हजारसम्म जरिवाना

मलेखु – जोखिमपूर्ण तरिकाले निर्वाध रुपमा यात्रु ओसारपसार गर्ने रातो

मंगलबार गणेशको पूजा कसरी गर्ने ?

काठमाडौं – आज २०८१ साल असोज २२ गते मंगलबार तदनुसार

आश्विन शुक्ल पञ्चमी : स्कन्दमाताको पूजा आराधना

काठमाडौं – आश्विन शुक्ल पञ्चमी आज दसैँ घर वा पूजा

आज २०८१ साल असोज २२ गते मंगलबारको राशिफल

काठमाडौं – आज २०८१ साल असोज २२ गते मंगलबार तदनुसार