कांग्रेसद्वारा पार्टी सदस्यता वितरण र नवीकरण कार्य स्थगित « Khabarhub

कांग्रेसद्वारा पार्टी सदस्यता वितरण र नवीकरण कार्य स्थगित


८ चैत्र २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसले चैत मसान्तसम्म क्रियाशील सदस्यता वितरण र नविकरण गर्ने काम स्थगित गर्ने निर्णय गरेको छ ।

कोरोना भाइरसको त्रास बढिरहेका बेला त्यसम्बन्धी सचेतना फैलाउने काम गर्ने भन्दै कांग्रेसले क्रियाशील सदस्यता वितरणको काम चैत मसान्तसम्मका लागि स्थगित गर्ने निर्णय गरेको हो ।

कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले जारी गरेको प्रेस विज्ञप्तीमा भनिएको छ, ‘प्राणघातक कोरोना भाइरसको जोखिम दृस्टिगत गरेर ठूला भेला र सम्मेलनहरु यसअघिनै स्थगित गरिएको भएपनि १४ औं महाधिवेशन तयारीसँग सम्बन्धित (क्रियाशील सदस्यता नवीकरण र वितरण एवं बांकी समायोजन) कार्य जारी राखिएका थिए । तर पछिल्लो समयमा अझ बढेको जोखिमबाट थप सतर्कताका लागि चैत्र ९ देखि लागू हुने गरी ती कार्य ०७६ चैत्र मसान्तसम्मका लागि स्थगित गरिएका छन् ।’

कांग्रेसले ‘शहरदेखि गाउँसम्म, गाउँको टोल हुँदै घर–घरसम्म’ कोरोना सचेतना अभियानमा भने पार्टी पंक्ति भने सतर्कतापूर्वक सक्रिय रहने जानकारी दिएको छ ।

प्रकाशित मिति : ८ चैत्र २०७६, शनिबार  २ : ५३ बजे

संघीय कृषि बजारको दैनिक थोक मूल्य अब मोबाइलबाटै थाहा पाइने

काठमाडौं । कृषि, वन तथा पर्यावरण मन्त्रालयले कृषकलाई कृषि उपजको

देवानगञ्जको तनाव दुई घण्टापछि आयो नियन्त्रणमा

काठमाडौँ। सुनसरीको देवानगन्ज बजारमा भएको झडप नियन्त्रणमा आएको छ ।

सुनसरी घटनाबारे गगन थापा : उत्तेजनामा हैन, गम्भीर भएर सोचौँ र हामी सबै जिम्मेवार बनौँ

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सुनसरी घटनाबारे संयम

सुनसरी घटनाबारे छलफल गर्न रवि लामिछानेले बोलाए सर्वदलीय बैठक

काठमाडौँ । रास्वपा सभापति रवि लामिछानेले सुनसरीमा भएको घटनाबारे छलफल

लुम्बिनीमा सवारी दुर्घटनाबाट एक वर्षमै ५८५ को मृत्यु, ८ हजार ५८ जना घाइते

लुम्बिनी । गत आर्थिक वर्ष २०८२/८३ मा लुम्बिनी प्रदेशका १२