कोरोना संक्रमणको जोखिमबारे छलफल गर्न गगन थापाले बोलाए सांसदहरुको भेला | Khabarhub Khabarhub

कोरोना संक्रमणको जोखिमबारे छलफल गर्न गगन थापाले बोलाए सांसदहरुको भेला


८ चैत्र २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसबाट काठमाडौं क्षेत्रनम्बर ४ का सांसद गगन थापाले काठमाडौंका सबै सांसदहरुको बैठक आह्वान गरेका छन् ।

कोरोना भाइरसको संक्रमणको जोखिमका विषयमा छलफल गर्न सांसद थापाले बोलाएको भेलामा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालदेखि कांग्रेस नेता प्रकाशमान सिंहसमेतलाई निमन्त्रणा गरिएको छ ।

बोलाइएकाहरुमध्ये नेकपा नेता नेपाल भेलामा सहभागी हुने निश्चित भएको छ ।  काठमाडौंबाट प्रत्यक्ष निर्वाचित भएका र समानुपातिक गरी १५ जनाजति सांसद भेला हुने बताइएको छ ।

भेलामा कोरोनाको जोखिम न्युनिकरणका लागि छलफल हुने नेता थापाले जानकारी दिएका छन् ।

भेला शनिबार दिउँसो ३ बजे कांग्रेस सांसद दिव्यमणि राजभण्डारीको मण्डिखाटारस्थित निवासमा बोलाइएको छ ।

प्रकाशित मिति : ८ चैत्र २०७६, शनिबार  ३ : ०३ बजे

सुत्केरी र गर्भवतीको हेलिकप्टरमार्फत उद्दार

बाजुरा – बाजुराको बुढीनन्दा नगरपालिकामा रहेको कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रबाट

अमेरिकी डिभीको नतिजा सार्वजनिक, यसरी हेर्न सकिन्छ

काठमाडौं– अमेरिकी डाइभर्सिटी भिसा  (डिभी) २०२५ को नतिजा सार्वजनिक भएको

राप्ती नदीमा डुबेर युवतीको मृत्यु

तुलसीपुर । दाङको देउखुरीस्थित राप्ती नदीमा डुबेर एक युवतीको मृत्युभएको

‘बौद्ध शिक्षाबाट विश्वव्यापी समस्याको समाधान खोज्न सकिन्छ’

लुम्बिनी – बुद्ध जन्मस्थल लुम्बिनी आएका विभिन्न देशका बौद्ध भिक्षु

एमाले भोजपुरको अध्यक्षमा मकर खड्का विजयी

भोजपुर – नेकपा एमाले भोजपुरको नवौँ जिल्ला अधिवेशनबाट पदाधिकारीमा मकर