कोरोना भाइरसले नभेटेका २८ मुलुकहरु (सूचीसहित) | Khabarhub Khabarhub

कोरोना भाइरसले नभेटेका २८ मुलुकहरु (सूचीसहित)


८ चैत्र २०७६, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– विश्वभर त्रास र आतंक मच्चाएको कोरोना भाइरसका संक्रमित र मृतकको संख्या दिनानुदिन बढिरहेको छ । कोरोना भाइरसका कारण विश्वभरका संक्रमित र मृतकको तथ्यांक राख्दै आएको जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार हालसम्म २ लाख ७५ हजारभन्दा धेरै संक्रमित छन् भने यसबाट ११ हजार भन्दा धेरैको ज्यान गइसकेको छ ।

कोरोना भाइरसले सबैभन्दा ठूलो असर चाहिँ इटालीमा परेको छ । इटालीमा हालसम्म कोरोना भाइरसका कारण ४ हजार ३२ जनाको मृत्यु भइसकेको छ । इटालीमा संक्रमितहरुको संख्या पनि दिनानुदिन बढ्दो छ । इटालीमा बुधबारसम्म दैनिक ३५ सयको हाराहारीमा नयाँ मानिसहरुमा संक्रमण देखिँदै आएकोमा शुक्रबारसम्म करिव ६ हजार मानिसमा नयाँ संक्रमण देखिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

मानिसहरुको बसोबास रहेको हरेक महादेशमा कोरोना भाइरस फैलिसकेको छ । मानव वस्ती नभएका कारण अन्टार्कटिकामा कोरोना भाइरस पुग्ने कुरै भएन । तर, त्यस्ता केही भाग्यमानी मुलुकहरु पनि छन्, जहाँ हालसम्म कोरोना भाइरसका संक्रमित पुष्टि भइसकेका छैनन् । हालसम्म कोरोना भाइरस नपुगेका मुलुकहरुको संख्या २८ छ ।

एसियाका उत्तर कोरिया, सिरिया, यमन, तुर्कमेनिस्तान, पूर्वी टिमोर, लाओस, म्यान्मार र ताजिकिस्तान गरी ८ मुलुकहरुमा अझै कोरोना भाइरसको संक्रमित पुष्टि भइसकेका छैनन् । त्यस्तै, अफ्रिकाका ११ मुलुकमा अझैसम्म कोरोना भाइरसका संक्रमित देखिएका छैनन् । कोरोना भाइरस नदेखिएका अफ्रिकी मुलुकहरुमा बोत्स्वाना, बुरुण्डी, युगाण्डा, कोमोरोस, इरेट्रिया, लेसोथो, लिबिया, मलावी, माली, मोजाम्बिक र सिएरा लियोन छन् ।

युरोप महादेशका भने सबै मुलुकहरुमा कोरोना भाइरसका संक्रमित पुष्टि भइसकेका छन् । अर्कोतर्फ अस्टे«लिया र प्रशान्त क्षेत्रका ८ मुलुकहरु पनि कोरोना भाइरसको संक्रमणबाट जोगिएका छन् । किरिबाटी, मार्शल टापु, माइक्रोनेशिया, पलाउ, सामोआ, टोंगा, टुभालू, भानुआतूमा हालसम्म कोरोना भाइरसका संक्रमित पुष्टि भइसकेका छैनन् ।

यस्तै, अमेरिकी महादेशका पनि २ बाहेक सबै मुलुकमा कोरोना भाइरसका संक्रमित देखा परिसकेका छन् । मध्य अमेरिकाको बेलिज र क्यारेबियन टापु राष्ट्र डोमिनिकामा भने हालसम्म कोरोना भाइरसका संक्रमित देखा परेका छैनन् ।

कोरोना भाइरस नपुगेका देशहरु

एसिया
उत्तर कोरिया
सिरिया
यमन
तुर्कमेनिस्तान
पूर्वी टिमोर
लाओस
म्यान्मार
ताजिकिस्तान

अफ्रिका
बोत्स्वाना
बुरुण्डी
युगाण्डा
कोमोरोस
इरेट्रिया
लेसोथो
लिबिया
मलावी
माली
मोजाम्बिक
सिएरा लियोन

प्रशान्त क्षेत्र
किरिबाटी
मार्शल टापु
माइक्रोनेशिया
पलाउ
सामोआ
टोंगा
टुभालू
भानुआतू

अमेरिकी महादेश
डोमिनिका
बेलिज

प्रकाशित मिति : ८ चैत्र २०७६, शनिबार  ४ : २० बजे

मंगलबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – आज २०८१ साल असोज २२ गते मंगलबार सन्

छतमा यात्रु बोक्नेलाई २० हजारसम्म जरिवाना

मलेखु – जोखिमपूर्ण तरिकाले निर्वाध रुपमा यात्रु ओसारपसार गर्ने रातो

मंगलबार गणेशको पूजा कसरी गर्ने ?

काठमाडौं – आज २०८१ साल असोज २२ गते मंगलबार तदनुसार

आश्विन शुक्ल पञ्चमी : स्कन्दमाताको पूजा आराधना

काठमाडौं – आश्विन शुक्ल पञ्चमी आज दसैँ घर वा पूजा

आज २०८१ साल असोज २२ गते मंगलबारको राशिफल

काठमाडौं – आज २०८१ साल असोज २२ गते मंगलबार तदनुसार