कोरोनाबारे फेरि अर्को अफवाह– सैनिक हेलिकोप्टरबाट विषादी छरिँदै ! « Khabarhub

कोरोनाबारे फेरि अर्को अफवाह– सैनिक हेलिकोप्टरबाट विषादी छरिँदै !


८ चैत्र २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


12
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– कोरोना भाइरस (कोभिड–१९)ले विश्वव्यापी महामारीको रुप लिएको छ । नेपालमा हालसम्म कुनै पनि संक्रमित फेला नपरे पनि विश्व स्वास्थ्य संगठनले नेपाललाई कोरोना भाइरस संक्रमणको उच्च जोखिममा रहेको देश भनेको छ ।

विश्व स्वास्थ्य संगठनको चेतावनी र विश्वव्यापी रुपमा यसको बढ्दो संक्रमणका बीच सरकारले वचावटका लागि पहल पनि थालेको छ ।

तर, केही सामाजिक सञ्जाल प्रयोगकर्ताहरुले भने कोरोना भाइरसबारे अनेक भ्रमहरु छर्न थालेका छन् ।

केही दिन अगाडि टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा कोरोना रोगका कारण १७ जनाको मृत्यु भएको भन्दै टिकटकमा एउटा भिडियो भाइरल गरिएको थियो ।

पछिल्लो समय नर्भिक अस्पतालमा कोरोना संक्रमित व्यक्तिको मृत्यु भएको र नेपालमा धेरै जना कोरोना संक्रमित भएको भन्दै सामाजिक सञ्जाल फेसबूकमार्फत एउटा अडियो भाइरल भयो ।

प्रहरीको केन्द्रीय साईबर ब्यूरोले कोरोना भाइरसबारे फेसबूकमा भ्रम सिर्जना गर्ने १ युवकलाई पक्राउ पनि गरिसकेको छ । पक्राउ पर्नेमा रामेछाप घर भइ भक्तपुर बस्दै आएका २० वर्षीय विवेक थापामगर छन् ।

कोरोना भाइरसबारे भ्रम छर्नेविरुद्ध प्रहरीले अनुसन्धान जारी राख्दा पनि पछिल्लो समय फेरि अर्को अफवाह भाइरल भइरहेको छ ।

सरकारले विशेष सैनिक हेलिकोप्टरमार्फत राति १२ बजेपछि कोरोना भाइरसको विषादी छर्ने भन्दै फेसबूक लगायतका सामाजिक सञ्जालमा अहिले अर्को अडियो र पोस्ट भाइरल हुन थालेको छ ।

नेपाली सेनाले भने हेलिकोप्टरमार्फत कोरोनाविरुद्धको औषधि छर्ने कुरा हल्ला मात्रै भएको बताएको छ ।

सेनाका प्रवक्ता सहायक रथी विज्ञानदेव पाण्डेले हेलिकोप्टरमार्फत कोरोनाको विषादी छर्ने विषय अफवाह मात्रै भएको बताए ।

‘सेनाले कुनै त्यस्तो तयारी गरेको छैन । सरकारले पनि त्यस्तो कुनै योजना बनाएको बुझिएको छैन,’ सैनिक प्रवक्ता पाण्डे भन्छन्, ‘यो सबै अफवाह (हल्ला) मात्रै हो । यस्तो हल्ला फैलाउनेलाई कानूनी दायरामा ल्याउनु पर्छ ।’

प्रकाशित मिति : ८ चैत्र २०७६, शनिबार  ५ : २३ बजे

सुनका गरगहना चोरीमा संलग्न पाँचजना पक्राउ

काठमाडौं । भक्तपुरको मध्यपुरथिमि नगरपालिका–१, लोकन्थलीस्थित एउटा घरबाट सुनका गरगहना,

प्रधानाध्यापकमाथि हातपात गर्ने २ जना पक्राउ

काठमाडौं । काठमाडौंको बूढानीलकण्ठ नगरपालिका–१०, कपनस्थित बाल उद्धार माध्यमिक विद्यालयका

पोखरा स्कुल बस दुर्घटनाका घाइतेलाई एयर एम्बुलेन्सबाट काठमाडौं लगियो

पोखरा । कास्कीको पोखरा महानगरपालिका–२८ ओख्लेमा स्कुल बस दुर्घटनामा घाइते अश्मि

बूढीगण्डकी बाढी : आरुघाटमा बेलीब्रिज जडानको तयारीमा खटियो सेनाको टोली

काठमाडौं । बूढीगण्डकी बाढीले आरुघाट–धादिङ जोड्ने मोटरेबल पुलमा बगाएपछि सो

उपचार र राहतमा सहमतिपछि स्कुल बस दुर्घटनाका मृतकको अन्त्येष्टि

कास्की – पोखरा महानगरपालिका–२८ कालिकास्थित ओख्लेको भिरमा शुक्रबार बिहान स्कुल