कोरोनाबारे फेरि अर्को अफवाह– सैनिक हेलिकोप्टरबाट विषादी छरिँदै ! | Khabarhub Khabarhub

कोरोनाबारे फेरि अर्को अफवाह– सैनिक हेलिकोप्टरबाट विषादी छरिँदै !


८ चैत्र २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– कोरोना भाइरस (कोभिड–१९)ले विश्वव्यापी महामारीको रुप लिएको छ । नेपालमा हालसम्म कुनै पनि संक्रमित फेला नपरे पनि विश्व स्वास्थ्य संगठनले नेपाललाई कोरोना भाइरस संक्रमणको उच्च जोखिममा रहेको देश भनेको छ ।

विश्व स्वास्थ्य संगठनको चेतावनी र विश्वव्यापी रुपमा यसको बढ्दो संक्रमणका बीच सरकारले वचावटका लागि पहल पनि थालेको छ ।

तर, केही सामाजिक सञ्जाल प्रयोगकर्ताहरुले भने कोरोना भाइरसबारे अनेक भ्रमहरु छर्न थालेका छन् ।

केही दिन अगाडि टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा कोरोना रोगका कारण १७ जनाको मृत्यु भएको भन्दै टिकटकमा एउटा भिडियो भाइरल गरिएको थियो ।

पछिल्लो समय नर्भिक अस्पतालमा कोरोना संक्रमित व्यक्तिको मृत्यु भएको र नेपालमा धेरै जना कोरोना संक्रमित भएको भन्दै सामाजिक सञ्जाल फेसबूकमार्फत एउटा अडियो भाइरल भयो ।

प्रहरीको केन्द्रीय साईबर ब्यूरोले कोरोना भाइरसबारे फेसबूकमा भ्रम सिर्जना गर्ने १ युवकलाई पक्राउ पनि गरिसकेको छ । पक्राउ पर्नेमा रामेछाप घर भइ भक्तपुर बस्दै आएका २० वर्षीय विवेक थापामगर छन् ।

कोरोना भाइरसबारे भ्रम छर्नेविरुद्ध प्रहरीले अनुसन्धान जारी राख्दा पनि पछिल्लो समय फेरि अर्को अफवाह भाइरल भइरहेको छ ।

सरकारले विशेष सैनिक हेलिकोप्टरमार्फत राति १२ बजेपछि कोरोना भाइरसको विषादी छर्ने भन्दै फेसबूक लगायतका सामाजिक सञ्जालमा अहिले अर्को अडियो र पोस्ट भाइरल हुन थालेको छ ।

नेपाली सेनाले भने हेलिकोप्टरमार्फत कोरोनाविरुद्धको औषधि छर्ने कुरा हल्ला मात्रै भएको बताएको छ ।

सेनाका प्रवक्ता सहायक रथी विज्ञानदेव पाण्डेले हेलिकोप्टरमार्फत कोरोनाको विषादी छर्ने विषय अफवाह मात्रै भएको बताए ।

‘सेनाले कुनै त्यस्तो तयारी गरेको छैन । सरकारले पनि त्यस्तो कुनै योजना बनाएको बुझिएको छैन,’ सैनिक प्रवक्ता पाण्डे भन्छन्, ‘यो सबै अफवाह (हल्ला) मात्रै हो । यस्तो हल्ला फैलाउनेलाई कानूनी दायरामा ल्याउनु पर्छ ।’

प्रकाशित मिति : ८ चैत्र २०७६, शनिबार  ५ : २३ बजे

बुधबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले बुधबारका लागि विदेशी मुद्राको विनिमय

आज बुधबार : श्रीकृष्णको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८२ साल असार १८ गते बुधबार। असार

आज २०८२ साल असार १८ गते बुधबारको राशिफल

काठमाडौं – आज २०८२ साल असार १८ गते बुधबार। असार

एलडीसी स्तरोन्नतिपछि पनि वित्तीयकरणमा सघाउन अध्यक्ष ढकालको आग्रह

काठमाडौँ – अतिकम विकसित मुलुक ( एलडीसी) बाट स्तरोन्नति पनि

विकास सहायता कम र असन्तुलित भयो, रूपान्तरण हुनुपर्छ : प्रधानमन्त्री ओली

सेभिया (स्पेन) – प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वमा विकास सहायता