सरकारको अनुमति बिना स्वदेश आएका ६३ नेपाली भक्तपुरको क्वारेन्टाइनमा « Khabarhub

सरकारको अनुमति बिना स्वदेश आएका ६३ नेपाली भक्तपुरको क्वारेन्टाइनमा


८ चैत्र २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल सरकारको अनुमति विना विभिन्न देशबाट स्वदेश फर्किएका ६३ नेपालीलाई शनिबार १४ दिनका लागि क्वारेन्टाइनमा पुर्‍याइएको छ ।

अध्यागमन विभागका अनुसार सरकारले प्रतिबन्ध लगाउँदा लगाउँदै विभिन्न देशबाट ६३ जना नेपालीहरु स्वदेश फर्किएका थिए ।

विश्वव्यापी महामारी बनेको कोरोना भाइरस (कोभिड–१९) संक्रमणको जोखिम कम गर्न सरकारले युरोपका सबै मुलुक, पश्चिम एसिया, खाडीका मुलुक, इरान, टर्की, दक्षिण कोरिया र जापानबाट आउने स्वदेशी तथा विदेशीहरुलाई प्रवेशमा प्रतिबन्ध लगाएको थियो ।

तर, विभिन्न विमान कम्पनीहरुले नेपाल सरकारले लगाएको प्रतिबन्धको वेवास्ता गर्दै ५ महिलासहित ६३ नेपालीलाई काठमाडौं पुर्‍याएका थिए ।

उनीहरुलाई शनिबार साझा यातायातका २ वटा बसमा राखेर भक्तपुरको खरिपाटीस्थित क्वारेन्टाइनमा पुर्‍याइएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालय स्रोतले जानकारी दिएको छ ।

प्रकाशित मिति : ८ चैत्र २०७६, शनिबार  ७ : १९ बजे

लोकतान्त्रिक बाटोबाटै सरकार बदल्छौँ : अभिनेता प्रकाश राज

काठमाडौं – भारतीय अभिनेता प्रकाश राजले भारतमा सरकार परिवर्तनका लागि

दसैँको रौनकसँगै हराउँदै रातो माटो र कमेरोको संस्कृति

लमजुङ– हिजोआज गाउँका भित्ता रातो माटो र कमेरोले रँगिन छाडेका

‘तेस्रो विश्वयुद्धजस्तै अवस्था’ भन्दै कंगनाले किन सम्झिइन् मोदीको नेतृत्व ?

काठमाडौं – बलिउड अभिनेत्री तथा भारतीय जनता पार्टी (भाजपा) की

बाघ शिकारीको भूमिकामा अक्षय कुमार, प्रियदर्शनसँग फेरि सहकार्य

काठमाडौं – बलिउड अभिनेता अक्षय कुमार र निर्देशक प्रियदर्शन नयाँ

दसैँ बिदाले सर्‍यो भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउने कार्यक्रम

 काठमाडौँ – दसैँको बिदाका कारण यस वर्ष पहिलो चरणको राष्ट्रिय भिटामिन